दुब्लो, पातलो शरिर, उचों कद अनी हातमा यौटा लामो डोलो लौरो; टाढाबाट हेर्दा मात्रै होईन नजिकै बाट हेर्दा पनि माहात्मा गान्धिकै प्रतिरुप झै देखिने यि व्यक्तिलाई मैले देख्न थालेको करिव दुई बर्ष जत्ती भयो ।
दक्षीण भारत, आन्ध्र प्रदेशको चित्तुर जिल्लामा तिरुपातिको सडकमा यि व्यक्ति घाम-पानी, जाडो-गर्मी सधैं यहि हालतमा भेटिन्छन । यिनको जिउमा सधैं पाईपमा लगाईने सिल्भर कलर लगाईएको हुन्छ र दिनभरि जस्तो यिनि बसस्ट्याण्ड वरिपरिको सडक पेटी वा छेउछाउमा कतै यसरी नै बसेका हुन्छन् । बाटो हिड्ने मानिसहरु उनलाई हेर्छन, अनी अनौठो मान्छन् । कामको सिलसिलामा त्यो स्थानमा जाँदा-आँउदा धेरै पटक यि व्यक्तिलाई देखेर मेरो मनमा पनि कौतुहल जागेको थियो किन त्यो मानिस त्यसरि बस्छ त?।
धेरै स्थानीय व्यक्तिहरुलाई पनि सोधें, कसैले भने त्यो पागल हो, कसैले सन्कि त कसैले केवल भीखारिको संज्ञा दिए । मलाई भने त्यो मानिससंग आफै कुरा गर्ने रहर थियो। आफूलाई स्थानीय भाषा (तेलुगु) नआउने र नेपालमा हाम्रा उपराष्ट्रपतिले ‘सबैले बुझ्ने भनेर’ हिन्दि बोले पनि दक्षीण भारतमै हिन्दी अधिकांश मानिसले नबुझ्ने भएकोले ति व्यक्तिसंग मेरो सिधा कुरा हुनु त्यति सम्भव थिएन, अनी कहिले समय नमिल्ने कहिले ति व्यक्ति नै भेट नहुने भएकोले यो वार्तालाप हुन पाएको थिएन ।
यसपाली भने पून: कामको सिलसिलामा सो स्थानमा पुगेको थिए अनि समय पनि मिलेकोले यि आर्को गान्धिसंग गफ गर्न गएं । यि गान्धिले बढो मुश्किलले टुटे फुटेको हिन्दि र केहि अंग्रेजि बोले भने मैले पनि कनिकुथि जत्ती आँउथ्यो त्यत्ति स्थानिय भाषा बोलेर यिनिसंग कुराकानि गरेरै छाँडे ।
वास्तबमा यिनि पागल, माग्ने वा सन्कि होईन रहेछन। यिनि आफूलाई 'गान्धिवादि' भन्न रुचाउँछन र उनकै भनाई अनुशार विगत ३० बर्ष देखी यहि भेषमा छन। भाषाको समस्याले सबै कुरा राम्ररि नबुझे पनि उनले आफुले गान्धिलाई भेटेको र नजिकैबाट चिन्न पाएको बताए । मैले उनको यो भेष-भुषाको वारेमा सोधे पछि उनले टुटे-फुटेको अंग्रेजि र तेलुगु भाषा मिसाएर हाल कुनै पनि नेता वा मानिसहरु सच्चा गान्धिवादि नभएको बताए। सबैजनाले आफनो अभिष्ट पुरा गर्न बेला-बेलामा गान्धिको नाम लिए पनि हाल गान्धिको बाटोमा हिडंने कोहि पनि नरहेको बताए ।
आफ्नो यो भेषको बारेमा प्रष्ट पार्दै उनले अगाडी भने "म सधैं यहि भेषमा गान्धि बनेर हिड्छु, दिनमा हजारौं मानिसहरु यो बाटोबाट ओहर दोहर गर्छन र सबैले मलाई देख्छन … मलाई देखेपछि कमसेकम सबैजनालाई ति महान व्यक्तिको संझना त आउँछ …मलाई देखेर कोहि मानिसलाई गान्धि प्रति चाख जाग्यो र गान्धिको अनुशरण गर्न थाल्यो भने त्यो पनि राम्रै कुरा होईन र… ? "
उनको यो कुरा भने मलाई पनि चित्त बुझ्यो, अरु कुरा जे जस्तो भए पनि तिनलाई देखेपछि सबैले एकचोटी महात्मा गान्धिलाई पक्कै सम्झन्छन र तिनको त्यो रुपले सबैलाई सादा जिवन वाच्न अभिप्रेरित गर्न सक्छ ।
साथमा क्यामेरा थीएन तर मैले मोबाईलकै क्यामरा बाट भएपनि यिनको स्विकृतिमा केहि फोटोहरु खिचें ।
यिनको भेष-भुषा गान्धि जस्तो भएपनि यिनि महात्मा गान्धि त होईनन् नै, तर यिनको अस्तित्वले गान्धिको सम्झना गराइरहन्छ र यिनि गान्धिका ‘चलता-फिरता’ प्रचारक हुन भन्दा चाहि फरक पर्दैन ।
गज्जब रहेछन् यी बूढा बा! ठ्याक्कै गान्धीजस्ता देखिँदा रहेछन्।
ReplyDeleteअलिक गहिरिएर हेर्ने हो गान्धीका कतिपय मान्यता गलत लाग्छन् तर सादा जीवनप्रतिको उनको लगावको केहि अंश सबैमा भईदिए धेरै राम्रो हुनेथियो।
Interesting stuff! Thanks for this post.
