यौटा लामो दूरीमा चल्ने बस सडकबाट निकै तल खोलामा खसेर दूर्घटनाग्रस्त भयो । बसका सबै यात्रीहरुको मृत्यु भएको खबर फैलियो । टिकट काट्नेहरुको नाम जाँचेर हेर्दा देशका एकजना लगनशील लेखक पनि त्यो दूर्घटनामा परेको खबर खुल्यो ।
तुरुन्तै सबैतिर सोकसभाहरु आयोजना भए । पत्र-पत्रिकामा उनका बारेमा प्रशंसाले भरिएका लेखहरु छापिए । उनले गर्दै रहेको साहित्य सेवाको सबैतिरबाट प्रशंसा गरियो र साहित्यको क्षेत्रमा अपूरणीय क्षति भएको घोषणा गरियो ।
यौटा सामाजिक संस्थाले स्वर्गीय लेखकको सम्मानको लागी उनको यौटा सालिक बनाउने कुरा उठायो । अर्को यौटा निर्णायक मण्डलले उनलाई मृत्युपर्यन्त विशेष पुरस्कार दिने निर्णय सुनायो । विभिन्न पत्र पत्रिकाहरुमा पहिले पन्छाईएका उनका लेख रचनाहरु नामको अगाडि 'स्व' लेखेर धमाधम छापिन थाले ।
त्यत्तीकैमा एकदिन मृत घोषित लेखक जिउँदै घर फर्के। दूर्घटनाग्रस्त बस हिड्ने समयमा 'बस स्टप' पुग्न नभ्याएकोले बस छुटी आफू बचेको कुरा उनले सार्बजनिक गराए ।
त्यसको तुरुन्तै शालिक बनाउन अग्रसर संस्थाले ‘जिउँदै व्यक्तिको शालिक बनाउन हुँदैन’ भनेर शालिक बनाउने योजना रद्द गर्यो । पुरस्कार दिन तम्सने निर्णायक मण्डलले पनि अर्कै स्वर्गीय प्रतिभालाई पुरस्कार दियो । उनका लेख रचनाहरु पत्रिकामा छपाउन सम्पादकहरु पुन: अन्कनाउन थाले ।
यसरी मृत्युको खबरले प्रसिद्ध भएका लेखकको चर्चा बिस्तारै हराउँदै गयो र उनको जिउँदो अस्तित्व फेरी भिडमै बिलायो ।
(मधुपर्क – लघुकथा अंक २०५६)
यथार्थपरक र समसामयिक कथा छ। कुनै कविले लेखेका छन्,
ReplyDeleteबाँचुञ्जले खान नपाई चाऊरी परे गाला
मरेपछि कविका लाशमाथि-
बर्सन्छन् फूलका माला
यस्तै भाव दिन सफल छ यो लघुकथा पनि।
एउटा कुरा दिलिप दाइ, यो 'मृत्युपर्यन्त'ले 'नमरुञ्जेलसम्म' भन्ने बुझाऊँछ हैन र? 'मरेपछि' भन्ने बुझाउनलाई त 'मरणोपरान्त' ठीक होला।
म गलत पनि हुनसक्छु।
यथार्थ यही हो, नेपाली साहित्यकारहरु को ।
ReplyDelete*मरणोपरान्त नै सहि ठहर्छ, मृत्युपर्यन्त भन्दा !
बसन्त जी, आकार जी !
ReplyDeleteप्रतिक्रिया र गल्ति औंल्याईदिनु भएकोमा धन्यावाद् । यहा 'मरणोपरान्त' नै सहि हो । (मेरो त ध्यान पुगेन-पुगेन, मधुपर्कका सम्पादक मणडलको त ध्यान पुग्नु पर्ने हो! खै सबै उस्तै रहेछन)
यसलाई पछि सच्याउँला (अहिले सच्यायो भने तपाइहरुको कमेण्ट बेमेल देखिन्छ)।
धन्यवाद्।
Derai ramro- yo chaahi kura sahi garnu bho . jiudo hunjel nana bhati bhanne ani mare pa6i ...yestai 6 yahako chalan????
ReplyDeletebhan6an ni ! ' mareko baaulaai -.....khaau babu ...ra' bhane jasto .
tito yathaar tha....
लघुकथाहरु राम्रा , चोटिला लाग्छन् तपाईंका यो पनि साह्रै मन पर्यो ।
ReplyDeleteDilip ji,
ReplyDeleteNamaskar.Tapaiko lagu katha chhota ra mitha ani padhna layekchhan.Please keep it up.
... र उनको जिउँदो अस्तित्व भीडमै बिलायो ।
ReplyDeleteखाँट्टी हाम्रो खिरिलो संस्कारलाई सटीक कथानकमा ढाल्नुभएछ । असाध्यै चित्त बुझ्यो । नेपाली ढाँचाको मानमनितो शैली काटीकुटी यही नै भइआएको छ । कथा पढिसक्दा यस्तो लाग्यो, हाँसोउठ्दो विडम्बना । यहाँको विडम्बना यही हो । बाँचुन्जेल केही पाउनु छैन, मरेपछि शेष नागको जिब्रो फाट्ने बयान र जब्बर सालिकले पनि थाम्नै नसक्ने माला ! यही कुरालाई अलि पल्टाएर झन् यो दरिद्र संस्कारको पर्दाफास गर्नुभएछ ।
र हामी अद्यापि लेखिरहेछौँ । सायद त्यही बाटोमा सम्मान थाप्नलाई...।