कुनै अयोग्य र अनुपयुक्त पात्रको अनावश्यक र अतिरञ्जीत उपासनमा अर्पित यस्ता मालाहरू नेपाली समाजमा प्राय: विवादित मात्रै नभइ आलोचित नै हुने गरेका छन्। तर पनि आ-आफ्ना लहडी लम्फुलाई खुसी पार्न लालायित लम्पटहरूले किलो, मन र क्विन्टका माला बनाउने र देखाउने चलन झनै प्रतिस्पर्धाकै रूपमा चल्दैछ भने, देशको लागि सिन्को नभाँच्ने र नकारात्मक बाहेक सकारात्मक सन्देशसम्म दिन नसक्ने जोकर पात्र पनि यस्ता माला र मौकालाई लिन बढो उत्सुक, व्याकुल र प्रतिक्षारत देखिन्छन् ।
संस्कृतमा दुईटा छोटा छोटा वाक्यांशहरू छन्:
पहिलो: "अत्यादर:शङ्कनीय:” अर्थात्: चाहिनेभन्दा बढी आदर देखाउनुले आदरकर्ताको नियतमा शङ्का उत्पन्न गर्छ ।
दोस्रो: “अति विनयम धूर्त लक्षणम्”। मतलव जरूरतभन्दा बढी विनय देखाउनु वा सम्मान देखाउनु भनेको धूर्तको लक्षण हो।
वास्तवमा लगाउने यो ज्ञात हुन्छ कि उसमा त्यस्तो कुनै योग्यता, विशीष्टता वा महानता छैन कि जसकालागि उसलाई यत्तिको आदर दिइनु पर्थ्यो। अनि लगाइदिनेले पनि यो सब बुझेरै आदर, सदभाव वा श्रद्धाका कारण लगाइदिने भने हैन्, चाकडीका लागि लगाइदिन्छन्। तर इज्जत दिईएको हैन् भन्ने ज्ञात हुँदाहुँदै लगाउने र आडम्बर देखाउन लगाइदिएको भन्ने प्रष्टिकरणसँगै लगाइदिने जमात भएकाले यो लगाइमाग्ने र लगाइदिने विद्रुप परम्परा भने कायमै छ। यस्तैमा करिब दुई वर्ष अगाडि सायद यस्तै कुनै लाजलालग्दो दृश्य कतै देखेर एउटा सेर लेखेर फेसबुकको भित्तामा टाँसेको थिएँ। आज फूर्सदमा त्यसलाई पूरा गर्दैछु :
घाँटीमा क्विन्टलको माला, हातमा फूलका गुच्छा थ्यो ।
हेर्दै था'भो, त्यो कुनै चटके, कुनै लुच्चा थ्यो ।।
न योग्यताको आधार न इलम न औपचारिक शिक्षा,
पढ्ने-लेख्ने बे'लाँ हातमा उसको गुलेली र गुच्चा थ्यो ।
कुरो ठुलठुला गर्ने, आकाश पाताल नै जोड्ने,
त्यो राष्ट्र फटाहा, कुनै चट्की कुनै छुच्चा थ्यो ।
भन्दै'थ्यो देश उठाउँछु, सबै चिज बनाउँछु,
खोज्दा था भो उ फगत विदेशीको कुर्कुच्चा थ्यो।
नजानेको केही छैन, गरेको नि केही हैन्।
गफमा सधैं अगि त काममा सुइँकुच्चा थ्यो ।
अस्वीकरण: यो कुनै व्यक्ति विशेषलाई देखेर लेखिएको हैन्, तर पढ्दा कसैले कसैको छवी, बिम्ब वा अनुहार देखेमा देख्ने सही छन् र त्यो उनकै दोष हुनेछ।
No comments:
Post a Comment