ReplyDelete"कसैले भने त्यो पागल हो, कसैले सन्कि त कसैले केवल भीखारिको संज्ञा दिए......" भन्ने ले त यहाँ जे पनी भन्छन...वास्तबमा भन्नेहरु नै पागल हुन , मान्छेहरु सबै आफैलाई मात्र सदे सम्झछन ....अरु त सबै ....
ReplyDeleteगान्धी ले भनेर हैन गरेर देखाइदिए, बन्दूक को अघि निशश्त्र जितेर अंग्रेजहरुलाइ लखेटे त्यो उनको सहास र बुद्रिमता थियो - जीवन मा कहिले पनी दाशता र अत्याचार नसहने ति माहन मानब को समझना गर्न पाउनु पनी असल कुरा हुन ।
-"यिनको भेष-भुषा गान्धि जस्तो भएपनि यिनि महात्मा गान्धि त होईनन् नै, तर यिनको अस्तित्वले गान्धिको सम्झना गराइरहन्छ "
& Nice ending also. thanks 4 the sharing this event.
हत्तेरीका यो लाइनले मलाई धोका दियो। यो दोस्रो पल्ट पुन कमेन्ट ठेल्दैछु दीलिपजी उही पोष्टमा।
ReplyDeleteसाँच्चै नै 'हेर्दा त ठ्याक्कै देवानन जस्तो' भन्ने कुसुमेरुमालको संवादझैँ तपाईको पठनीय पोष्ट र मोबाइलको करामत पढ्दा र हेर्दा 'हेर्दा त ठ्याक्कै गान्धी जस्तो' भन्न सकिन्छ। साथीहरुले धेरै कुरा गरिसके। यी चल्ता फिरता गान्धीका प्रचारकले गान्धीको प्रचार गर्नुको अलावा के गर्दारहेछन्। मेरो मतलब विगत ३० वर्षदेखि यही भेषभूषामा देखिइदै आउनु एउटा पाटो हो। अनि त्यो पाटोलाई निरन्तरता दिनको लागि जीविकोपार्जन हुनैपर्यो। उनले के गरी जीवन चलाइराखेका रहेछन्? त्यो बारेमा पनि दीलिपजीले कुराकानी या अन्य कतैबाट पत्तो लगाउनुभएको भएमा बाँड्नुहोला है।
"धेरै स्थानीय व्यक्तिहरुलाई पनि सोधें, कसैले भने त्यो पागल हो, कसैले सन्कि त कसैले केवल भीखारिको संज्ञा दिए ।"
ReplyDeleteयहाँ कसैले पनि मान्छे चिन्दैनन् । अनि केही पृथक र सच्चा मानिस सँधै पागल ठहरिन्छ ।
मलाई लक्ष्मीप्रसाद देवकोटाको पागल कविताको याद आयो ।
ReplyDeleteटिप्पणीको लागि सबैलाई धन्यवाद्।
ReplyDeleteअहिलेको समाजमा केहि पृथक हुन खोज्नु आकारजीले भन्नु भएजस्तै पागल बन्नु नै हुन्छ ।
अनी कैलाशजीको कौतुहलको सम्बन्धमा भाषाको अप्ठेरोले सबै कुरा नगरे पनि यिनि घर परिवार भएका हुन भन्ने सुनेको हो ।
साथै यिनले कसैसंग मागेको मैले देखेको छैन, तर कसैले पैसा आदि दिएमा भने आफूसंगै बोकेर हिडंने 'मटका' (सायद फोटोमा पनि देखिन्छ)मा हाल्न लगाँउछन । अनी त्यो संन्यासि खाले जिवनलाई खासै खर्च पनि नचाहिएला की!।
रोचक लाग्यो, गान्धी स्वरुपका भलाद्मी पुरूष र तिनमा तानिएका तपाईँका आँखा दुवैप्रति । हरेकले आ-आफ्नो स्थानबाट समाजलाई योगदान दिने हुन् । ती नयाँ गान्धीको सोच पनि त्यस्तै सकारात्मक रहेछ । मानवको नाममा सालिक भएर बस्नुभन्दा कसैको आवरणमा भए पनि सत्सन्देश बाँड्नु महान् अभियान हो । गान्धीस्वरूपमा सडक र चौकमा बसेर मान्छेहरूका आँखामा गान्धीप्रति चाख जगाउने र अनुसरणको भाव जगाउने तिनको अभियानबाट आजका हामीले धेरै सिक्न सक्छौँ । तिनको मङ्गल होस् । तिनीमार्फत सन्देश दिने तपाईँ पनि आभारको पात्र हुनुहुन्छ ।
ReplyDeleteतपाईको बिचार आफ्नो भावनात्मक रूपले मेरो मगजको एक कुनामा ठाउँ जमाएको छ|केही यस्ता प्रयास हरुले पाईला सार्दै जाउन|
ReplyDelete