अघिल्लो दुईहप्ता जत्ती नेपलमा वा संसारभरी फैलीएर रहेका सम्पूर्ण नेपालीहरु करिब करिब "सास रोकेर" यौटै कुराको प्रतिक्षामा रहेका थिए ---के हुन्छ त चुनावको परिणाम-- । अहिले चुनाव मात्रै होईन, समानुपातिक तर्फको समेत मत गणना समेत समाप्त भै सकेको छ र माओबादिको बर्चस्वमा नया संबिधान बन्ने निश्चित भएको छ ।
यस बिचमा नेपालमा रहनेका मात्र हैन बिदेशमा बसेर ब्लग वा व्यक्तिगत साईट चलाउनेलका साईटहरु समेतमा अन्य कुनै बिषयले प्रवेष पाउन सकेन । सब साईट, ब्लग र फोरमहरु चुनवमयी भएका थिए भने 'च्याट' मा एक अर्कासंग भेट हुदां समेत भलाकुसारी भन्दा पनि चुनावि नतिजाको बारेमा सोध-पूछ गर्न सम्पूर्ण नेपालिहरु व्यस्त थिए ।
अव चुनाव सक्केर मत गणना सक्कने बित्तिक्कै फेरी सबैजना आ-आफ्नो गोरखधन्दामा हराउन थालेका छन । भोट हाल्न सौभाग्य पाउने पनि, भोट हाल्न मौका नपाउने पनि, सबैजना आफ्नो 'कर्तव्य पुरा' भएको ठानेर सामान्य नियमित दिनचर्यामा व्यस्त छन मानौ अब जे सुकै होस कसैलाई मतलब छैन ।
यसरि चुनाव सक्कने बित्तकै चुनाव जित्ने र जिताउने दुबैमा केहि परिवर्तनहरु देखा पर्न थालेकछन।
जनताहरु पून: एकचोटी बिस्तारै आफ्नो भविश्य निर्धारण गर्ने राजनैतिक उतार-चडाव प्रति उदाशिन बन्दै गएका छन भने बुलेट छाडि ब्यालेटको राजनीति गर्न थालेका माओबादि पनि अनपेक्षित तरिकाले 'सालिन' बन्ने क्रममा छन ।
यसैबिच उग्र भनिने माओबादिमा देखीन थालेको त्यो अभूतपूर्व लचकता, (त्यो चाहे राजाको बारेमा होस वा उनिहरुले बारम्बार साम्राज्यवादी र विस्तारबादी भन्दै आएका भारत र अमेरीकाको बारेमा होस) ले जनतालाई फेरी एकचोटि सोच्न बाध्य बनाउदैं छ कि नेपालको राजनितिमा प्रतिपक्षको भूमिकामा बस्दा जत्ती छुट र सजिलो हुन्छ, आफै सत्तामा पुगेपछि काम गर्न त्यत्तीनै गाह्रो हुन्छ र सत्ताको नजिक पुग्ने बित्तीकै बाघ पनि बिस्तारै बिरालोमा परिणत हुन्छन।
जनताको सीथिलता यस मानेमा सामन्य छ कि भोट हाले पछि कहिलेकाहि चित्त नबुझेको कुरामा जुलुस वा नाराबाजि गर्ने बाहेक उनिहरसंग अरु कुनै अधिकार छँदा पनि छैन । तर ठुलो कुरा गरेर सत्तामा पुग्ने बित्तीकै आफ्नै कुरा बिर्सने वा बदल्ने कुरामा भने माओबादी पनि पछाडि परेनन्।
अघिल्लो हप्ता, माओवादी विदेश विभाग प्रमुख चन्द्रप्रकाश गजुरेलले आफ्नो पार्टीको परराष्ट्रनीति बारे प्रष्ट पार्दै "अबदेखि भारत र अमेरिकालाई साम्राज्यवादी र विस्तारबादी नभन्ने" (बिस्तृत विबरणको लागी हिमाल खबरको यो लिन्कमा जानुहोला) बताएका थिए।
नेपालको भौगोलीक, आर्थिक र सामाजिक कारणहरुले गर्दा नेपालले भारतसंग जोरी खोजेर बस्न सक्ने स्थिति छँदै छैन तर माओबादिको यो उदघोषले उनिहरु पनि केवल सत्ता प्राप्तिको लागि मात्रै यो "बिस्तारबाद" र "१९५० को सन्धिको खारेजिको" "घण्टी" बजाँउदै हिडेको हो भन्ने तथ्यलाई बल दिदैंछ ।
बिपक्षमा रहेर जिम्मेबारि लिनु नपर्ने अबस्थामा चर्का नारा लगाए जस्तो स्थिति अहिले माओबादिसंग पक्कै छैन, तर यसरी आफुले साशन चलाउन पर्ने स्थिति आउनलाग्ना साथ, आफैले लगाईदिएको बिस्तारबादी बिल्ला आफैं झिकिदिने अनी १९५० को सन्धि पनि 'रद्द' गर्ने बाट 'पुनरावलोकन' गर्ने भन्ने जस्ता बोली फेर्दै माओबादि पनि आफ्नो अन्य अडानमा पछि हट्दै गए भने जनताले भने "भोट दिएर मात्रै आफ्नो कर्तव्य पुरा भएको ठानेर" पक्कै बस्नु हुदैन ।
चुनाव अघिको नारा त दिने मात्रै हो,काम गर्ने बेलामा त खुट्टा लुला भैहाल्छन् नि । आशा गरौँ,उनीहरुले गरेका प्रतिबध्दता पुरा गरुन् ।
ReplyDeleteFor their own political future, maoists should deliver their promises. Otherwise, next election will be to them what this election was to NC-UML.
ReplyDeleteI hope they will not be too carried away to start their dictatorship, which they theoritically still want.