05 February, 2008

फा मन मन्दिर -जहाँ बुद्धको औंलाको हाड सुरक्षीत छ-

गवान बुद्धको महापरिनिर्वाण र अग्नि संस्कार पछि बाँकी रहेका भस्म र अस्थि बिभिन्न देश र क्षेत्रहरुमा पुगेको आख्यान बुद्ध धर्म सम्बन्धि बिभिन्न ग्रन्थ र इतिहासमा पाईन्छ । त्यसै सम्बन्धमा काठमाण्डौको स्वयंभूमा पनि केहि भाग भस्म रहेको छ ।

यो भस्ममा अग्नि संस्कारको क्रममा पुरै नष्ट नभएका भगवान बुद्धका शरिरका केहि अंगका हाड पनि बाँकी रहेकोले यसलाई अस्थि भस्म पनि भनिन्छ । यसै क्रममा श्रीलंकामा बुद्धको दाँत र बिश्वका अन्य बिभिन्न भागमा अस्थिहरु रहेको र कतिपय स्थानमा बुद्ध पूणिर्मा र अन्य निश्चित दिनमा त्यसको र्सार्बजनिक प्रद्रर्शन पनि हुने गरेको छ।

तर जसरी हामीलाई श्रीलंकामा बुद्धको दाँत भएको ज्ञात छ त्यसैगरी छिमेकी राष्ट्र चिनको यौटा बौद्ध मन्दिरमा भगवान गौतम बुद्धको औंलाको हाड ईतिहास पर्यन्त सुरक्षीत छ भन्ने बारेमा भने आम जनसमुदाय र बुद्ध सम्बन्धमा खोज बिन र प्रचार प्रसार गर्ने संस्थाहरु समेत अझै प्रायः अनभिज्ञ रहेको पाईन्छ ।

बास्तबमा चिनमा रहेको भगवान बुद्धको शरिरको यो भाग हालसम्म विश्वमै प्राप्त मध्य सबैभन्दा ठूलो हो र ऐतिहासिक कालको बिषम परिस्थिति देखि हालको समयमा पुग्दा समेत सुरक्षीत र संरक्षित रहेको छ

चिनको पुरानो राजधानि र सान सि प्रान्तको केन्द्र सियान बाट करिब १०० कि. मी पश्चिममा अबस्थित फू फङ्ग काउन्टिको फा मन भन्ने स्थानमा यौटा मन्दिर छ । "फा मन श" (法门寺)अर्थात फा मन मन्दिर को नामले प्रशिद्ध यो त्यहि मन्दिर हो जहाँ बुद्धको औंलको हाड अझै सुरक्षित र पूजित छ ।

त्यसो त फू फङ्ग आफैमा यौटा धार्मिक, सास्कृतिक र ऐतिहासीक महत्वको स्थान हो र यहाँ फा मन मन्दिर बाहेक अन्य करीब ५० जत्ति पुरातात्विक महत्वका संरचनाहरु रहेका छन, तर पनि ति सबै संरचनाहरुको बिचमा फा मन मन्दिरको अत्यन्तै बिशिष्ट स्थान र महत्व छ । बुध्द धर्माबलम्बीहरुको लागी यो मन्दिर यौटा तिर्थस्थल नै हुन सक्छ भने प्राचिन संस्कृति र पुरातत्वमा चाख राख्नेका लागी पनि यौटा महत्वपुर्ण स्थान ।

यस मन्दिरमा प्राप्त अभिलेख र चिनिया बुद्ध धर्म सम्बन्धि ग्रन्थका अनुशार यो मन्दिरको निर्माण सबैभन्दा पहिलार् इश्वि सन १४७ देखि १८९ बिचमा भएको थियो । यसरी करिब १८ सय वर्षो लामो काल खण्डमा बिभिन्न समयमा हावा-पानी र प्राकुतिक प्रकोपका कारण यो मन्दिरका केहि भाग क्षति ग्रस्त भएका र त्यस्तै मर्मत र जिर्णोद्धारको कार्य पनि हुदैं आएको पाईन्छ । यसरी प्राचिन मन्दिर भए पनि बेला बखतमा मर्मत र जिर्णोद्धार हुदैं आएकोले यो मन्दिर पूर्ण क्षत्रि्रस्त भने भएको थिएन ।

तर केहि दिनको अबिरल बर्षाका कारण सन १९८१ को अगष्ट २४ तारीखको दिन यो मन्दिर नराम्ररी भत्कियो । त्यसपछि स्थानीय निकायले त्यस मन्दिरको सरसर्फाइ र उद्धारकार्य शुरु गर्‍यो । यस क्रममा त्यहाँ बुद्ध धर्म र संस्कृति सम्बन्धि बिभिन्न ग्रन्थहरु, बुद्ध मूर्ति र ऐतिहासीक महत्वका अन्य बिभिन्न सामाग्रीहरु फेला परे ।

पछि सन १९८७ मा सान सि प्रान्तको स्थानिय सरकारले यो मन्दिरलाई यासको प्राचिन र मौलिक स्वरुपमै पून निर्माण गर्ने निधो गर्‍यो र सोहि सालको अप्रिल महिनामा पून निर्माणको लागी जग देखिकै सरसफाई सुरु भयो । जग सफा गर्ने क्रममा एक ठाँउमा गहिरो कुवा जस्तो खाल्डो देखीएपछि उत्खनन् गरेर हेर्दा त्यहाँ अत्यन्तै कलात्मक, रहश्यमय र तिलस्मी शैलिमा निर्माण गरीएको यौटा प्राचिन गर्भ गृह भेटियो ।

