पहिला यौटा कथा:
ओशोको कुनै किताबमा पढेको थीएँ :-
तीनजना ध्यानीहरु एकान्तमा बसेर ध्यान गर्न भनेर कुनै जंगलमा गएछन । अनी जंगलमै आसन जमाई मौन ध्यानमा मस्त डुबेछन । त्यस्तैमा करिव छ महिना बितेछ । छ महिना पछि एकदिन उनिहरु ध्यान गरिरहेको स्थान नजिकै यौटा बाघ आएछ। बाघ एकैछिन उनिहरुको वरिपरि घुमेर कसैलाई केहि नगरी फर्केछ ।
त्यसको करिव छ महिना पछि तीनजना मध्यका एकजना ध्यानीले भनेछ: “वाह! कत्ति शुन्दर बाघ थियो! ” । त्यसको करिव एक बर्ष पछी दोस्रो ध्यानीले भनेछ: “धेत्! त्यो कहाँ बाघ हुनु, त्यो त चितुवा थियो” । अनी त्यसको छ महिना पछि तेस्रो ध्यानीले भनेछ: “तिमिहरु दुई जना कत्ती हल्ला गरिरहेको, तिमिहरु यस्तै वक-वक गर्ने हो भने म अन्तै गएर ध्यान बस्छु …… ”
अब मेरो कुरा:
अघिल्लो हप्ता करिव करिव माथिको रुपक जस्तै घटना आफैंसग घटेकोले यो यहा राख्दैछु:
म रेलमार्गद्वारा चेन्नईबाट हैदराबाद जाने क्रममा थिएँ । ट्रेन करिव साँझको सवा छ बजेतिर हिंडने भए पनि आफ्नो खराव आदत का कारण म करिव साढे पाँच बजे नै रेल्वे स्टेशनमा पुगीसकेको थिए । एकैछिनको सोध-खोज पछि म आफ्नो ट्रेन र आफ्नो डिब्बा पत्ता लगाएर त्यसतर्फ लागें । यौटा क्याबिनमा चार जना चढने/सुतने ब्यबस्था भएको मेरो क्याबिनमा म भित्र छिर्दा, एकजना म भन्दा पनि ‘खतरनाक समयनिष्ठ’ करिव ५०-५५ का व्यक्ति पहिलै आफ्नो बर्थमा आराम गर्दै थीए ।
म बिस्तारै स्लाईडिङ ढोका खोलेर भीत्र छिरें, ति व्यक्तिले आफ्नो सहयात्री को परेछ त! भन्ने मनोभावका साथ मलाई पुलुक्क हेरे, अनी अभीवादनको सबैभन्दा छोटो तरीका अपनाएर हल्का मुस्कुराए । मैले भने उनको भन्दा लामो तरिका अपनाएर “हेलो!” भनें। उनी पनि करिव करिव म जस्तै छिट्टै अपरीचित संग खुल्न नसक्ने खालका परेछन, एक्कैछिन मुख हेराहेर र मुस्कुराउने उपक्रमहरु चलेपछि उनी साथै ल्याएको यौटा पत्रिका पढनमा थाले । म आफ्नो साथमा भएको सामानहरुलाई उचीतस्थानमा मिलाएर राख्न थालें ।
करिव आधा घण्टाको समय यसरि नै कहिले मुखामुख गर्ने, कहिले पत्रिका पढने त कहिले आ-आफ्नो फोनमा व्यस्त हुँदैमा बित्यो । चार जनाको क्याबिनमा बाँकि दुईजना भने अझै आईपुगेका थिएनन् ।
ट्रेन चल्न करिव ५ मिनेट जत्ती बाँकि हुँदा हाम्रो क्याबिनको ढोका फेरी खुल्यो, करिब बाह्र घण्टाको यो सफरमा अर्को सहयात्री को रहेछ भन्ने उत्सुकताबस भित्र रहेका हामि दुबैजनाको नजर एक्कै चोटि आफ्नो क्याबिनको ढोकातर्फ गयो। त्यहा एकजना करिव करिव मेरै उमेरको (अर्थात ३५-३६ बर्षको) व्यक्ति देखा परे । “हेलो!”, मेरो अभिवादनको तरिका यसपटक तिनले प्रयोग गरे र एक्कै शब्दले भित्रका दुईजनालाई हेरेर छोटो सामुहिक औपचारीकता पुरा गरे, अनि भित्र रहेका हामि दुईजना मुस्कुरायौं मात्रै ।
