वर्षा नभएर बाली औलीएको थीयो ।
नुहाउन नपाएर तालु खुईलीएको थियो।
एक्कै वाक्यमा कुरा छोट्याउँदा,
पानी नभएर हा-हाकार फैलीएको थीयो ।
जनताले आवाज उठाए ।
केन्द्रसम्म खबर पठाए ।
हाकिमले आश्वासन मात्रै दिएनन,
स्थिति बुझ्न कर्मचारी खटाए ।
ईन्जीनिएर द्वारा नक्शा बनाईदै थियो ।
पैशाकोलागी विदेशी मनाईँदै थियो ।
त्यत्तिकैमा नेताले चुनाव जित्यो,
किनकि त्यहा ईनार खनाँईदै थियो ।
हाकिमले कम लिन मानेनन् ।
ठेकेदारले बढि दिन जानेनन् ।
जनताको जोश पनि मन्द भयो,
अनि प्रोजेक्ट बन्द भयो ।
25 January, 2009
…… अनि प्रोजेक्ट बन्द भयो ।
Labels:
काव्य
लेखक:
Dilip Acharya
Subscribe to:
Post Comments (Atom)
साह्रै नै मिठो कविता !! यो साँच्चै भएको जस्तो छ नेपालटार खानेपानी आयोजनामा फोटो हेर्दा त । कविता चैँ निक्कै नै घतलाग्दो भयो दीलिप दाइ !!!
ReplyDelete"ईन्जीनिएर द्वारा नक्शा बनाईदै थियो ।
पैशाकोलागी विदेशी मनाईँदै थियो ।
त्यत्तिकैमा नेताले चुनाव जित्यो,
किनकि त्यहा ईनार खनाँईदै थियो ।"
हा हा हा, त्यो नक्शा त्यत्तिक्कै आफै बनाएको हो है!, तर यस्ता घटना भने धेरै चोटी घटे होलान ।
ReplyDeleteयस्ता घटना त हिजो पनी घटको थियो र आज पनी जारी नै रहीरहेको छ नि !
ReplyDeleteअनि नियत यस्तै हो -
"त्यत्तिकैमा नेताले चुनाव जित्यो, किनकि त्यहा ईनार खनाँईदै थियो "
जून आज सम्म नै नियति नै भैरहेको छ । बाहना बेग्लै हुन सक्छ - view एकै हो ।
वाह! वाह!! दिलिप दाइ, गज्जब गयो। हाम्रो देशमा दिनदिनै घट्ने घटनाको सटीक प्रस्तुति छ।
ReplyDeleteहाकिमले कम लिन मानेनन् ।
ReplyDeleteठेकेदारले बढि दिन जानेनन् ।
जनताको जोश पनि मन्द भयो,
अनि प्रोजेक्ट बन्द भयो
ठयाक्कै हाम्रै देशको यथार्त ओकल्नु भएछ नि दिलिप दाई । अझै चित्रण पनि गजबैको ।
बडा गजब दिलीप जी ।
ReplyDeleteकस्तो यथार्त लाग्ने गरी लेख्नु भएको । राम्रो लाग्यो ।
ReplyDeleteहाकिमले कम लिन मानेनन् ।
ReplyDeleteठेकेदारले बढि दिन जानेनन् ।
जनताको जोश पनि मन्द भयो,
अनि प्रोजेक्ट बन्द भयो ।
गज्जब गयो दाइ, धन्यवाद!!
