आजकल मलाई हामी नेपालीहरु राजनैतीक रुपमा मात्रै हैन, धार्मिक, सांस्कृतिक वा वौद्धिकरुपले पनि चाहिने भन्दा बढि ज्ञानी, बढि जानकार र बढि विज्ञ भएको जस्तो लाग्न थालेको छ । अनी त्यहि जानकारै जानकार मिलेर देश चलाउन लागेकाले देश पनि “Too many chefs spoil the broth” भने जस्तै सबैको आ-आफ्नै अद्वितिय सोच लादने चाहनाका कारण ‘ऊँट’ बन्ने बाटोमा छ ।
पशुपतिलाई समेत गणतान्त्रीक बनाउन खोज्ने महा अभियान करिव करिव असफल हुन लागेको समाचार संगै, यो हप्ता फेरी अर्को यौटा युगान्तकारी परिवर्तनको लागी मन्त्री परिषदले स्वीकृति दिएको समाचार पनि छापामा छाएका छन ।
कुरा हो ऋतुसँग तालमेल मिलाउन अर्को बर्षलाई ११ महिने गर्न लागीएको बारे । हुन त म खगोल विज्ञान, पञ्चाङ्ग वा ज्योतिष विद्याको जानकार होईन, तैपनि यस बिषयमा ‘ले-म्यान’को धारणा भने राख्दैछु ।
कुरा अब शोध, अध्ययन वा छलफलको रहेन, ज्ञाताहरुले आफ्ना ज्ञानका भारी बिसाईसके र स्विकृतिकर्ताहरुले पनि लालमोहर लगाईसके, अब जनता जनार्दनले केवल आदेश पालना मात्रै गर्न बाँकि छ । तपाईहरु कसैले यदि थाहा पाउनु भएको छैन भने सुन्नुहोस २०६६ सालमा जम्मा ११ महिना मात्रै हुनेछ अनी २०६६ सालको चैत्रलाई रद्द गरेर त्यसलाई २०६७ को बैशाख बनाईएको छ।
यो अत्यन्त जरुरी र अहिल्यै नगरी नहुने अत्यावश्यक महत्वको बिषय भएकोले यसबारेमा न कुनै बहस गराईयो, न कसैको मत बुझियो, न कसैलाई आफनो कुरा राख्ने मौका नै दिईयो, बस ‘चट सुझाव पट स्वीकृति’ ।
यो युगान्तकारी कार्यको एउटै फाईदा भनेको यसबाट ऋतुसँग तालमेल मिल्छ रे !। हुन त यसरी क्यालेण्डर परिवर्तन गरे त्यसले संस्कार, चाडपर्व, जात्रा, रीतिरीवाजलगायत ज्योतिषीय फलादेशमा समेत गम्भीर असर पर्ने भनि नेपाल ज्योतिष परिषद्ले यसप्रति आफ्नो धारणा व्यक्त गरीसकेको छ, तर यौटा सामान्य मानिसको हिसाबले मैले बुझ्न नसकेको कुरा के हो भने। यो तालमेलको यस्तो बिध्न जरुरत के भयो अहिले?। कतै यो पनि क्रमभंग कै मोहमा हुन लागेको द्रुत निर्णय र दीर्घ समस्याको शुरुवात त हैन! ।
अब यो निर्णय लागु भएपछि २०६६ सालमा फागुन महिना पछि चैत्र महिना नआई २०६७ सालको बैशाख महिना हुने छ । अनी चैते दशैं बैशाखमा, विजया दशमी कार्तिकमा, तिहार मंसिरमा र यस्तै गरी सबै चाडपर्वहरु आभासी रुपमा अहिलको भन्दा १ महिना पछाडि सर्ने छन । तर यसले दैनिक जन-जिबनमा केहि जटिलता ल्याउने बाहेक कुनै ‘फूल फुल्ने’ सम्भावना मैले त केहि देख्दिन् ।
