ब्लगर र वर्डप्रेस मध्य कुनचाहिँमा ब्लग चलाउनु उपयुक्त हुन्छ भन्ने बारेमा धेरै बहसहरु भैसकेका छन ।
एकातिर दर्ता प्रक्रिया देखि पोष्टिङ, सम्पादन र सहज संजाल व्यबस्थापन अनि सुरक्षा आदि वर्डप्रेसका राम्रा पक्ष हुन भने, ब्लगर वा blogger.com भने यसको लचकता र जुनसुकै कोड वा स्क्रिप्ट राख्न, संपादन गर्न सकिने व्यबस्था र समष्टिमा भन्दा यसको साजसज्जा वा पुरै संरचना संग ‘खेल्न’ सकिने सुबिधाका कारण लोकप्रिय छ ।
त्यसो त बल्गरबाट वर्डप्रेसमा ‘घर सर्न” चाहनेको लागी वर्डप्रेसमा पहिल्यै देखी एकै क्लिकमा पुराना सबै पोष्टहरु र कमेण्ट समेत ब्लगरबाट वर्डप्रेसमा सार्न सकिने सरल व्यबस्था छ । यदि तपाई हालको बल्गरबाट वर्डप्रेसमा ‘घर सर्न” चाहनुहुन्छ भने वर्डप्रेसको आफ्नो ड्यासबोर्डमा गएर ‘Manage’ मुनि ‘Import’ वा ‘Export’ मा गएर सजिलै सो काम गर्न सक्नु हुन्छ ।
वर्डप्रेस बाट ब्लगरमा सर्न चाहनेको लागी भने पहिला यो कार्य केहि जटिल थियो तर हाल भने यो पनि एकदमै सजिलो भएको छ ।
वास्तबमा ‘घर सर्न’ मात्रै होईन कहिले काहिँ कोडहरु र स्क्रिप्टहरुसंग ‘खेल्दा’ कुनै समस्या भई पुराना पोष्टहरु नाशीन सक्ने भएकाले आफ्ना ब्लग पोष्ट र कमेण्टहरुलाई पनि आफ्नो हार्ड डिस्कमा सुरक्षीत राख्न पनि यो बिधि काम लाग्न सक्छ ।
तपाई आफ्नो ब्लगरमा भएको पेजहरु, टाँसो र टिप्पणि सहित एउटै फाईलामा ब्याकअप गर्न चाहनुहुन्छ भने यसो गर्नुस:
सबैभन्दा पहिला यहाँ वा http://draft.blogger.com मा गएर आफ्नो प्रयोगकर्ता नाम र ‘कुट-शब्द’ प्रयोग गरेर भित्र छिर्नुहोस। अब Settings>> Basic को पहिलो हरफमा “Blog Tools” शीर्षकमा “Import-blog”, “Export-blog” आदि देखिनेछन्। अब “Export-blog” मा थिच्नु भयो भने तपाईले आफ्ना आजसम्मका सबै पोष्ट र कमेण्टहरु एउटै फाईलमा आफ्नो कम्प्युटरमा सुरक्षीत राख्न सक्नुहुन्छ ।
ब्लगर र वर्डप्रेस दुबैको ब्याकअप ‘.xml’ format मा रहने भएकोले अब भने वर्डप्रेसका पुराना टाँसोहरु ब्लगरमा सार्न पनि सरल भएको छ ।
घर सर्नु नसर्नु आफ्नै ठाउँमा छ तर आफ्नो टाँसो र साथिहरुको नासो (टिप्पणीहरु) सुरक्षित राख्नु चाहिँ राम्रै होला।
पुछारमा, यदि तपाई फाएरफक्स प्रयोग गर्नुहुन्छ भने बल्ग पोष्ट गर्न एकचोटि http://www.scribefire.com/ मा गएर “ScribeFire” extension हालेर हेर्नुहोस। सानो भए पनि छिटो लोड हुने, र सम्पादन गर्न सजिलो भएको र नेपाली युनिकोड सपोर्ट गर्ने भएकोले अन्य ब्लगिङ सफ्टवेयर प्रयोग नगर्नेका लागी यो एकदमै सजिलो माध्यम बन्न सक्छ ।
Thank for information Dilip Jee, म पनि सोच्दैथिए आफ्नो ब्लगलाई वर्डप्रेमा लैजाने किन भनेर। लगियो भने तपाईकै जानकारी काम लाग्ने भो।
ReplyDeleteतपाईँले दिनुभएको सुझाव एकदम राम्रो लाग्यो । अनि मैले पनि आफ्नो ब्लगको ब्याकअप राखेँ । धेरै धन्यवाद दीपक दाइ !!!!
