दक्षीण भारत र त्यसमा पनि विशेषगरी तामीलनाडु र आन्ध्र प्रदेशमा अहिले महोत्सबको माहौल छ । हुन त मकर संक्रान्ति, माघी वा माघे संक्रान्तिको रुपमा हामिकहा पनि यो पर्व मनाईन्छ, तर दक्षीण भारतमा भने यो पर्व जसलाई स्थानिय भाषामा ‘पोगंल’ भनिन्छ यति धुमधामका साथ मनाईन्छ कि यसलाई दक्षीण भारतको महापर्व नै भनिन्छ । सौर्य पंचाङ्गका अनुशार यो पर्व महिनाको पहिलो दिन आउँछ र यो पर्वमा विशेषगरी सुर्य देवताको उपासना गरिन्छ ।
तामिल भाषामा ‘पोंगल’ को मतलव उमाल्नु पनि हुन्छ, साथै यो दिनमा सुर्य भगवानलाई प्रसादको रुपमा चढाईने चामल, मुंग, दूध आदिबाट तयार गरीने एक प्रकारको खीर लाई पनि पोगंल नै भनिन्छ ।
संसारभरिकै पारम्पारिक चाडहरु धेरैजसो कृषी वा किसानसंग सम्बन्धित भएको जस्तै यो पनि प्रतक्ष र परोक्ष दुबै रुपमा कृषीसंग सम्बन्धित छ । पारम्पारिक मान्यता अनुशार, यो पोगंल पर्व चार दिन सम्म मनाईन्छ।
जसको पहिलो दिनलाई भोगी वा भोगी पोगंल पनि भनिन्छ । यस दिनमा हामिकहा दशै तिहारको आगमनमा घर आँगन सर सफाई गरे जस्तै गरी सबैतिर सरसफाई गरिन्छ अनि रातमा यि सबै र घरका पुराना कपडा आदि समेत राखी आगो बालेर हामिकहा शिवरात्रीको जस्तै धुनि जगाईन्छ । यो आगोलाई खराव कुराको अन्त्य र दैविय शक्तिको जित वा सम्मानको प्रतिकको रुमपा हेरिन्छ । खेति किसानि बर्षा संग सम्बन्धित भएको र ईन्द्र बर्षाको देवता समेत भएकाले यो दिन ईन्द्र देवमा समर्पीत हुन्छ । ईन्द्र देव भोगका देवता समेत भएकाले यो दिनलाई ‘भोगी’ भनिएको भन्ने पनि यौटा भनाई छ ।
दोस्रो दिनलाई सुर्य पोंगल पनि भनिन्छ र यो दिनमा माटोको नया भाँडामा माथि उल्लेखीत मिष्ठान्न वा पोंगल पकाईन्छ । पारम्पारीक मान्यता अनुशार यो पोंगल सकेसम्म घरको आँगन वा खुल्ला स्थानमा पकाउनु पर्छ, जुन पोंगललाई उखुका साथ सुर्य भगवानलाई अर्पण गरिन्छ र पछि प्रसाद स्वरुप ग्रहण गरिन्छ ।
तेस्रो दिन हामिकहा गाई पूजा वा गोवर्धन पूजा गरेजस्तै पशुधन वा वैल-गाई आदिको पूजा गरिन्छ र यसलाई मट्टु पोंगल भनिन्छ। यौटा मान्यता अनुशार ‘मट्टु’ भगवान शिवको यौटा बैलको नाम हो जसलाई कुनै भुलको सजाँयको लागी शिवले पृथ्विमा रहेर खेति किसानिमा सहयोग गर्न पठाएका थिए । शिवले पठाएका मट्टुले केहि गरे पनि नगरे पनि किसानका घरका बैल र गाईले बर्षै भरि किसान र मानव जातिको सेवा गरेका हुन्छन त्यसैले यो दिन तिनैलाई कृतज्ञता गरिने चाड हो भन्दा फरक नपर्ला ।
पोगंलको अन्तिम दिन वा चौथो दिनलाई कान्नुम पोंगल वा कन्या पोंगल पनि भनिन्छ, यो दिनमा घरहरुमा हामिकहा लक्षीपूजाको दिनमा ढोकामाथि फूलका मालाहरु राखेजस्तै गरी शुभ र लाभका प्रतिक आँपको पात, नरिवलको पात आदिबाट एक प्रकारको माला वा तोरण बनाएर मूल ढोका माथी झुन्ड्याईन्छ अनि नया बस्त्र र बिभिन्न परिकारका साथै एक अर्कामा शुभकामना र कोसेलीको आदान प्रदानसंगै हर्षोलासकासाथ यो चाडको समापन गरीन्छ ।