एकैछिन उनी पनि आफ्नो सामानको राखन- धरनमा व्यस्त भए । त्यत्तिन्जेल हामी फेरि पुरानै उपक्रममा रह्यौं। म सोच्दै थिए; यि तेस्रो व्यक्ति सायद हामि दुईभन्दा केहि “ओपन” छन की, तर मेरो अन्दाज त्यतिबेला गलत निक्लियो जब त्यो तेस्रो व्यक्ति पनि झोलाबाट पोल्टे कम्प्युटर निकालेर त्यसमै रम्न थाल्यो । हुन त रातको सफर थियो र एक रात सुतेपछि बिहान गन्तव्यमा पुगिन्थ्यो । त्यहा दिनको सफरमा जस्तो टाईमपास गर्नै पनि गफगाफमा रम्नुपर्ने स्थिति थिएन, तैपनि हाम्रो क्याबिनका तिनैजना सायद पहिलो भेटमै छिट्टै खुल्न नसक्ने परेछौं क्यार त्यसैले छिन छिनमा मुखा-मुख हुँदा हास्ने वा ङीच्च दाँत देखाउने बाहेक त्यहा कुनै वार्तालापको सम्भावना देखिएन ।
रातको करिव ८ बजेतिर खानाको अर्डर लीन एकजना आईपुगे, मैले आफ्नो खानाको अर्डर दिएँ र क्याबिनका दुबैजनालाई प्रश्नवाचक नजरले हेरें। भारतियहरु प्राय: सफरमा हिड्दा घरबाटै खानेकुरा लिएर हिडंने गर्छन, दुबैले मेरो नजरको ईशारा बुझे र “घरबाटै खानेकुरा लिएर आएको छ” भने। बस त्यस पछि एकैछिन म पनि आफ्नो पोल्टे कम्प्युटर निकालेर चल्न थालें।
साढे आठ बजेतिर खाना आईपुग्यो, मेरो खाना आएपछि उनिहरु दुईजनाले पनि आ-आफ्नो झोलाबाट खानेकुरा निकाले र तिनजना तीनतिर बसेर खाना खान थाल्यौं ।
खानापछि पनि एक-दुई पटक मुखा-मुख र दन्तलहरको प्रदर्शन बाहेक कसैको कसैसंग भलाकुसारी भएन ।
रातको नौ बजे तिर ति पहिलो यात्री ओढने ओढेर सुते भने अर्का व्यक्ति, (जो अझै पनि कम्प्युटरमै व्यस्त थिए) ले मलाई “ If you want to sleep, you can turn off the light!” भने । अनी एकैछिन पछि मैले पनि बत्ती नीभाएर ओछ्यान तताएँ ।
बिहान करिव साढे सात तिर ट्रेन रोकीयो । “…Well… we reached…” भन्दै ति ५०-५५ का व्यक्तिले हामिलाई गन्तव्यमा पुगेको ईशारा गरे अनी “Bye! bye!” भनेर उनले हामि दुबैसंग हात मिलाए र ट्रेनबाट उत्रे । हामि दुई पनि अनायशै एक-अर्कासंग हात मिलाएर उत्रने उपक्रममा लाग्यौं ।
प्राय: छोटो यात्रा मा म पनि त्यतिसारो बोलिँदैन । छोटो भन्नाको मतलब चक्रपथ को यात्रा जस्तो यात्रामा प्राय बोलिँदैन ।
ReplyDeleteतर लामो अर्थात दिनभरिको जस्तो यात्रा छ भने चाँहि अरुसँग पनि बोलचाल हुन्छ । हुन चाँहि, म आफैँ भने कुरा गर्न अघि सर्दिन, अरुले नै औपचारिकता का साथ कुरा सुरु गर्यो भने चाँहि गफ गर्न थालेपछि बाटो कटेको पत्तो हुँदैन ।
गजबको यात्रा परेछ। मलाई पनि टाईम पास गर्नको लागि मात्र गरिने कुराकानीबाट अत्यास लाग्छ। बसाइ (लेटाइ)अरामदायी भए आँफै सँग डुब्नको मजा पनि खूब मिठो हुन्छ।