ReplyDeleteदिलिप दाइ भनेको दीपक दाइ पो भनेछु ।।।
ReplyDeleteखै, मलाई चाँहि ब्लगर जत्ति को उत्तम कुनै लागेन !
ReplyDeleteअझ कोड सँग खेल्नु को मज्जै बेग्लै !
एउटा कुरा भन्छु, नरिसाउनु है !
ReplyDeleteमलाई सबैभन्दा इरिटेटिङ यो snap shots भन्ने एप्लिकेसन लाग्छ, ब्लग मा ।
कमेण्टको लागी सबैलाई धन्यवाद् ।
ReplyDeleteआकार जी मलाई पनि एक दिनमै यो 'अति भो'। यसो टेष्ट गर्न राख्या, कुनै लिन्कमा जानै नहुने! हैरान गर्दो रहेछ ।
सुझावको लागि धन्यवाद, यो snap shots हटाउँदै छु ।
मैले चैं सर्लक्क पढें मात्र , के हो त ? भनेर खोज्नपटि लागिंन - अहिले नै बुझें भने भोली दिलीपजीलाई , आकारजीलाई के सोध्नु नि फेरी भनेर क्या ।
ReplyDeleteदीपक जी! रमाईलो कुरा गर्नु भयो । हुन पनि आफुलाई आवश्यक परे पछि मात्रै कुनै कुरा सिक्नु पर्छ, त्यसरी गरेको काम भने हत्तपत्त भुलिन्न पनि ।
ReplyDeleteधन्यबाद दिलिप दाइ! अरुभन्दा पनि यो 'ब्याक अप' चाहिँ गरौंला भन्दा-भन्दै अहिलेसम्म गर्न सकिएको छैन।
ReplyDeleteवर्डप्रेसमा डेरा सारौं भन्ने लागेको हो एकताका तर अचेल ब्लगरसंगको 'लभ' झन गाढा भा'छ। त्यसैले सरिन्न होला।
Thanks for the informative post. I have been thinking for quite some time now, to have a 'back-up' of my blog. seems, I should do it now.
ReplyDeleteGood Information For all Bloggers
ReplyDeletethanks
वर्डप्रेस बाट ब्लगरमा सर्न चाहनेको लागी भने पहिला यो कार्य केहि जटिल थियो तर हाल भने यो पनि एकदमै सजिलो भएको छ .......... तर कसरी ??????
ReplyDeleteI want to shift all my posts and articles from ametya.wordpress to ametya.blogspot . Is that possible ??? If possible then how ???
Wordpress मा गएर file export गरे .xml format मा , अनि blogspot मा गएर file import गरे , तर error भन्छ ।।। के गर्ने दिलीप दा ????
अमेत्य भाइ, ब्लगर र वर्डप्रेसको फाईल फर्म्याटमा केही भिन्नता भएकोले यस्तो हुन्छ । तर अहिले यो 'डेरा सार्न' सहयोग गर्ने धेरै तरिका छन । ति मध्य सबैभन्दा सजिलोको लागि यसो गर्नुस।
ReplyDelete१) पहिला वर्डप्रेसको टोटल पोस्ट कमेण्ट लाई export गरेर आफ्नो कम्प्य्युटरमा सेभ गर्नुस।
२) अब यहाँ गएर वर्डप्रेसको सो फाईललाई ब्लगरको फर्म्याटमा कन्भर्ट (Browse>>Convert>>Save)गर्नुस ।
३) अब ब्लगरको Dashboard हुँदै Settings>>Basic>>Blog Tools>> Import blog गरेर ब्लगरको फर्म्याटमा कन्भर्ट गरीएको फाइल अपलोड गर्नुहोस ।
There were problems importing the file. मानेन दिलीप दा ......
ReplyDelete@ Ametya!
ReplyDeleteIf Everything else fails, try this small software called
Blog 2 Blog
With very easy and user friendly GUI b2b may help you. Just fetch and publish your WP blogs in Blogger with that utility .
Good luck !