हिजो: धर्म र परम्पराप्रति मानिसहरु निक्कै विश्वास गर्थे र परम्परागत आधारमा मात्रै विवाह तय गरिन्थ्यो । सबै जातमा सजातीय विवाह मात्रै प्रचलित थियो अनि सजातीय विवाह मात्रै हुनुपर्छ भन्ने समाजको बलियो धारणा थियो ।
आज: धर्मप्रतिको आस्था घट्दैछ, परम्परामा विश्वास हट्दैछ । प्रेम विवाहको प्रचलन अलि बढेकोले अन्तर्जातीय विवाह पनि हुदैंछ । बिस्तारै, विवाह सजातीयमा मात्रै हैन अन्तर्जातीय पनि हुन सक्छ भन्ने सामाजिक मान्यता तयार हुदैंछ ।
भोली: शायद सजातीय विवाहको लोपसंगै अन्तर्जातीय विवाह यत्ती बढ्ने छ कि, कतै कतै कसैले सजातीय विवाह गरेमा पनि त्यो अनौठो समाचार बन्ने छ। अहीले फाट्ट फुट्ट अन्तर्जातीय विवाह भए जस्तै त्यति बेला कतै सजातीय विवाह भएमा मानिसहरु यसरी हाँस्नेछन् :- “… हेर न ! पल्लो गाउँमा त बाहुनको छोरी बाहुनलाई नै दिएछन … ।”
05 July, 2008
परिवर्तन (लघुकथा)
Labels:
कथा-लघुकथा
लेखक:
Dilip Acharya
Subscribe to:
Post Comments (Atom)
Is this a story or joke?. Don't take it otherwise, I also enjoyed reading it.
ReplyDeleteनाँइ भन्न सकिन्न यो यथार्थतालाई !
ReplyDeleteहा हा हा! रमाइलो संभावना!
ReplyDeleteYo haso hoina voliko din gay ra lesbian ka jodiharu afnei agdi dekhnuhune chha.ti bahun pani huna sakchhan vane gurung pani,kohi pani.Garo namannus kati hamrei samajma paliyera bahira vanna sakeka chhainnan.Yek din yo pariortan pani tapaiharu dekhnuhunccha.
ReplyDelete