08 October, 2007

निकम्मा नेता र देशको दुर्गती

"The Cheaper the politician, the more he costs the country" George S. Hillard
"राजनैतीक नेता जत्ति सस्तो हुन्छ राष्ट्रलाई त्यो त्यती नै महङ्गो पर्छ " । वा अग्रेजीको उपर्युक्त भनाईको सिधा अर्थ खोज्दा "नेता जत्ती निकम्मा हुन्छ त्यसले देशलाई त्यती नै नोक्सान पुर्‍याउँछ" भन्दा फरक पर्दैन । जर्ज एस. हिलार्डको उक्त बाक्य अन्य देशको लागी मिले पनि नमिले पनि नेपालको परीप्रेक्षमा हेर्दा भने यो बाक्य सोर्‍है आना साँचो र जिबन्त देखीन्छ । किनकी देश हालको जर्जर स्थितिमा आईपुग्नुमा अन्य बिबिध कारण भए पनि प्रतक्ष वा परोक्ष रुपमा यसका यसका मुख्य खेलाडीहरु हाम्रै 'सस्ता' नेताहरु भएको कुरा कसैमा छिपेको छैन ।
नेताहरु योग्य भएमा देशले छिट्टै प्रगती गर्न सक्ने कुरा विश्‍वको ईतिहासबाट ज्ञात हुन्छ भने अयोग्य व्यक्तिको हातमा सत्ता परेमा देशमा कत्ति भाँडभैलो मच्चिन सक्छ भन्ने कुरा हाम्रै देशको बर्तमानले दर्शाएको छ । नेतृत्व तहमा पुग्ने व्यक्ति आफै शिक्षीत वा योग्य छैन भने उसको नेतृत्वले देशलाई कस्तो गती दिन्छ भन्ने कुरा अत्यन्त गम्भीर छ । तर यो बिषय त्यत्ति गम्भीर र संबेदनशील हुदां हुदैं पनि कतैबाट पनि यसबारेमा खुलेर आबाज उठाउने वा बहस गर्ने चेष्टा गरीएको छैन । बास्तबमै मुलुक हाल संकट ग्रस्त छ र यो कहाली लाग्दो अबस्थाको बारेमा कुनै एक व्यक्ति वा दललाई दोष दीएर मौन बस्नु भन्दा अबका दिनमा देशले यस्तो सस्तो नेताको महर्ङ्गाई फेरी फेरी भोग्नु नपरोस भन्नकालागी निश्चीत नीति निर्माण नगरी नहुने देखीन्छ ।
अबका दिनहरुमा उपयुक्त व्यक्ति मात्रै उपयुक्त तहमा पुगोस भन्ने नीति नीयम तर्जुमा नगरी नहुने देखीन्छ । बिरोधको लागी र्सघर्ष पैसाकोलागी राजनीति, र पदको लागी आन्दोलन गर्ने तर कुनै पनि रचनात्मक र सृजनात्मक योगदान दिन नसक्ने नेताहरुको हालीमुली रहेसम्म देशको नीति नीयम कानुन र संबिधान जति चोटी नै परीवर्तन गरे पनि त्यसले कुनै पनि परिबर्तन ल्याउन सक्दैन । नाच्न नजान्ने आँगन टेडो भने जस्तै बिगतका बार्‍ह बर्षमा गरेका भाँडभैलोको दोष, हाम्रा नेताहरु अझ पनि कहीले खेदीईसकेका राजा त कहीले एक अर्कालाई दिने जस्ता गैर्‍ह जिम्मेबार बक्तव्य दिएर आ आफ्नो अयोग्यता लुकाउने प्रयास गर्दैछन ।
