(यो गजल करिब २ बर्ष अघि लेखेर कतै अनलाईन पेजमा टाँसी सकेको पनि हो, तर हालको स्थितिसंग पनि मेल खान गएकोले यसलाई आफ्नै बल्गमा टाँस्दै छु :-)
गजल
यौटा बन्दूक ढल्यो तर हतियार अझै खात छ ।
जन सेवक आफैलाई महानताको मात छ ।
’मिल्यो’, ‘टुङ्ग्यो’, अनि ‘अब सफल भयो!’ भने पनि,
डर लाग्छ अदृश्यमा अरु कुनै बात छ ।
भाई भाई मिलि अब एकै जुट भयौं भन्थे,
यौटै हड्डी वण्डा गर्दा दर्शीयो उहि जात छ ।
बित्यो भन्यें काल रात्रि , अध्यारो युगको दिन,
लाग्छ अझै कैयौं बर्ष मात्रै रातै रात छ ।
मुखको 'राम-राम' सुनेर त शंका झन एकिन भो,
देख्दैछु आज सवै जनको बगलिमै हात छ ।
बिल्कुल अहिले पनि सांदर्भिक छ । सम्पुर्ण गजललाई सिंगो शरिर बनाएर हेर्दा गजलको प्राण यहाँ छ ।
ReplyDeleteभाई भाई मिलि अब एकै जुट भयौं भन्थे,
यौटै हड्डी वण्डा गर्दा दर्शीयो उहि जात छ ।
त्यसपछि घतपार्ने यो छ
’मिल्यो’, ‘टुङ्ग्यो’, अनि ‘अब सफल भयो!’ भने पनि,
डर लाग्छ अदृश्यमा अरु कुनै बात छ ।
धन्यवाद गतिलो गजल पस्किनुभएकोमा ।
साझामा हो जस्तो लाग्छ पहिला पढेको। धन्यबाद दिलिप दाइ, फेरि पढ्ने मौका दिनुभएकोमा। अत्यन्त सटीक र अहिलेको परिष्थिति सुहाउँदो छ।
ReplyDeleteबित्यो भन्यें काल रात्रि , अध्यारो युगको दिन,
ReplyDeleteलाग्छ अझै कैयौं बर्ष मात्रै रातै रात छ ।
.........गज्जब छ !
हैन सबै ब्लगरहरु त गजलकार छन् कि क्या हो ? अब ट्राई चाँहि गर्नैपर्ला जस्तो छ ! म पनि ;)