फेरी जुन समुह वा ज्ञाताहरुको टोली यो परिवर्तनकोलागी लागीपरेकाछन उनिहरुकै अनुशार पनि विगतका १ हजार ६ सय ५६ वर्षयता यो क्यालेन्डरमा परिवर्तन भएको छैन रे। मतलब यो डेढ हजार बर्षसम्म यसरी परिवर्तन नगर्दा पनि चल्ने रहेछ भने यो आर्को डेढ हजार बर्ष पनि पक्कै पनि विना कुनै समस्या यत्तीकै चल्ने छ ।
अझै नबुझेको कुरा के हो भने सोहि कार्यदलका अनुशार २ हजार १ सय ५० वर्षमा ऋतु एक महिना वर सर्छ रे, यदि त्यस्तै हो भने त्यसको लागी बाँकी ४९४ बर्ष कुर्दा के बिग्रन्छ र ? ।
यि सबैभन्दा पनि मेरो मनमा लगेको कुरा के हो भने यो बिक्रम सम्बतको क्यालेण्डर ‘Freeware’ वा ‘Open source software’ जस्तो कुन खाले सम्बत हो त?। जहासम्म मैले बुझेको छु हामिले हाम्रो आफ्नै भनेर गर्व गर्न मिल्ने सम्बत नेपाल सम्बत मात्रै हो। विक्रम सम्बत यदि फ्रिवेयर जस्तो हो भने त्यो हामिले प्रयोग गर्न सक्छौं तर यसमा यसरी महिना महिनाको परिवर्तन गर्दा हामीकहाँ यौटा महिना हुँदा अरुकहाँ त्यहि सम्बतको अर्कै महिना हुनसक्छ र सो गर्न पनि मिल्दैन। हैन यो ओपन सोर्स जस्तै जसलाई जे मनलाग्छ त्यस्तै गरी चलाउने हो भने भोलिका दिनमा यो सम्बतका अनेकौं भर्सनहरु आउन सक्नेछन र यसले सहजता हैन जटिलताका बाढि आउनेछन। जहासम्म यो सम्बत हाम्रो आफ्नै माटोको उपज नभएको नाताले हेर्दा यसलाई यसरी तोड-मोड गर्दा ऋतुसँग तालमेल मिल्ने भन्दा पनि संसारसंगै तालमेलको क्रमभंग हुने पनि देखीन्छ ।
आजको वैश्वीकरण वा भूमंडलीकरणको युगमा विदेशमा बस्ने नेपालीलाई मात्रै हैन नेपालमै बस्ने नेपालीलाई पनि विक्रम सम्बतमा मात्रै भर परेर कामगर्न दिनादिन जटिल हुँदै गईरहेको छ। यो अबस्थामा कुनै दिन हाम्रो आफ्नै नेपाल सम्बत र यो चलनचल्तीको विक्रम सम्बतलाई मान्यता दिएपनि सरकारी कामकाजको लागी भने ईश्वी सम्बत नअपनाई नहुने हुन नसक्ला भन्न सकिन्न । पर्व पूजा र तीथि आदिकालागी पुरानो पात्रो र कामकाजको लागी ईश्वी सम्बत लागु गर्नु पर्ने दिन त्यत्ती टाडा छैन जस्तो लाग्छ मलाई । त्यस बिचमा यो सापटी लिएर चलाएको सम्बतलाई ‘Open source software’ को कोडहरु परिवर्तन गरे जसरी तोड मरोड गरेर के अर्थ निक्लन्छ र यसका के के फाईदा छन यसकै जानकारहरु जानून । तर आम जनमानसले दिनादिन हेर्नु, बुझ्नु र व्यहोर्नु पर्ने यस्तो परिवर्तन गर्दा व्यापक गृहकार्य, अध्ययन वा मत मतान्तरको बहस भने गर्नै पर्छ जस्तो लाग्छ मलाई।
यस सम्बन्धि समाचारहरु कान्तिपुरका तलका सन्जाल सेतुमा छन:
yo t gadai bho ni dilip ji!
ReplyDeletekaha prakiti laai pani ....change garne dus saahas gareko ....
katai naya nepal ko dhadak t hoin yo?
aru kehi garna nasaker ...kehi gare jasto gareko ho ki?
---nayaa nepal ?????????