बास्तबमा अहिले संबिधानसभाको जत्ती आवश्यक्ता छ त्यो भन्दा बढी संबिधान सभामा भाग लीने योग्य नेताको अभाब छ । त्यसैले राज्यले अन्य बिधामा योग्यताको मापदण्ड निर्धारण गरे जस्तै संबिधान सभामा उमेबदारी दिने व्यक्तिको लागी पनि यौटा न्यूनतम स्तर तोक्नु जरुरी छ । बास्तबिकताको धरातलबाट सोच्ने हो भने देशको शासन व्यवस्था सम्हाल्ने, भोलीका लागी आबश्यक नीति नीयम बनाउने वा समष्टीमा भन्दा संम्पुर्ण राष्ट्रकै भविश्य निर्धारण गर्ने अत्यन्त संबेदनशील र जिम्मेबारी पुर्ण ओहदामा पुग्ने नेताकालागी यौटा न्यूनतम शैक्षीक योग्यता सम्म नतोकीनु अत्यन्तै गम्भीर बिषय हो । बिशेष गरी हाम्रो जस्तो अल्प बिकसीत र साक्षरताको प्रतिशत न्यून रहेको मुलुककोलागी यो सोचनीय र चिन्तायोग्य बिषय हो ।
नेपालको संबिधान २०४७ को आठौं भागको धारा ४७ ले प्रतिनिधि सभाको सदस्य हुनकोलागी केबल नेपालको नागरीक हुनुपर्ने र पच्चीस बर्ष उमेर पूरा हुनु पर्ने जस्ता स्वअनुभव वा ज्ञानको आवश्यक नपर्ने र प्राकृतिक संयोगले नै पुरा हुने योग्यता मात्रै तोकेको थियो भने हालको अन्तरीम संबीधानले पनी "जनआन्दोलनको भावनाप्रती प्रतिबद्ध भएको०००"भन्ने यौटा वाक्य थपी अन्य योग्यता साबीक बमोजीम राखेको छ (वा सिधै भन्दा कुनै पनि योग्यता नचाहिने व्यबस्थालाई नै अक्षरस कायम राखेको छ) .
यहाँ शखा अधिकृतको परीक्षामा सामेल हुन स्नातक हुनु पर्छ, ना. सु. खरीदार वा त्यस्तै बिभिन्न पदकालागी पनि भिन्न भिन्न योग्यता निर्धारण गरीएको छ । तर हाम्रो देश, जहाँ यौटा पियनको पदमा दरखास्त हाल्न समेत "साधारण लेखपढ गर्न जान्ने र र्साईकल चढन जान्नु पर्ने" योग्यताको लेबल लागी सकेको छ , त्यहाँ पुरै देशको भबिश्य निदृष्ट गर्न सक्ने मन्त्रालयका सचीब वा विभागीय प्रमुखलाई समेत निर्देशन दिन सक्ने उच्च र मर्यादित पद मन्त्री वा प्रधानमन्त्री बन्न समेत कुनै योग्यताको जरुरत पर्दैन । निर्देशन दिने व्यक्ति निर्देशित व्यक्ति भन्दा योग्य भएमा मात्र निर्देशन दिने र लिने बिच शन्तुलन कायम हुन सक्छ। मानब संसाधन संम्बन्धि खोज र अध्ययनले यहि नै देखाउँछ । यदि सो संभब नभएमा पनि न्यूनतम योग्यताको कसी भने अबश्य पनि बनाईनु पर्छ ।
हुन त, सांसदको लागी न्यूनतम योग्यताको प्रश्न उठाउँदा यहाँ त्यसको बिरोधमा आबाज उठन पनि सक्छ वा त्यस्तो व्यबस्था नभएका अन्य देशको उदाहरण पेश गरीन सक्छ । तर सत प्रतिशत साक्षर रहेको देशहरुमा यस्तो नीयम बनाउनु कुनै औचित्यपूर्ण नभएर नबनाईएको हुन सक्छ भने संसारका कैयौं देशहरुमा यो मर्यादित पदमा पुग्ने व्यक्ति यौटा निश्चीत शैक्षीक स्तर पार नगरेको हुन त्यहाँको बस्तुस्थिती सामाजीक संरचना र व्यक्तित्व मुल्याङ्कनको अदृश्य कडीले नै प्राय: असम्भब बनाइ दिएको हुन्छ । सार्क मुलुकको उदाहरण हेर्ने हो भने केहि समय अगाडी पाकिस्तानमा समेत सासंद हुन कम्तीमा स्नातक हुनु पर्ने योग्यता तोकीएको कुरा यहाँ स्मरण योग्य छ । साथै भुटानमा समेत सो लागु भएको छ । यसो त अशिक्षीत व्यक्ति वा निश्चित शैक्षीक स्तर पार नगरेको व्यक्तिमा कुनै योग्यता नै हुदैंन भन्ने छैन , तर जे जस्तो गरी दलील दिए पनि यौटा निश्चित शैक्षीक स्तर पार गरेको व्यक्ति अर्को कुनै शैक्षीक स्तरको मापदण्ड पार नगरेको व्यक्ति भन्दा योग्य , कुशल र रचनात्मक हुन्छ भन्ने बारेमा संसार भरी नै एक मत छ र यस बिषयमा बिबाद गर्नु समय नष्ट गर्नु मात्र हुनेछ ।
