हिन्दू शास्त्र, पुराण आदिमा कालको भेद र बिभाजनको आफ्नो छुट्टै गणनाहरु छन । हाम्रो शास्त्रले सृष्टि देखिको काल गणनालाई सत्य, त्रेता, द्वापर र कलि गरी चार युगमा बिभाजन गरेको छ र हरेका युगको भोग्यकाल पनि निश्चित गरेको छ । तर हाम्रै वैदिक बाङ्गमयमा फेरि यो चार युगको बारेमा भिन्नै अबधारणा भेटिन्छन् र यी चार युगहरुलाई निश्चित समयको सिमा भित्र नराखि मानव चेतनाको अग्रगमन वा चेतनाको बिकाससंगै गाँसिएको पाईन्छ । जस अनुशार कुनै पनि समय सिमा वा समयान्तर कुनै यौटा निश्चित युग बिशेषको दायरा भित्र पर्दैनन् ।
वैदिक मान्यता अनुशार बास्तवमा युगको अवधारणा नितान्त वैयक्तिक र सापेक्षिक हुने गर्दछन र यीनलाई समय सिमाङ्कन गरेर कुनै सिमा भित्र राख्न मिल्दैन । बास्तविकता के हो भने कुनै यौटा समय सिमा भित्र माथी उल्लेखित मध्य कुनै यौटा वा चारै युगहरु एकै चोटी घटित भई रहेका हुन सक्छन र भिन्न भिन्न व्यक्तिहरु एकै समयमा पनि आ-आफ्ना चेतनाका स्तरका अधारमा बिभिन्न युगमा रहेका हुन सक्छन । युगको परिभाषा समयको सिमाङ्कन भन्दा चेतनाको बिस्तारसंग बढि सम्बन्धित छन र यो सापेक्षीक आयामको कुरा हो ।
बास्तबमा अर्ल्वर्ट आईन्सटाइनको सापेक्षबादको सिद्धान्त जस्तै गरी हाम्रो युगको सापेक्षीक बिभाजनलाई पनि पनि बुझ्न सकिन्छ । संसारभरिका सम्पूर्ण चलायमान वस्तुको गति समयद्वारा मापन गरिन्छ, तर समयको पनि आफ्नै गति हुन्छ र यो पनि सापेक्षीक रुपमा कसैकोलागी ढिला र कसैको लागी चाँढो चल्छ। सो कुरालाई आईन्सटाइनले यौटा रमाईलो उदाहरण द्वारा प्रतिस्थापन गरेका थिए ।
छोटकरिमा सो सिद्धान्तका अनुशार यौटी शुन्दर स्त्रि संग बिताएको एक घण्टाको समय, आगोको रापको नजिकै बसेर बिताएको एक घण्टा भन्दा सापेक्षीक रुपमा एकदमै छोटो हुन्छ । त्यसैगरी जत्ति जत्ति परिस्थिती विपरित हुदैं जान्छ त्यत्ति नै सापेक्षीक रुपमा त्यस परिस्थितीमा बस्ने मानिसको लागी समयको गति ढिलो हुने गर्दछ ।
जसरी माथीको उदाहरणमा एक घण्टाको यौटै समय सिमा एकजनाको लागी निमेष भर मै बित्छ भने अर्को व्यक्तिको लागी प्रत्यक निमेष एक घण्टा समान हुन सक्छ । यसै गरी अहिले कै समयमा पनि फरक फरक मानिसहरु फरक फरक युगको आयाममा रहेका हुन सक्छन ।
बास्तबमै शास्त्रमा वणिर्त चार युगहरु कुनै समय सिमा वा निश्चित बर्षसंख्या भन्दा साच्चै नै मानव चेतनासंग बढि सम्बन्धित छन । यौटै समयमा कुनै मानिस कलि युगमा रहेको हुन सक्छ भने त्यहि समय र त्यहि स्थानमा अर्को कुनै मानिस त्रेता, द्वापर वा सत्य युगमा बिचरण गरी रहेको हुन सक्छ ।
ऐतरेव ब्राहृमणको यौटा सूत्रले यसलाई प्रष्ट पार्छ । ऐतरेव ब्राहृमणमा यौटा श्लोक छ:
कलिः शयानो भवति संजिहानस्तु द्वापर ।
उतिष्ठंस्त्रेता भवति कृतं संपद्यते चरन ।। चरैवेति । चरैवेति ।।
यो सुत्रले चार युगलाई समय सिमा नभई मानविय चेतनाको आधारमा विभाजन गरेर एकदमै वैज्ञानिक व्याख्या गरेको छ । यस श्लोकका प्रत्यक हरफ यौटा सुत्रको रुपमा रहेका छन् । पहिलो सुत्र: कलिः शयानो भवति; अर्थात सुत्ने मानिस सधै कलिमा नै बिचरण गरी रहेको हुन्छ । मतलव, जो चेतन जगतको आयामसंग अनभिज्ञ छ, उ चाहे जुनसुकै समयमा रहेपनि कलि युगकै प्रभावमा हुन्छ ।