दिलिप जि नमस्कार । अब चाहि अतिनै भयो जस्तो लाग्छ।अब जनतलाई नयाँ नेपालको सपना देखाएर नपत्याउने भएपछि नाना थरिका बहाना किन बनाउन लागेका हुन हाम्रा गणतान्त्रीक प. म. ले । ए तेसो भए अब सयौ बर्षदेखि चलिआएको सम्बत् पनि परिबर्तन् । आहा सान्चिकै नयाँ नेपाल त यसरि पो शुरु हुन लागेछ।
ReplyDeleteम त बेखबर थीए यो कुरामा जानकारिको लागि धन्यबाद दिलिप् जि ।
क्यालेण्डर , पात्रो ईत्यादी मान्छेले नै आफ्नो सजिलोको लागी बनाएको हो . अब आउने वर्षमा एक महिना लुकाउँदा सजिलो हुन्छ भने मलाई त फरक पर्दैन । त्यसैपनि समयको गति आफ्नै छ , समय अगणित छ , मान्छेले समयको लेखा जसरी राखुन तर यो विषय पनि सडकमा टायर बाल्ने र वाईसिएलले मुक्काबाजी गर्ने खुराक नबनोस् ।
ReplyDeleteकेहि adjustment को आवश्यकता छ होला शायद, तर यति हतारिएर गर्नुमा कुनै तुक देखिँदैन। १० वर्षजतिको छलफल, तयारी र प्रचार-प्रसार विना गरियो भने यसले घोर अराजकता र अब्याबहरिकता मात्रै निम्त्याउनेछ। यस्तो संगीन कुरलाई किन केहि महिनाको खेल ठानिँदैछ, उदेक लाग्छ।
ReplyDeleteअर्कोतिर, एकैपटक एउटा सिंगै महिना नरहने गरी गर्नुसट्टा हरेक वर्ष एक-दुई दिनमात्रै घट्ने गरी १०-१५ वर्ष लगाएर गर्न पनि सकिन्छ। छलफल हुन पायो भने अरु विकल्प पनि निल्लेलान्। मूल कुरो, यस्तो परीवर्तनले सामजिक-सांस्कृतिक-सरकारी कामकाजमा निम्त्याउने अराजकता र अब्याबहारिकता संभव भएसम्म कम हुनुपर्छ।
साँस्कृतिक रुपमा आफ्नै पात्रोलाई पछ्याउँदै कामकाजी-औपचारिक कुरामा भने ईस्वी संवत चलाउनुको विकल्प छैन जस्तो लाग्छ मलाई पनि।
अब बनेको software र बनेको calander को के हालत रहला र अनि धेरै जसो सरकारी software नै छन जुन नेपाली गते मानेर चल्ने। अब अरू पैसाको खोलो बग्न देखि केहि होला जस्तो चै लागेना । मैले देखेको त ७० प्रतिशत नेपालीलाइ तारीक थाहा नपाइ निन्द्रा छुटदैन विहान भने यो open source त उही परिवर्तन गर्नको लागि सरकारी कार्यालय र सरकारी कमरचारीलाइ नै बधाइहोस ।
ReplyDeleteIf we see through the scientific way , then the nepali calender needs the change. And ya it';s true that nepali calender is 1 month earlier. In english calender it's the leap year that synchronizes time of earth revolving and the calender being used. But in nepali calender there is no anny synchronization part.
ReplyDeleteटिप्पणीको लागी धन्यवाद सहित छलफलमा लागौं ।
ReplyDeleteदीपकजीको "पात्रो ईत्यादी मान्छेले नै आफ्नो सजिलोको लागी बनाएको हो" भन्ने भनाई एकदमै सहि लाग्यो तर हेर्नुस न, यो एक महिना एक्कै पटक लुप्त गराएर के कुरा चाहि सजिलो पर्छ? (अझै कुरा स्पष्ट गर्दा अहिले के कुरा असजिलो भा छ र? हैन!)