बास्तबमा सांसद वा संबिधान सभाको सदश्य बन्न कुनै न कुनै सैक्षीक योग्यता निर्धारण गर्नु ने पर्छ र यस्तो नीयम बनेमा देशका कुनै पनि दलले त्यसको बिरोध गर्नु हास्यासपद मात्रै हैन लज्जास्पद पनि देखीने छ । यदि देशको कुनै राजनैतीक दलसंग उम्मेबदारी दिन "स्नातक स्तरका " सदस्य वा कार्यकर्ता छैनन् भने त्यो कुरा बिरोधको होईन लज्जाका बिषय हुनेछ । देश चलाउन पनि खोज्ने योग्य व्यक्तिको चयन पनि गर्न नसक्ने हो भने त्यस्ता दल वा समुहबाट देशले बिनास बाहेक बिकासको आश नराखे पनि हुन्छ । हालको लथालीङ्ग परीस्थीतिलाई हेर्दा सासंद बन्न यौटा निश्चित योग्यता - कमसेकम स्नातक हुनु पर्ने ) तोकेमा चन्दा , मुढे बल वा 'बपौति' को मात्रै भरमा राजनीतिलाई प्रदुषित गर्ने निक्कै 'सस्ता' र अयोग्य व्यक्तिमाथी अंकुश लाग्नेछ र संसद साँच्चैनै योटा गरीमामय संस्था बन्ने छ । जुन कुरा भबिश्यको नेपालकोलागी निश्चयनै फलदायी हुने छ ।
होईन भने राजनीतिलाई "पुस्तौनी पेशा" संझने , पैसाको भरमा टिकट लीने र धम्कीको बलमा पद खोज्ने अयोग्य व्यक्तिहरुको नीरन्तरताले देशमा हाल बिद्यमान समस्याको पटक पटक पूनरागमन भईनै रहने छ । जुन कुरा राष्ट्र वा जनता कसैको हितमा पनि हुने छैन । बास्तबमा सासंद हुन यौटा निश्चित योग्यता तोकीएमा बिभिन्न व्यबहारीक कठिनाईका कारण अयोग्य व्यक्तिलाई पनि सिट दिन बाध्य भएका केहि राजनैतीक दलका बिबेकशील नेताहरुलाई पनि अयोग्य व्यक्तिलाई ' फिल्टर' गर्न मद्दत पुग्नेछ ।
देशमा बिभिन्न समस्या छन र सो समस्याको समाधान, 'समस्याका जडहरुले' नै गर्लान भन्ने बारेमा जनमानसमा गहिरो शंका छ । त्यसैले ठूलो स्वर भएको र उद्दण्ड बक्तव्य दिने मानीस हैन योग्य र बिचारवान व्यक्तिलाई मात्रै देशको बारेमा निर्णय गर्न सक्ने सम्मानीत पदमा पुर्‍याउने नीति नीयम बन्नु नै पर्छ । गरीमामय संसदमा पुग्ने इच्छा राख्ने व्यक्ति आफूमा पनि योग्ताको कशी पार गर्ने हिम्मत हुनु पर्छ । होईन भने जर्ज एस. हिलार्डको माथीको बाक्यमा झै नेपाली जनता र सीङ्गो देशले नै सस्ता नेताहरुको उच्च महङ्गाइको मूल्य बारम्बार चुकाई रहनु पर्ने छ ।

1 comment:

  1. “The Cheaper the politician, the more he costs the country” George S. Hillard
    Exactly!

    ReplyDelete