शब्दकोष वा भाषाको गहन विष्लेशण गरि विवाद श्रृजना नगर्ने हो भने “राजीनामा” भन्ने शब्दले स्वेच्छाले पद त्याग गर्नु भन्ने बुझिन्छ ।
हालै हाम्रो देशका ‘निबर्तमान’ प्रधानमन्त्रीद्वारा राजीनामा दिईयो । पत्र –पत्रीका र संचारका सबै माध्यममा त्यो खबर ‘चिर-प्रतिक्षीत’ समाचार जस्तो गरेर छापीए / लेखिए । खबर पढ्दा र सुन्दा कतै बाट पनि यस्तो लाग्दैन थियो कि त्यो ‘दीईएको’ राजीनामा थीयो । यसलाई खाली passive voice मा मात्रै व्यक्त गरिन सकिने स्थिति थियो । किनकी गिरिजा कोईराला द्वारा कुनै नैतीकताका कारण होईन वाध्यताका कारण यो राजिनामा दिईएको थियो । ज्ञानेन्द्रले दरबार छाडनु र गिरिजा कोईरालेले राजीनामा दिनुमा खासै अन्तर देख्दिन म । दुबैमा दबाब र बिरोध यत्ती थियो कि त्यसमा आसीन भईरहनु कुनै पनि कोणबाट सम्मानजनक स्थीति नै थिएन ।
गिरिजा कोईरालाको ‘राजीनामा’ प्रकरणले त यस्तो सम्म भयो की उनको नाम र यो ‘राजीनामा’ भन्ने शब्दको यौटा अनौठो संयोग नै बन्यो । अहिले पनि नेपाली युनिकोडमा “राजीनामा” लेखेर कसैले गुगल वा याहु मा खोजि गरेमा त्यो शब्दसंगै प्रथम पृष्ठमै र प्रथम लहरमै ‘गिरीजा कोईराला’ को नाम पनि संगसंगै आउँछ मानौ यो दुई शब्द ‘जुम्ल्याहा’ हुन र छुट्टीनै सक्दैनन् ।
बरु मनमा जे सुकै भए पनि दरवार छाड्दा ज्ञानेन्द्रले आफ्नो बक्तव्यमा दरवार छाडनु परेको कुनै भडास छाडेनन् तर हाम्रा कोईरालाले भने आफूले पदत्याग गर्दा “टेन्सनमुक्त” भएको बताउँदा बताउँदै पनि जाँदा जाँदै आफ्नो मनको ‘तुष’ व्यक्त गरेर मात्रै हिंडे:- “मलाई माईनस गरे पनि सहमति र सहकार्य माईनस नगर्नुस” । मतलब यो राजीनामा थीएन माईनस गरिएको दबाबनामा को नतिजा मात्रै थियो ।
शास्त्रले भने अनुशार ज्ञानी मान्छे मर्ने बेलामा समेत त्वदीयं वस्तु गोविन्द तुभ्यमेव समर्पये भन्दै भौतिक शरिर प्रतिको मोहत्याग भएको संकेत गर्छन । राजनीतिमा यो लागु नहोला तर यत्रो जात्रा पछि आएको राजीनामामा उनले यो तुष नछाडेका भए सायद यो पद त्याग्ने कार्यलाई राजीनामा नै भन्न सकिन्थ्यो होला । एउटै देशमा भिन्न भिन्न समय र परिवेसमा ४-५ पटक प्रधानमन्त्री हुंदा समेत यो पदिय लिप्सापनमा केहि कमि नआउँदो रहेछ भनेर यसले देखाएको छ।
गिरिजा कोईरालाको बहिर्गमन पश्चात देशमा के कस्तो परिवर्तन आउने छ वा त्यो सकारात्मक वा नकारात्मक के हुन्छ त्यो त भविश्यले नै बताउने छ । तर यौटा सामन्ती संस्कारको अन्त गर्ने कार्यको जस लिन खोज्ने व्यक्तिले प्रजातन्त्रमा आफू “माईनस” भएको सोच लिनु भने पक्कै पनि सुहाउने कुरा होईन ।
करिव एक बर्ष अघि “प्रजातन्त्रमा कसैको हार हुँदैन” भन्दै हिडने मान्छेले हाल आफू माईनस भएको ‘तुष’ पोख्नु र यसरि प्रधानमन्त्रीको कुर्शी भनेको आफ्नै पेवा हो र त्यसबाट आफू माईनस हुनुहुन्न भनेर सोच्नुले उनको चरम सत्तालिप्सापन लाई मात्रै हैन कमजोर स्मरणशक्तिलाई पनि ईगीत गर्छ । (उनले प्रजातन्त्रमा कसैको हार हुँदैन र सबैले जित्छन भनेर दिएका वक्तव्यहरु यहाँ, यहाँ, यहाँ र अन्य थुप्रै अनलाईन र अफलाईन मिडियामा अझै टन्नै छन) । प्रजातन्त्रमा कसैको हार हुँदैन भने कसरि कोहि माईनस हुनसक्छ ? अनि देशको सेवा गर्नलाई के प्रधानमन्त्री नै हुनुपर्छ र?। (यो मेरो अत्यन्त व्यक्तिगत सोच हो , बाँकि तपाईहरु के सोच्नुहन्छ लेख्नु होला )।
सहि बिश्लेषण! पाए त यिनले नमोरेसम्म कुर्सि छाडने थिएनन के को राजिनामा दिन्थे .