बसन्तजीको हरेक बर्ष २-३ दिन adjust गर्दै लग्दा भने सायद केहि हदसम्म यो सहज हुनसक्छ । (वा बर्षमा ५ दिन मिलाएर ६ बर्षमा हिसाब मिलान गरे पनि हुन्छ नी)
कृष्णजीले म भन्दा एक पाला अगाडी गएर "७० प्रतिशत नेपालीलाइ विहान तारीक थाहा नपाइ निन्द्रा छुटदैन" छुटदैन भन्ने उल्लेख गर्नु भएको छ जुन अतिशयोक्ति भन्दा पनि आजको वास्तविकता पनि हो।
अमेत्यजी ! नेपाली (विक्रम सम्बतको) क्यालेण्डरमा अहिले पनि leap year जसलाई नेपालीमा अधिक वर्ष भनिन्छ, को समायोजनको व्यबस्था छ (त्यसैले सन 2008 leap year भएका कारण २०६५ साल पनि ३६६ दिनको अर्थात अधिक वर्ष नै रहेको छ) र हाल गर्न लागीएको परिवर्तन leap year संगको adjustment को लागी भने होईन ।
मेरो आशय के भने यो विक्रम सम्बत उधारोको सम्बत हो जुन उज्जैनका राजा विक्रमादित्यले शुरु गरेको भन्ने किम्बदन्ती छ ।
सरकारी कामकाजमा प्रयोग नभए पनि, यो बिभिन्न पर्व र चाडको लागी पश्चिम बंगाल, उत्तर भारतका केहि भाग, बंगलादेश आदी देशमा प्रयोग गरिन्छ र हालसम्म सबैतिर समान छ। अब यो परिवर्तन पछि हामिकहाँ बैशाख हुँदा, अन्य क्षेत्रमा भने चैत्र नै हुने हो भने यसले झनै जटिलता नै ल्याउँछ जस्तो लाग्छ मलाई ।
फेरी बल्ल बल्ल बनेका B.S>> A.D >>B.S. converter हरु पनि सब बेक्कार हुनेछन र कुनै नेपालीले नेपाली परीचय पत्र वा कुनै कागजात विदेशमा लिएर गएमा त्यसको समय वा अध्यावधिकता किटान गर्न अहिलेको भन्दा पनि मुश्किल हुनेछ ।
सबैभन्दा मुख्य कुरा, मैले भन्न खोजेको र बसन्तजीले औंल्याउनु भएको जस्तै यसको लागी व्यापक बहस, छलफल, तयारी र प्रचार-प्रसार भने अबश्य नै हुनुपर्छ ।
अनी बेदनाथजी र सिकारुजीले भन्नुभएजस्तै यो गम्भीर बिषयलाई खाली "नया नेपाल" बनाउन मात्रै र क्रमभंगकैलागी हल्का रुपले लिनु चाहि हुँदै हुँदैन ।
सबैलाई पून धन्यवाद सहित ।
By using calendars, we regulate and organize our social, religious and administrative intents. so it has be to synchronized with the cycles of some astronomical phenomenon. And I think there are scholars and researchers available and qualified to carry out the job in the best suitable manner. I am not aware of the fact that our government or the concerned authorities have conducted such researches before arriving on the decision as you have mentioned in your post. well, calendars are adopted by any country as suited to its particular needs; but, how about start using the English calendars at least for our administrative purposes? As by adopting this, we will be able to synchronize ourselves with the rest of the world. However, for religious occasions, we may continue with the existing one with revisions made on the basis of some research works. In this regard, Basantjee's idea of making the change over a considerable period may be an option.
ReplyDeleteमहिना लुकाउने र घटाउने झमेलामा पर्नुभन्दा बसन्त दाइले भनेजस्तै व्यापक छलफल गरेर अनि सबैतिरको सहमति जुटाएर ईस्वीसम्वत्लाई नै औपचारिक रूपमा स्वीकारे हुन्छ होला । अघोषित रूपमा यै नै त छ चलेको ।
ReplyDeleteअर्को साल म कती बर्ष पुगुला ? आगुम म संघारमा आएको जन्मदिन नमनाइ नयाँ बर्षलाई स्वागत गर्नेछु मात्र एघार महिनामा ।
ReplyDelete