कहि नभएको जात्रा हाडिगाउँमा भनेजस्तै सुन्दा खेरि नै उदेक लाग्ने यौटा खबर सुनीयो:- नेपालमा फेरि आर्को यौटा महान क्रान्ति हुदैंछ रे !
हैन! तीन तीन चोटी प्रजातन्त्र र अब त गणतन्त्र नै आईसकेको देशमा अब फेरी के को क्रान्ति भन्नु होला, त्यो एकदमै महत्वपूर्ण र नगरी नहुने महान बैचारीक क्रान्ति हो।
कुरा के भने, नेपालको हालको अन्तरीमा संबिधानमा राष्ट्रपतिको व्यबस्था भएको छ. तर यसरी स्वतन्त्र देशको लैगिंक समानतामा आधारित राजनैतिक प्रणालीमा देशका प्रमुखलाई ठाडै ‘पति’ भनेर पुलिङ्गी शब्दले सुशोभित गरेपछि त्यसले नारी अस्मितामा ठुलो चोट पुर्याएको ठहर गरेर केहि लाल ‘बुझक्की’ हरु सो शब्दको पछि लागेका रहेछन । कम्ता ठुलो कुरो रै’च त ? भविश्यमा कुनै दिन नेपालमा महिला सो पदमा पुग्न सक्ने हुनाले लैगिंक समानताको मर्यादा राख्दै सो शब्द परिवर्तन गरी अन्य कुनै नाम राख्नु पर्दैन त? ।
पहिला च्याटमा बस्दा एकजना मित्रले यो कुरा बताएका थिए, उनले सो महान क्रान्तिमा होमीने एकजना सभासदको नाम पनि मलाई दिए, पछि १-२ अनलाईन मिडियामा पनि देखे पछि बैचारिक दरिद्रताको कुनै हद हुदैन रहेछ भनेर मलाई ज्ञान भयो ।
उनको त्यो बृहद भाषिक ज्ञान र शाब्दिक पहिचानको उपयोग गर्दै यसो सोचें :- पशुपति भनेको पनि पशुका लोग्ने रहेछन, अब त्यस्तै तालले धेरै पैसा कमाएका वा भएका महिलालाई पनि के भन्ने हो? ‘लखपति’, ‘करोडपति’ र ‘अरबपति’ मा पनि ‘पति’ आउँछ। सोच्दै जाँदा याद भो, अब सरकारी कार्यालयका खरदार, सुब्बा, शाखा अधिकृत र सचिव जस्ता शब्दहरु पनि पुरै ‘पुरुष-बाचक’ भएकाले ति शब्दहरु पनि परिवर्तन गर्नु पर्यो । बिचार गर्दै जाँदा सम्झें, नेपालमा त कक्षपति र पछाडि ‘पति’ आउने केहि थरहरु पनि छन, अब के गर्ने ? कि त ति थरवालाहरु महिलाहरुले बिहे नगरे पनि थर परिवर्तन गर्नु पर्यो … लैगिंक समानता भएको ठाँउमा पनि महिलाले ‘पति’ भएको थर राख्छन त?
स्मरणिय छ हाम्रो छिमेकि मुलुक भारतमा हाल प्रतिभा पाटिल राष्ट्रपति छीन, सायद हाम्रा महान सभासद जत्तीको भाषिक ज्ञान नभएर हो वा लैगिंक सचेतनाको कमिले हो तिनले सो शब्द परिबर्तन गर्न कुनै कदम चालिनछिन, अनि महिला भएर पनि ‘पति’ आउने पदभार ग्रहण गरिछीन ।
अझ रमाईलो कुरा त के भने हाम्रो देशमा महिला न्यायाधीशरुलाई ‘श्रीमान्’ भनेर सम्बोधन गर्दा पनि हामी त्यसलाई सामान्य नै लिन्थ्यौ । यसरी महिलालाई पुलिङ्गी शब्दले सम्बोधन गर्दा न त कुनै महिला होच्चिन्छन न त कुनै लैङ्गि समानतामा आँच आउँछ ।
मनोवैज्ञानिक सोधले के भन्छ भने, जब जब मानिस आफ्नो संकिर्ण सोचाई वा सिमित क्षमताका कारण तथ्यगत रुपमा केहि गर्न नसक्ने हुन्छ तब उ शब्दजाल र भाषिक उपलब्धिमा रमाउन थाल्छ । जसरी न्यायधिशलाई 'श्रीमान्' भन्दैमा त्यो शब्दको अर्थ लोग्ने हुदैंन त्यसैगरी पति को अर्थ स्वामी वा संरक्षक भएकोले ‘राष्ट्रपति’ भन्दा त्यसले कुनै पनि कोणबाट त्यो ‘पुरुष’ नै हुनुपर्ने दर्शाउदैन । अब घरमा आफ्न पति संग रिस उठेर ‘पति’ आउने सबै शब्दसगं द्रोह गर्न यसलाई राष्ट्रिय प्रश्न वा विवाद बनाईएको हो भने यो भन्दा गाईजात्रे क्रान्ति के होला र?
