दिदी पनि बहिनी पनि,
दुबै च्वाँक च्वाँक देख्छु ।
कार्वन राखी एउटै चिठ्ठि
दुबै मोरीलाई लेख्छु ।
डिस्को प्रेम
डिस्को हलमा माया बस्यो
हेर्न लागें यता उता ।
नाच्दा नाच्दै वियरले छाड्यो
तिमी कता, म कता कता !
लमी
तिमी काली छ्यौ त के भयो?
‘ऊ’ मात्रै कहाँ गोरो छ ।
तिम्रो दोस्रो बिबाह भएर के भो?
उसको पनि पहिलेको छोरो छ ।
मन्दीको होली
मन्दिको मारमा,
अबिर, रंग दुर्लभ भए
आउ प्रिय, म तिम्रै गालाको लालीले
तिमिलाई नै रंगाईदिन्छु ।
तिमी आफ्नो प्रेमले मलाई भिजाईदिनु
यसपालाको फागु मीतव्ययी बनाऔं ।
जेनेरेशन ग्याप
बुढा बाजेले सम्झाउँदैं थिए:
सबैले एक दिन मर्नै पर्छ …’
बिचैमा नातिले कुरा काट्यो
‘…त्यसैले त प्रेम गर्नै पर्छ’
ब्लफ कल
‘हेलो !, …’
‘को तिमी?’
‘हैन म ‘तिमी’ को बाऊ”
‘सरी, रङ नम्बर!’
हा हा हा !!! साह्रै दामी गयो ल!
ReplyDeleteदाईको रंगीन ब्लगले मनै रंगीन बनायो....
ReplyDeleteएउटै लबको डबल चिट्ठीले
खतरा काम गरेछ
कार्बनले अरु ठीकै गर्यो
नाम पो एउटै परेछ
ह्याप्पी होली...
ज्यादै पो मन रमायो है ! होलीको रङ्गीन उल्लासमा यस भन्दा गतिलो सौगात के पो हुन सक्थ्यो र ? तपाईँलाई यतिको रसिलो जोरजामको लागि सादर धन्यवाद र फागुको शुभ कामना । साथै सबै साथीहरूलाई समेत ।
ReplyDeleteसाँच्चै गजब रमाईलो लाग्यो मुक्तकहरु । फागुको शुभकामना !
ReplyDeleteम त हाँसेको हाँसेकै छु, कमेन्ट मा धेरै लेख्नै आएन !
ReplyDelete:D k bhannu khoi!!
ReplyDeleteHaha ...khub ramaailo ...
ReplyDeleteHappy holi ...Dilip ji.
दिलिप जी मैले त तिन पटक पो पढेछु । होली संगै रंगियो है मेरो मन पनि । धन्यबाद ।
ReplyDeleteसम्पुर्ण ब्लगर मित्रहरुमा यही बाट होलीको शुभकामना फैलाउन चाहन्छु ।
धेरै रमाईला मुक्तक !! मज्जाले हाँसियो बिहान बिहानै !!!
ReplyDeleteExcellent! :-)
ReplyDeleteReally enjoyed reading this post! so humorous. Happy Holi!
मन्दीको होली दामी लाग्यो है, साहित्यिक पनि र समसामयिक पनि।
ReplyDeletedelip dai all posts are really nice... first one is mind blowing. aani tyo lami vanni ha ha ha i cannot hold me laugh really nice ....
ReplyDeleteदिलिप जी यसरी एक जनाले दिदी बहिनी दुबै जनालाई ताक्न पाइन्दैन नि ! बहु-बिबाहमा परिएला ? बट, अती गजब छ । मज्जाले एक पटक त पेट मिची-मिची हा हा हा हा हा हाँस उठ्यो ....
ReplyDeleteGreetings from Italy,good luck
ReplyDeletehello,Marlow
सार्है रमाइलो लाग्यो दिलिप जी , फागु मा यस्तो मुक्तक गएपछी गाईजात्रामा के राख्नु हुन्छ फेरि ?
ReplyDeleteदिनेशजी,
ReplyDeleteसर्ब प्रथमा त मेरो ब्लगमा स्वागत गर्छु ।
अब गाईजात्रा आउन निकै समय बाँकि छ, त्यतिबेलासम्ममा अरु केहि फूर्ला नी दिमागमा ।
सारै रमाइलो लाग्यो यो पदेर...
ReplyDeleteतपाइको यी लेखहरु पदेर विचार गर्दा तपाई एकद रोमान्टिक हुनुहुन्छ जस्तो लग्यो मलाई !
daami cha dada, nice :)
ReplyDeleteमुक्तक त यस्तो लेख्ने
ReplyDeletedami x tw
ReplyDelete