यो चाड १००० बर्ष भन्दा पनि पुरानो भएको र दक्षीण भारत बाहेक श्रीलंका, मरिशस र सींगापुरमाका केहि स्थानमा पनि मनाउने चलन छ । परम्परा र मान्यताले जे सुकै भने पनि यो पुर्ण रुपमा मानिसको सबैभन्दा पुरानो जिविको पार्जन वा उद्योगको साधन अर्थात कृषीसंग सम्बन्धित छ र खेति किसानिको एक आयामको समाप्ति पछी समयले एक चक्र पुरा गरी सुर्य उत्तरायण लाग्ने बेलामा ईश्वरलाई धन्यवाद र एक अर्कामा भाईचारा व्यक्त गर्ने अवसर हो।
पोगंलको अर्को विशेषता भनेको चंगा हो, दक्षीण भारत भरिनै यो पोंगलको अघी पछि र बिशेषगरी संक्रान्तिको दिनमा चंगा उडाउने र प्रतियोगिताहरु समेत गरेर रमाउने चलन छ ।
हुन त हामिहरु संस्कृति र चाडपर्वको लागी धनि छौं र हाम्रा आफ्नै चाड पर्वहरु पनि निकै नै छन, तर जहाँ बस्यो त्यहि रम्ने मानिसको स्वभावका कारण र सरकारी कार्यालय २ देखि ३ दिन र स्कुल कलेज सात आठ दिन सम्म बन्द हुने हुनाले म पनि अहिले यो पोंगल मनाउने तयारी गर्दैछु । ह्याप्पी पोंगल !!
'पोंगल' एक प्रकार को खिर !
ReplyDelete'पोंगल' दक्षिण भारत को महापर्व !!
'पोंगल' को विशेषता चंगा पनि !!!
नयाँ जानकारी को लागि धन्यवाद !
अनि दक्षिण भारत मै रहनुभएको तपाईलाई पनि पोंगल को शुभकामना, साथ मा "माघे संक्रान्ति" को पनि शुभकामना छ है !
दिलिप् जि आकारजिले भने झै मेरो पनि पोगल् तथा माघे सक्रान्तिको शुभकामना ल । रमाइलो संग पोगल् मनाउनुस् । फेरि पछि पोगलको रमाइलो पोस्ट् चाहि नछुटोस है ।
ReplyDeletethank you for information about 'pongal'. Happy 'pongal' and happy makar sakranti !!!
ReplyDeleteसंकृती र संस्कारको बारेमा - जानकारी दिनु भएकोमा धन्यबाद !
ReplyDeleteतपाईलाइ पनी -"ह्याप्पी पोंगल "
यो जानकारी मेरो लागि पनि नयाँ र रमाईलो भयो। धन्यबाद दिलिप दाइ!
ReplyDeletewow Dilip jee, it's new 'kuro'for me too. thank you hai and happy pongal to you too.
ReplyDeleteचाडबाडको कुरै रमाईलो । पोँगलको शुभकामना !
ReplyDeleteThanks Dilipjee for this informative post. Though, I had a brief idea of 'Pongal' through my friends from south India, your post has widened my understanding. & I am happy to note that you are preparing to celebrate the festival (in fact, you must be celebrating it already!). I wish you a 'happy Pongal' and look forward to your post expressing the 'Pongal experiences'!
ReplyDelete