त्यो गाउँ सानो भएपनि त्यहाँका महिलाहरु निक्कै जागरुक देखिन्थे। अन्तराष्ट्रिय नारी दिवस मनाउन त्यो सानो ठाउँमा थुप्रै महिलाहरुको उपस्थिति थियो ।
स्वागत भाषण पछि बोल्ने क्रम शुरु भयो । एक जना वक्ताले महिलाहरु शोषित भएको कुरा उठाइन् र प्राय: महिलाद्वारा नै महिलाहरुको शोषण हुने गरेको बताइन् ।
कुराको प्रसंगमा अर्कि वक्ताले महिला विकासको लागि गा.वि.स. मा आएको रकम अर्कै शिर्षकमा खर्च भएको तितो सत्य वताइन् र महिलाकै सकृयतामा सो भएको आरोप लगाइन ।
गा.वि.स.की अर्की महिलाले त्यो रकम वाल स्वास्थको लागि खर्च गरेको जानकारी दिदै सो निर्णयलाई जायज ठहर्याइन ।
विरोधी पक्षले वाल स्वास्थ र महिला विकास भनेको भिन्दा भिन्दै कुरा भएकोले त्यसमा हिनामिना भएको आशंका उठाए । खर्च गर्ने पक्षले त्यति वेला महिला विकास भन्दा वाल स्वास्थको स्थिति जटील भएकोले सो विनियोजन नगरी नभएको स्पष्टिकरण दिदै रकम हिनामिना नभएको प्रष्ट्याय ।
त्यस पछि सोहि विषयलाई लिएर प्रश्न, प्रति-प्रश्न , घोच पेच, आरोप प्रत्यारोप र व्यंग्यको वर्षा शुरु भयो र निकै वेर सम्म सभा विथोलियो त्यतिकै हो-हल्लामै साँझ परेकोले आयोजकले सभा विर्सजन भएको घोषणा गरे । अन्तमा तीन चोटी "नारी एकता जिन्दावाद" भन्ने नारा घन्काएर सबै आ-आफ्नो घर तिर लागे ।
यो लघु कथाले बोकेको 'H2' अर्थात Hidden and Huge समस्या हो। के गर्नु जे जति भनेपनि आखिर कुरो त उही अड्किन्छ।
ReplyDeleteतीर ठाउँ मै लागेको छ ।
ReplyDeleteबधाई छ दिलिप दाइ ।
वास्तवमा एकताको यो काईदा हाम्रो समाजको सबै क्षेत्रमा छ । घत पर्यो ।
ReplyDelete