ReplyDeleteउचित र सटीक विश्लेषण! यो 'तुष' रोग नेपालका सबै दल र नेताहरुमा गाँजिएको छ। आफ्नो उमेर, जनआन्दोलन-२को सफलता र संविधानसभाको निर्वाचनजस्ता कुराले अग्लिएको आफ्नो ब्यक्तित्व आदिलाई हेरेर
ReplyDeleteगिरिजाले यो तुषबाट आफूलाई मुक्त पार्न सके उनको (र कांग्रेसको समेत) ब्यक्तित्व अझै
अग्लिनेथियो। तर उनी त आफूले कमाएको उचाइलाई पो घटाउँदै छन्!
वर्तमान नेपाली राजनीतिलाई निष्पक्ष र निर्विवाद गिरिजा कोइरालाको अभिभावकत्व र खवदारीको विकल्प भने छैन। आशा गरौं हामीले गिरिजाबाट त्यहि अभिभावकत्व र खबरदारी पाउनेछौं।
I think Girija Koirala is a great leader of our country and your analysis is one sided. Nepal lai yaha samma lerauna uhako thulo haat 6. I don't agree with your opinion . Mero comment delete garnu hunna hola bhanne asa garchu.
ReplyDeleteसर्ब प्रथम त मेरो ब्लगमा कमेन्ट गरेर मलाई हौसलादिने सबैलाई धन्यवाद !
ReplyDeleteशिवजी लाइ पहिला त मेरो ब्लगमा छिरेर आफ्नो बिचार राख्नु भएकोमा धन्यवाद दिन्छु र मेरो ब्लगमा स्वागत गर्छु ।
म गिरिजा कोईरालालाइ नेता नै होइन भन्न त सक्दिन तर "महान नेता" भन्न पनि सक्दिन । मैले पहिलेनै भनिसके : यो मेरो नितान्त ब्यक्तिगत बिचार हो । तपाईले गिरिजा लाइ नेपाललाइ यहाँ सम्मा ल्याउन ठुलो हात भएको कुरा गर्नु भएको छ । त्यो "यहाँ" भनेको "कहाँ" हो? गणतन्त्रको कुरा गर्नु भएको हो भने त्यो उनको बाद र बिचार दुबै होइन , बाढी आउन ठीक्क भाको बेलामा "ल म पानी दिन्छु" भनेर काङ्रेस मा गणतन्त्र भित्र्याएको मात्रै हो । त्यो सबैलाई थाहा छ । त्यो बाहेक मधेशको समस्या, १०० रुपया लिटर को पेट्रोल र आहिले जन्मेको १०० थरि समस्याको जिम्मामा पनि उहाको "ठुलो हात" छ कि छैन मलाई बुझाईदिनु होला । नेपालको समस्याको होलसेल म राजासंस्थालाइ मात्रै जिम्मा दिएर ४-५ पट्क प्रधान मन्त्री भएको मान्छेले चोखो हुन मिल्छ कि मिल्दैन त्यो पनि मैले बुझेको छैन ।
बाकिँ तपाईंको कमेन्ट यहाँबाट डिलिट गर्नु पर्ने कुनै कारण छैन । शिष्ट्ता को दायारा भित्र बसेर लेखिएको कुनै पनि कमेन्ट यहाँ बाट डिलिट हुँदैन । कमेन्टको लागि पुन धन्यवाद !
सहमत दिलीप जी ,
ReplyDeleteगिरिजा नेता भए त केवल यौटा पार्टीका त्यसैले उनलाई महान नेता मान्दिनं म पनि ।
सहमत दिलीप जी ,
ReplyDeleteगिरिजा नेता भए त केवल यौटा पार्टीका त्यसैले उनलाई महान नेता मान्दिनं म पनि ।
good analysis.
ReplyDeleteDo you Remember ?
once rathicol company had a half page ad.. about a politician being sticked to the chair...
It was girija.
Ramailo nai rahecha lekhai...Kata kata khagendra sangaula ko jhajhalko aune jasto rahecha...tara byakti lai vanda pani system lai bishay banayera lekhne paripati ramro huncha...
ReplyDelete