करिब ३१ बर्ग मिटरमा फैलिएको यो गर्भ गृह बिभिन्न छुट्टा छुट्टै कोठा, हिडने बाटो, सिढि आदि भागमा बिभाजित थियो । चिनको पुरातात्विकर् इतिहासमा कुनै यौटा एकल बौद्ध मन्दिरमा यत्ति ठूलो र यति कलात्मक गर्भ गृह फेला परेको यो नै पहिलो पटक थियो । यसको प्रत्यक साना साना कोठामा ढुङ्गाको ढोका र हरेक ढोकामा कलात्मक ताल्चा लागेका थिए र यहाँ प्राचिन धातु र ढुङ्गाका मूर्ति, दूर्लभ हस्त लिखित ग्रन्थहरु, बहुमूल्य पत्थर लगाएत धेरैका संख्यामा बुद्ध धर्म र संस्कुति सम्बन्धित कलात्मक सामाग्रीहरु सुरक्षीत अबस्थामा फेला परे । यसै क्रममा फेला पर्‍यो यो दूर्लभ र अमूल्य अस्थि

गर्भ गृहमा रहेका बिभिन्न अभिलेखहरुमा सो अस्थि गौतम बुद्धको हातको औंलको भएको यथेष्ट प्रमाण थियो तापनि यौटा पुरातत्वबिद हरुको टोलिले सो को वैज्ञानिक सोध र परिक्षण समेत गर्‍यो र सो अस्थि स्वयं गौतम बुद्धको हातको औंलको भएको पुष्टी गर्‍यो ।

बास्तबमा यो मन्दिर प्राचिन चिनको हान वंशको पालामा निर्माण भएको थियो र तात्कालिन भारतबर्षबाट सम्राट अशोकको पालामा बुद्धको अस्थि संसारभर फैलिने क्रममा यो चिन आई पुगेको थियो । तर यो पबित्र अस्थि चिन पुग्ने बित्तिकै यस मन्दिरमा ल्याइएको भने होईन । चिनमा ल्याईएको यो अस्थि पहिला त तात्कालिन चिनको परम्परा अनुशार त्यहाका शासक र बादशाह कहाँ रहेका थिए । तर यो अमूल्य अस्थि यसरी शासकहरुको निगरानीमा रहंदा नाशीने वा हराउने डर भएकोले एकजना आन श काओ नाम गरेका भिक्षुको सल्लाह पछि तात्कालीन थाङ वंशका शासक यि चुङ्ग (जसलाई थाङ यि चुङ्ग पनि भनिन्छ) ले यसलाई मन्दिरको बिशेष गर्भ गृहमा राख्न लगाई यसमा प्रबेश रोक्न यसको द्वार बन्द गर्राई दिएका थिए । कालान्तरमा यो कुरा सबैले बिर्स रे गर्भ गृहको रहश्य सयौं बर्षम्म कसैलाई थाहा भएन ।

यो यौटा संयोग नै थियो वा चमत्कार, जुन दिन उत्खननको क्रममा त्यो बस्तु भेटियो त्यो दिन बुद्ध पूणिर्मा थियो ।

चिनिया बौद्ध ग्रन्थहरुमा कतै कतै बुद्धको अग्नि संस्कार सात दिन सम्म चलेको श्रुति र आख्यान पनि भेटिन्छन । यसैले सात दिन सम्ममा पनि जलेर नष्ट नहुनु, पृथ्विको गर्भ बाट फेरि बाहिर निस्कनु र यो अमूल्य अस्थि भेटिएको दिन बुद्ध पूणिर्मा समेत पर्नुलाई यस मन्दिरका बुद्ध धर्माबलम्बीहरु संयोग मान्न तयार छैनन् । यस दिव्य घटनालाई उनिहरु संयोग वा चमत्कारको संज्ञा दिनु भन्दा बुद्धको "ईच्छा" भएको बताउँछन ।

अहिले पनि प्रत्यक बर्षबुद्ध पूणिर्माको दिनमा त्यसमा बिशेष आभा मण्डल र ज्योति देखिने गरेको कुरा मन्दिरमा रहेका बुद्धमार्गीहरु बताउँछन् र हाल पनि प्रत्यक बर्षबुद्ध पूणिर्माको दिनमा त्यहा हजारौंको संख्यामा बुद्धमार्गीहरु पुग्छन ।

चिनमा अध्ययनरत रहदां, अध्ययन भ्रमणको क्रममा म लगाएत ८-१० जनाको टोलि त्यहाँ पुगेका थियौं । हामी मध्य अन्य व्यक्तिहरुले खासै केहि महशुस नगरे पनि एकजना रोमानियाका र अर्की एकजना म्यानमार -बर्मा) की सहपाठीले भने यो मन्दिर र बिशष गरी त्यो अस्थि राखीएको स्वर्ण स्तुप अगाडि पुगेपछि आफ्नो शरिर ऊर्जामय भएको र आफूहरु छुट्टै किसीमको उर्जाले तरंगीत भएको कुरा बताएको प्रशंगबस यहाँ उल्लेख गर्दैछु ।

जे होस, जसरि नेपालमा भगवान बुद्धको जन्मस्थल भएकोले लुम्बिनीको महिमा छ त्यस्तै किसीमको महत्व र बिशिष्टता चिनमा यो फा मन मन्दिरको छ । फा मन मन्दिर बास्तबमा चिनको मात्रै नभई विश्वकै सम्पदा हो र बिशेष गरी विश्व भरीकै बुद्धमार्गीहरुको

2 comments:

  1. ओहो ! यो खबर त मेरा लागी एकदमै नौलो हो ।........thanks for this.

    ReplyDelete
  2. Thanks!

    Thank you for this valuable information.

    Rajkumar Sakya

    ReplyDelete