संसारको कुनै कुनामा यौटा अनौठो गाँउ थियो । त्यस ठाँउका मानिसहरु शारीरीक रुपमा अन्य स्थानका भन्दा केहि फरक नदेखीए पनि यौटा अनौठो प्राकृतिक चिन्हका कारण उनिहरु अन्य स्थानका मानिसहरु भन्दा भिन्न थिए ।
त्यहाँ जन्मने हरेक व्यक्तिको निधारमा जन्मजात नै यौटा गोलो टिका जस्तै खत हुन्थ्यो र त्यो नै त्यहाँको बिशेषता थियो । असल चरित्रका व्यक्तिको निधारमा सेतो खत हुन्थ्यो भने खराब चरित्रको व्यक्तिहरुमा त्यो खत कालो हुन्थ्यो । यसरी प्रकृतिले नै असल र खराब व्यक्तिको पहिचान गर्राई दिएकोले खराब चरित्रका व्यक्तिहरु समाजमा खुल्ला निक्लेर गलत कार्य गर्न हच्कीन्थे भने असल चरित्रका व्यक्तिहरु आफ्नो सदगुणका कारण शान्त र स्वतन्त्र हिँड्थे ।
समष्टिमा त्यो गाँउ अन्य स्थानको तुलनामा निकै शान्त , शुरक्षित र शुन्दर थियो ।
केहि समय यता त्यहाँ केहि फरक व्यक्तिहरुको प्रबेश भयो , उनिहरुको निधारमा कालो वा सेतो नभई खैरो-खैरो खत देखिन्थ्यो ।
यी खैरो खत भएकाहरु दिनको उज्यालोमा आफूलाई सदाचारीको हिमायति बताउँदै सेतो खतवालाहरु संग हिडंथे भने रातको अध्याँरोमा आफू पनि कालो खतवाला भएको बताँउदै खराब गुटसंग व्यस्त हुन्थे ।
यसरि बिस्तारै त्यस ठाँउमा असल र खराबको पहिचान गर्न गाह्रो हुन थाल्यो र बिस्तारै समाज अस्तव्यस्त हुन थाल्यो ।
हाल त्यो गाँउमा खैरो खतवालाहरुको जड यति बलियो भैसक्यो की उनिहरुले 'सेतो खत हुनेहरु नै खराब हुन' भन्ने बिचार समाजमा लादन थालीसके ।
आजकल सेतो खतवालाहरु रातमा हैन दिनमा पनि डर्राई डर्राई निस्कन्छन् , कालो खतवालाहरु पनि अचानक आएको अप्रत्यासित परिबर्तनले गर्दा रनभुल्लमा परेकाछन भने खैरो खतवालाहरुले विस्तारै पुरै गाँउलाई नै गाँज्दैछन ।
Interesting story! and sarcastic remarks to the pre-eminent segment of our society. Loved it.
ReplyDeleteVery nice . All life is black & white by Brown (sugar) – in this story I found that same like as Nepal. First it was good & now …………….?
ReplyDeleteपहिले पो सक्कली के हो, नक्कली के हो छुट्टयाउन सजिलै सकिन्थ्यो, अहिले जमाना नै यस्तो भएको छ अब के भन्ने होला, को कस्तो छुट्टयाउनै गाह्रो। मान्छेहरु देखि लिएर सर-सामानहरु पनि।
ReplyDeleteजेहोस् तपाईको लेखमा यथार्थको रस भएकोले होला,कस्तो मीठो लाग्यो! आगामी दिनहरुमा पनि रमाइलो र स्वादिलो लेखहरु पढ्न पाउँ।
यो संसार को नियम नै यस्तो छ अनि यसरी नै विकास हुँदै आइरहेको छ ।
ReplyDeleteपुराण सुन्दा एउटा कथा खुबै दोहोर्याउँछन्, पण्डितहरु:
एउटा को बारिमा रोपेको फर्सी अर्को को बारी मा गएर फलेछ । अनि त्यो फर्सी दुबैले आफ्नो हैन, तपाईको चाँहि हो भन्दारहेछन् । एउटा भन्दोरहेछ: तपाई को बारीमा फलेकोले यो फर्सी तपाइको हो, अनि अर्कोले भन्दोरहेछ: तपाँइले रोपेको भएर फर्सी तपाईँ को हो । यतिखेर सम्म सत्ययुग नै थियो रे, तपाई को तपाई को भनेर दुबैले आफ्नो हकदावी गरेनन् रे तर बिहान उठ्दा कलियुग लागेको थियो रे: अनि दुबै हानाथाप गर्न लागे रे, फर्सी मेरो हो भन्दै । एउटा भन्छ रे: मैले रोपेको फर्सी मेरो नै हुन्छ । अनि अर्को भन्छ रे: मेरो बारीमा फलेको भएर फर्सी मेरो नै हुन्छ ।
-------
जमाना यस्तै छ भनेर चित्त बुझाउनु पर्छ, अब । अब प्राय: सबैमा मैले खैरो चरित्र देख्नथालेको छु । जतागयो उतै ठिक्क, के गर्नु अहिले जतागयो त्यतै ठिक्क भएन भने बाँच्न कठिन नै छ ।
---------
* सत्य पछि कलि नआएपनि, मैले लेखेँ है !
दिपेन्द्र जी, Blogger बेदनाथ पुलामी (उमेश) जी, कलमबीर_घोताने जी र आकार जी !
ReplyDeleteकमेण्टको लागी धन्यवाद् ।
पक्कै पनि समय पनि त्यस्तै छ र केवल 'सेतो' वा 'कालो' हुनुभन्दा 'खैरो' हुदाँ बढि फाईदा हुन्छ जस्तो लाग्छ मलाई पनि ।
अनी रमाईलो पौराणिक कथा समेत राखेर विषयलाई अझ रोचक वनाईदिनु भएकोमा आकार जी लाई पून एक पटक धन्यवाद सहित!
दिलीप आचार्य
कथा धेरै राम्रो लाग्यो तर कमेन्ट नै लेख्न आएन । जे होस् मज्जाले चित्त बुझ्यो ।
ReplyDelete