मलाई राम्रो लाग्यो है तपाईं को कबिता। अरु पनि राख्नुस् है , राम्रो राम्रो कबिता हरु ।।।
ReplyDeleteहाम्रो गाउँमा उहिले बाटो बनाउँदा यस्तो भा'को थियो ! खास मा बाटो पिच गर्नुपर्ने काम थियो, २-२ किलोमिटर पिच गरेर बाटो बनाउने लक्ष्य रहेछ, त्यही अनुसार बाटोलाई भाग लगाइएको थियो ।
ReplyDeleteअनि वर्षायाम मा बाटो पिच गर्नलाई, रोडहरु राखेर, रोलरहरु सबै चलाइयो । पिच गर्न मात्र बाँकि थियो । अब वर्षायाम, अनि गाडि चलिरने बाटो, काम धमाधम नै थियो । तर त्यही हो, वर्षायाम मा गाडिहरु वैकल्पिक बाटो बाट चल्न सकेन, गाडि हिलो मा फस्न पुग्यो । त्यही भएर सबै गाडिहरु फेरी त्यही बाटो बाट हिँड्नुपर्ने भयो, जसका कारण पिच गर्न नसकिएको कुरा सुनियो ।
६ महिना पछि, फेरी बाटो पिच गर्ने भइयो, तर पहिलेकोलाई पिच भैसकेको भनेर, त्यसपछि को १ किलोमिटर फेरि पिच गरियो । सायद, प्रस्ट पार्न सकिन होला, यसरी बुझौँ न, एउटा बाटो थियो पिच गर्नुपर्ने । ठेकदार ले बाटो को उद्गम विन्दुबाट अलिकति पिच गरिदियो, अनि बाटो को अन्त्यमा पिच गरिदियो । बिचको भाग बिना पिच बस्यो । समग्रमा, ठेकदार ले सुरु र अन्त्यमा पिच गरेर, सबै सडक पिच भयो, भनेर हामीलाई नै बेवकुफ बनायो !
तपाई को यो ठोक्तक ले, मलाई त्यही कुरा नै याद गरायो ।
दीलिपजी, आकारजीले भनेझैँ ठोक्तक स्वादैको रछ है। एकदमै चोटिलो अनि पोटिलो पनि।
ReplyDeleteलघुकथाको मोहनीमा रहँदारहँदै छोटो-मीठो अभिव्यक्तिको सीप तपाईँमा खिपिएर बसेजस्तो लाग्यो । कवितामा तिक्खर व्यङ्ग्य-वाण बाट्नुभएको छ । पूर्वाधारको जोहोविना यता र उता भीखको लागि हात पसार्दै विकास-निर्माणको काममा अधकल्चोपना अपनाउँदा भोग्नुपर्ने नियति कविताले मज्जाले पेटबोलीमा कहेको छ । लेनदेनको राजनीति नै नवनिर्माणको बाटोमा तगारो भएर तेर्सिने यथार्थ हाम्रै नेपाल बाहेक अरू कसको पो कथा हुन सक्थ्यो र ? यसरी कति-कति 'प्रोजेक्ट' ले हावा खाए होलान्, के गन्ती !
ReplyDeleteकविताको पहिलो लहरमा 'औलिएको' भन्ने शब्दले सही हिज्जे नबोकेको र अर्थमा पनि समस्या हुने जस्तो लाग्यो । ओइलिएको भन्न खोज्नुभएको होला । राम्रा कुरामा आँखा जाँदैनन्, गल्तीतिरै खोतलखातल एकोहोरिन्छ । यही मानवीय रोग मैले पनि प्रमाणित गरेँ, अन्यथा नसोच्नुस् है दिलीपजी ?
टिप्पणीको लागी सबैलाई धन्यवाद् ।
ReplyDeleteधाईवा जी हतारमा लेखेर फुर्सदमा पढ्ने त हाम्रो पुरानो बानी हो नी । यहाँ 'ओइलिएको' नै लेख्न खोजेको हो, खै धेरै पटक पढ्दा पनि त्यो गल्ती देख्दै देखीँन ।
यसरी नै गल्ती औंल्याईदिदैं गर्नु होला है !। (तपाईले यसलाई मानवीय रोग भन्नुहुन्छ भने म त भन्छु हामी सबैलाई यो रोगले गालोस, थलै पारोस, नत्र कसरी सुध्रने?)