ReplyDelete'न आफुले अरुलाई लगाउनु न अरुले आफुलाई लगाउन दिक्क
ReplyDeleteगफै त हो नि को यो संसारमा राम्रो हुन्छ कुरा गरेकै ठिक्क ।'
मलाई पनि यस्तै लाग्छ तर लामो यात्रा हुँदी त बोर नै हुन्छ है ।
यात्राम त ध्यान गर्ने भन्दा खुलेरै कुराकानि गर्ने मान्छे मन पर्छ मलाइ त । हुन त सहयात्रीले नचाहेमा त के गफगाफ् नै गर्न सकिन्छ र? त्यो यात्रुहरुमा भर् पर्ने कुरा हो ।अनि दिलिपजिको रमाइलो यात्राको वास्तबिक कथा रोचक् लाग्यो । अर्को पटक् चाहि ओशोको जस्तो हैन कि मि. बिनको जस्तो ठटयौलि यात्राको लेख पढन पाइयोस ल।
ReplyDeleteदिलीप जी : - प्राय : गफ नै गरेर यात्रा गर्न मज्जा आउछ र रमाइलो पनी तर के गर्नु सिकारु जी ले भने झै सहकर्मी मित्र ले नचाहे के नै लाग्छ र !
ReplyDeleteअनि मलाई त त्यस्तो गफ गर्ने मित्र भएनन भने रमाइलो वा सेन्टीमेन्टल गीत सुनेर यात्रा गर्न मन पर्छ र आनन्द पनी लाग्छ ।
वाइयात कुरा गरेर पकाउने मान्छे भन्दा त यस्तै यात्रा रमाइलो !!!
ReplyDeletetyo bagh ko katha sanga ke sambhanda cha?
ReplyDeleteदिलीपजी तपाइको यात्राभरमा मैले एउटा कुरा के देखे भने नी तपाइँहरू नबोलेर पनि धेरै जसो समय बोले सरह नै बस्नु भएछ । तपाइलाइ त सायद फुर्सदनै भएनहोला चुपलाग्न, किन थाहा छ? उनिहरूको बारे सोचेर अाफैसँग गफ गर्दै फुर्सद भएन नी।
ReplyDeleteटिप्पणीको लागी सबैलाई हार्दिक धन्यबाद् ।
ReplyDeleteअब Anonymous जी ले सोध्नु भएको बाघको कथासंगको सम्बन्धको बारेमा भने, तीन जना एउटै कोठामा त्यत्तीका बेर बसेर पनि २-३ वाक्य भन्दा कुरा नभएकोले मैले प्रसंगबस त्यो रुपक यहा राखेको मात्रै हो ।
कृ्ष्ण जी भने केहि हदसम्म सहि हुनुहुन्छ, किनकी मुखले नबोले पनि मन त सबैको बीभिन्न कुरामा व्यस्त नै थियो ।
उदेकलाग्दो प्रसङ्ग भए पनि सामान्यीकरण गरेर हेर्नु नै आजको समयको कार्यव्यापार हामीले बनाउनु परिरहेछ । सँगै ध्यान गर्न बसेकाको त लौ तैविसेक कुरो अर्कै भयो । तिनको मौनता र अभिव्यक्तिमा पनि विषमताको ठूलै भड्कारो पचाउन सकिएला । तर फेरि अर्कोतर्फ, ध्यानीलाई त्यतिसम्म छुट दिन नमिल्ला पनि । यता हामी 'आधुनिक' ट्याग बोकेका मानिसको चर्तिकला पो गजब लाग्यो । तपाईँको मौन ट्रेन यात्राले आजको मतलबी दुनियाँको 'उज्यालो' पाटो सर्लक्कै बोकेर ल्याएको छ । न त तपाईँको बोली फुट्यो, न त उनीहरू नै मस्किए । आफन्तीको माझमै पनि आजकाल मौनताको बाक्लो धर्सो हुन्छ, विरानो ठाउँमा पराइ अनुहारबीचमा घुलमिलको कुरा त सपनाको कुरा बन्छ । जे होस् यो टाँसो पढ्दा यो जगत् कति आत्मकेन्द्रित भएछ भनेर मानवताको पङ्खा आफूभित्र जोरले चल्यो है ।
ReplyDelete