म महिला बिरोधि होईन तर बेक्कारको कुरालाई ‘ईस्यू’ बनाएर आफ्नो समय र जनताको करबाट प्राप्त भत्ताको दुरुपयोग गरेको भने अलिकता पनि चित्त बुझ्दैन । तर ठुलो मान्छेले उठाएको कुरा हो हेरौं केहि निर्क्योल निक्लि हाल्छ की? स्वतन्त्रता त सबैलाई छ नि आफ्नो बिचार राख्ने । म त्यो बुद्दीमत्तापुर्ण बिचारको आदर गर्छु ।
अँ त, अब यो पोष्टको शिर्षक तर्फ जाउँ:- "मुर्खानां प्रथमं बन्दे !"। सानै देखी हामिलाई सिकाईन्छ ठुला मान्छेको आदर गर्नु, त्यसैले म मान्यजनको आदर गर्छु । तर यो वाक्याशंले भन्छ “मुर्खलाई पहिला अविभादन गर्नु” । कारण कुनै एउटा सभामा केहि व्यक्तिहरु बसेका छन भने बुद्दीमान वा ठूला मान्छेलाई पहिला नमस्कार नगरे पनि हुन्छ रे, किनकी साँच्चै ज्ञानि मानिस न त नमस्कारका भोका हुन्छन, न त कसैले नमस्कार गरे वा नगरेर उनिहरुको महानता घटबड हुन्छ । तर सो सभामा बसेको मुर्खलाई पहिला नमस्कार गरेन भने उ रिसाउँछ र उत्तेजित हुन्छ रे (मलाई किन पहिला नमस्कार नगरेको भनेर) । यत्ती पढेपछि बुझ्नुभयो होला म कसलाई नमस्कार गर्दै छु भनेर … … ।
हा-हा-हा , चट्याङ्ग ठाँउमै परेको छ । तर एउटा कुरो यहाँ गडबढ पय्रो है -"अझ रमाईलो कुरा त के भने हाम्रो देशमा हालसम्म पनि महिला न्यायाधीशरुलाई ‘श्रीमान्’ भनेर सम्बोधन गरिन्छ ।" जहाँसम्म लाग्छ, यो व्यवस्था नेपाल मा हटाइसकिएको छ ।
ReplyDeleteहा-हा-हा , चट्याङ्ग ठाँउमै परेको छ । तर एउटा कुरो यहाँ गडबढ पय्रो है -"अझ रमाईलो कुरा त के भने हाम्रो देशमा हालसम्म पनि महिला न्यायाधीशरुलाई ‘श्रीमान्’ भनेर सम्बोधन गरिन्छ ।" जहाँसम्म लाग्छ, यो व्यवस्था नेपाल मा हटाइसकिएको छ ।
ReplyDeleteआकार जी ! कमेण्ट र जानकारीको लागी धन्यबाद !
ReplyDeleteजे होस महिला सहभागिता हुन्छ भन्दैमा हरेक ओहदाको नाम परिवर्तन गर्दै जानु भने "काम पाएनौ बुहारि ....गर" भने जस्तो मात्रै हुनेछ। देशमा कत्रा कत्रा समस्या थाँती राखीएको बेलामा यस्तो बकम्फुसे कुरालाई विबाद बनाउनु कुनै जिम्मेबार व्यक्तीको पहिचान भने होईन ।
टाउकोमा गिदी भैदिया भे पो । मलाई गणित पढाउने बि एस सि सरले तेरो टाउकोमा भुस्सा भर्याको छ भन्नुहुन्थ्यो तिन्कोमा त त्यो भुस्सा पनि छैन रेहेछ ।
ReplyDelete