यहि श्लोकको दोस्रो सुत्रले भन्छः संजिहानस्तु द्वापर । अर्थात जो व्युझँन्छ वा जो चेतन जगत प्रति जागरुक हुन्छ र जसलाई यो स्थूल संसार वाहेक अर्को जगत पनि छ भन्ने ज्ञान हुन्छ त्यो द्वापर युगमा प्रवेश गर्दछ ।
उतिष्ठंस्त्रेता भवति; मतलव जव कुनै व्यक्तिलाई चेतन जगतको अस्तित्वको ज्ञान हुन्छ तब उ त्यस जगतको खोजको लागी खडा हुन्छ । तब उ त्रेता युगमा प्रवेश गर्छ ।
अन्तिम सुत्र छ: कृतं संपद्यते चरन ; अर्थात चेतन जगतको खोजको लागी जुन मानिस यात्रा शुरु गर्छ तब उ जुनसुकै समयमा भए पनि सत्य युगमा प्रवेश गर्छ । किनकी जो मानिसलाई स्थुल जगतको क्षण भंगुरता, यसको नाशवान सुख आदिको ज्ञान हुन्छ त्यस पछि कोहि पनि यसै जगतसंग लिप्त रहेर बस्न सक्दैन । त्यस्ता व्यक्तिलाई यस मिथ्या जगतको कुनै पनि बस्तुले आर्कषण गर्न सक्दैन, आर्कषण नभए पछि कामना जाग्दैन र कामना रहित मानिस बाट कुनै पनि पापकर्म सम्भव नै हुदैंन । यसरी पापकर्मबाट रहित भई मानिस सत्यमा रमण गर्छ ।
तर जो सुसुप्त छ, मुर्छित छ र यहि स्थुल जगतलाई नै सम्पूर्णा ठान्दछ उसमा काम, क्रोध,लोभ,मोह सबै हुन्छन र त्यस्तो व्यक्ति जुनसुकै काल खण्डमा पैदा भएपनि वा रहेपनि त्यो कलि युगमै रहेको हुन्छ । यसरी चैतन्यको ज्ञान नहुदांसम्म मानिस जुनसुकै काल खण्डमा पैदा भए पनि कलि युगकै आयाममा जिउँछ भने जो चेतन जगतको खोजमा लाग्छन तिनीहरु द्वापर, त्रेता हुदैं स्वर्ण युग अर्थात सत्य युगमा प्रवेश गर्छन ।
वास्तवमै यौ यौटै श्लोकको सुत्रले "युग" को अवधारणलाई प्रष्ट पारीदिन्छ । कलि युगमा केहि पनि हुदैंन वा सबैकुरा खराव हुन्छ भनी समयलाई दोष दिने प्रबृतिलाई यहि क्रान्तिकारी सुत्रले पाखा लगाइदिन्छ । साधनापथमा अग्रसर हुनेलाई कुनै समय सिमा वा कुनै काल खण्डले असर नगर्ने कुरा यसैले प्रष्ट्याउँछ र बास्तबमै यो संसारमा साधक लाई सधैं सत्य युग र प्रमादिलाई सधैं कलियुग रहदैं आएको छ । त्यसैले सुत्रको अन्तमा दोहर्याईएको छ चरैवेति । चरैवेति ।। अर्थात हिडदैं गर्नु , हिडदैं गर्नु । किनकी हिडनुं खोजिको प्रतिक हो । यसरी खोजिमा हिडेपछि साधक काल्पनिक समयाङ्कन को कृतिम युगबाट सापेक्षीक र बास्तबिक चेतनाको युगमा प्रबेश गर्दछ । अनि जति जति साधना चल्दै जान्छ मानिस त्यति त्यति नै सत्य युगको खुडकिला पार गर्दै जान्छ ।
काल्पनिक समयाङ्कन र कृतिम युगको समय सिमाले कुनै पनि मानिसलाई अगाडि बढनबाट रोक्दैन । रोक्छ त केवल आफ्नै प्रमाद, आलस्य र नकारात्मक दृष्टिकोणले । बास्तबमा प्रमादबाट जाग्नु नै यात्राको शुरुवात हो किनकी जागे पछि उठिन्छ, उठेपछि हिडिंन्छ र हिंडे पछि लक्षमा पनि अवश्य पुगिन्छ ।
यसरी माथीको सुत्र बास्तवमै क्रान्तिकारी मात्रै नभई वैज्ञानिक पनि छ , जसले युग सम्बन्धि पारम्पारीका बिचारलाई सिधै चुनौंति दिदैं मानवमात्र लाई यहिं र अहिले नै सत्य युगमा प्रवेश गर्न प्रेरणा दिन्छ ।
सत्य युग बास्तवमै हजारौं बर्ष वा अनेकौं जन्मको प्रतिक्षा पछि आउने समय वा कालखण्ड होईन, माथीको सुत्रले यहि कुरा इगींत गर्छ । कालको अन्तराल र समय चक्रको परिवर्तनले सत्य युग आउँदैंन बरु साधनाको गति र चेतनाको विस्तार संगै हामीनै यसमा प्रवेश गर्नु पर्छ । सत्य युगमा पर्दापण गर्न अनन्त जन्मको प्रतिक्षाको आवश्यक्ता छैन । जरुरत छ त केवल व्युझने, उठने र हिडने, तबसम्म, जबसम्म सत्यको स्वर्णद्वार सम्म पुगिन्न । त्यसैले चरैवेति । चरैवेति ।। सत्य युग यहिँ र अहिले नै छ ।
दिलीप जी -तपाईको लेखाईले जनाउछ तपाई एउटा -प्रखर व्यति हुनुहुन्छ - जो संग प्रसस्त आध्यात्मिकता, र लेखकीय समालोचना रहेको छ - सरल र सहज भाषाको । साचै पढ्दा मलाई निकै आत्मासन्तुष्टीको अनुभूति भयो ।
ReplyDeleteनिकै बौदिक खुराक ! म आउदा दिनहरुमा यस्तै अचारहरुको अपेक्षा मा रहने छू ।
नव वर्ष २००९ को उपलक्ष मा तपाई लगायत तपाईको परिवार को शु-स्वास्थ्य , प्रगति र दिर्घायुको कामना गर्दछू र नेपालमा छिटै लोडशेडिंङको समस्या सावधान होस भन्ने कामना पनी गर्दछू ।
चरैवेति । चरैवेति ।।
अद्योपान्त पढेपछि त्यो सत्य युग सँग पो अल्मलिएँ म त । संसारमा अनेक अवस्था र स्थितीमा गुज्रिरहेको समाज छ ब्याक्तिहरु छन , कुन अवस्थाको समाज वा ब्याक्तिलाई उदाहरण दिने सत्य युगमा रहेको भन्नुपर्दा ?
ReplyDeleteगहन अध्यात्मको सरल-सुबोध प्रस्तुति!
ReplyDeleteIndeed a brainstorming article! I agree with your thoughts. Thanks for posting it.
ReplyDeleteअध्ययन बेजोडको छ। यहाँ त सस्क्रित को पनि
ReplyDeleteहस्ती हुनुहुदो रहेछ। यो एउटा प्रखरता को प्रतिक हो।
शहज र सरलता नदी झै बगेकोछ। नयाँ बर्ष २००९ को
शुभकामना।
सर्ब प्रथम त नया बर्षको शुभकामना सहित सबै टिप्पणीकर्ता ब्लगर मित्रहरुमा धन्यवाद पनि ज्ञापन गर्न चाहन्छु ।
ReplyDeleteदीपक जी, यो सत्ययुगको कुरा गर्दा यो व्यक्ति पिच्छे पूर्ण सापेक्षीक हुने हुनाले कुनै यौटा समाज पुरै यो युगमा बिचरण गरिरहेको हुनु भने त्यत्ती सम्भव हुँदैन जस्तो लाग्छ। तर कुनै पनि समाजमा रहेका व्यक्ति वा व्यक्तिहरु भने पक्कै हुनसक्छन।
व्यक्तिगतरुपमा भने त्यस्ता केहि व्यक्तिहरुलाई म चिन्छु, तर वहाहरु 'सामाजिक व्यक्तित्व' नभएकाले यहा नाम लिएर सायद कसैले नचिन्नु होला। त्यसबाहेक अहिले मेरो मनमा तुरुन्तै आएको नाम भने राम बहादुर बम्जन हो। उनलाई तथाकथित यो "घोर कलि" ले कुनै असर गरेको छैन (तर सत्य युगमा छिर्न घरवार छाडनै पर्छ भन्ने मेरो आशय चाहि होईन है)।
बिमल जी, म संस्कृतको ज्ञात होईन है। वैदिक दर्शनतर्फ अलिकता चाख रहेकोले आफूलाई रुचिकर लागेका कुराहरु भने कनिकुथि पढेर सम्झनाका लागी कण्ठ गर्ने गर्छु ।
साधारणतया दैनिक गतिबिधि वा अन्य समसामयिक बिषय बस्तु मात्रै लेखीने ब्लगमा यो यौटा प्रयास गरेको थिए, तपाईहरुको हौशलाले उत्साहित भएको छु ।
Happy New Year!!
Let the world be heaven
ReplyDeleteNo hell
No criminal
No jail
Joy and Peace
No fear
May dream come true
HAPPY NEW YEAR