अस्ती, उता जीवनजीको क्याफेमा एकैछिन कुराकानी भा'थ्यो गजल लेखनको बारेमा। साँच्चै, गजल सुन्न र पढ्न जति रमाईलो हुन्छ, लेख्न त्यत्ती नै गाह्रो । कमसेकम मलाई भने त्यस्तो लाग्छ । त्यसमा पनि गजलका सबै अंग पुर्याएर लेख्न खोज्यो भने, काफिया समाते रदिफ फुत्कने रदिफ मिलाउन खोज्दा सेर नै भताभुङ्ग हुने भएर धेरै गजल २-३ सेरमै अड्केर बसेकाछन।
यो पनि आफैले पढ्दा पनि कता के नमिलेको जस्तो लागेको छ तै पनि ब्लग 'भर्ने' बेला पनि भएछ त्यसैले आजलाई यहि काँचो गजल पस्किदै छु:
नशालु मुस्कानले उनको सबलाई पागल गर्न सक्छ ।
प्रेमीलाई पागल भन्नेले हेर्नु उनको मुहारमा ,
थाहा हुन्छ कोही किन, कसैको लागि मर्न सक्छ ।
औंशीको रातमा' नि उज्यालो छ झलझली !,
थाहा थे' न उनको रुपले यती प्रकाश छर्न सक्छ ।
त्यो हात यो हातमा आए बदलिन्थ्यो जिन्दगी ,
जस्को र्स्पर्शले मृत वृक्ष फेरी सर्न सक्छ ।
न दुनियांको कुनै बन्धन, न परवाह छ समाजको
उनलाई पाउन 'दिलीप' आफै दिलीपबाट झर्न सक्छ ।
बबाल गजल....यो भराई मात्र होइन ... गजल मेरो दृष्टीमा पूरा पाकेको छ
ReplyDeleteप्रेमीलाई पागल भन्नेले हेर्नु उनको मुहारमा ,
थाहा हुन्छ कोही किन, कसैको लागि मर्न सक्छ
भन्ने लाईन झन राम्रो लाग्यो
तर उनलाई पाउन दिलीप दिलिपै बाट झर्ने कुरा गर्दा भाउजू पट्टीबाट चाहीं अप्ठ्यारो पर्ला नि
वाह दिलीप जी क्या खुब छ !
ReplyDeleteउनलाई पाउन 'दिलीप' आफै दिलीपबाट र्झन सक्छ।
यो तखल्लुसको प्रयोग त झन मन पर्यो ।
दिलीप दाइ त छुपारुस्तम निस्किनुभयो ! हुन त सिपी त समुद्रमा डुबेकै हुन्छ, सतहमा कहाँ तैरिएर चमक देखाउँछ र ?
ReplyDeleteकुनै मानेमा यो गजललाई लेख्न खोजेर पनि नसकेको भन्ने लाग्दैन । ब्लग भर्ने काँचो-कचिलो भनेर त अन्याय मात्र भयो गजलको । लेख्दाखेरि निकै सम्हालिएर भाव दौडाउनुभएको भने छनक पाइन्छ । खिपेर निकाल्नुभएको छ सेरहरू । भावले ओतप्रोत त छँदैछ, सबभन्दा पनि लयात्मकतामा कुनै कमी पाइनँ मैले । नत्र गजलमा मजाले हात नबस्दा उपद्रै किसिमले मात्रा खुस्किने र लयभङ्ग हुने हुन्छ ।
अनि दाइले गजलमाथिको भूमिका गजल सुन्न र पढ्न जति रमाइलो हुन्छ लेख्न त्यति नै गाह्रो हुन्छ भन्ने कुरा इमानदारीपूर्वक राख्नुभएकोमा थोरै कुरा भनूँ लाग्यो । गजल होस् या कुनै विधा, दिमागमा धेरै भय, तनाव र दबाब राखेर लेख्न बस्यो भने त्यो त्यसै पनि गाह्रो हुन्छ जस्तो लाग्छ । यसको मतलब लेखाइका क्रममा गाम्भीर्यता हुनु हुँदैन भन्न खोजेको होइन । तर यो मैले अहिलेसम्म लेखेको छैन, के होला, कस्तो होला भन्ने मानसिकता लिएर बस्यो भने रचनाक्रम ने भद्रगोल हुने रहेछ । जति सहजतासाथ सोच्यो, क्रमिक रूपमा सप्रिँदै जाने रहेछ । नत्र त बनको बाघले खाओस् नखाओस्, मनको बाघले भने क्वाप्पै पार्छ । यो मैले आफ्नै पूर्व अनुभवबाट भनेको हुँ । सबैजनामा लागू नहोला ।
अब दाइको गजल लेखनको श्रीगणेश भइहाल्यो, खाली ठाउँ भर्ने रूपको सोच नराखी बेलाबेला यस्तै परिकार पाइराखियोस् । पहिलो सेर (मकता) को 'उनको' शब्द चाहिँ उसैगरी उही क्रममा नआएको भए हुन्थ्यो भने जस्तो लाग्यो ।
साह्रै मिठो लाग्यो यो गजल! दिलिप दाइले छोएपछि जे पनि मिठो बन्छ!
ReplyDeleteओहो दिलिप जी यतिका दिनसम्म कता राख्नुभाको यसरि पाकेका गजल हरु? भन्न चाहि काँचा भन्ने तर पकाई त खुब मिठो छ नि । तपाईको यो गजलको प्रारम्भ नै दमदार छ । मिठो गजलको लागी धन्यबाद अनि प्रगतिको कामना ।
ReplyDeleteउनलाई पाउने कुरामा दिलिप बाट नै झर्नु चाही अलि हुदैन की?
वा वाह ...... दिलीप जी ... तपाई पनी गजलमा निकै माहिर रहनु भएको रहेछ नि । खूब स्वाद लाग्यो ।
ReplyDeleteदिलीप आचार्यजी तपाईंले दिलले लेख्नु भएछ ,दिल देखि आएको सब कुरा राम्रो हुन्छ | यो गजल पढ़े पछि यस्तो लाग्यो -
ReplyDeleteयिनी त सांचिकै पराग रैछिन्
अरे नसा दिन्छिन रे सराब रैछिन्
रूपको धूप भेउ नपाउनेका लागि
यिनी अलीकती ख़राब रैछिन्
Chudamani Bhattarai
कस्तो राम्रो गजल लेख्नुभएको दाइले अनि कस्तो राम्रो साजसज्जा !! धाइवाज्यूको कमेन्ट एकदम सहि लाग्यो मलाई त !!
ReplyDeleteझर्नु पर्दैन दिलीपजी, केवल यसरी नै तपाईंको भावना पोखिदिए पुग्छ। आगामी दिनहरुमा काँचो भएपनि यस्तै मीठा मीठा गजलहरु पढ्न पाउँ।
ReplyDeleteदिलीपजी , मतला शेर अलि खल्लो लाग्यो मलाई , धेरैजनाले भनेको र भन्दा भन्दा सस्तो हुन पुगेको तरिकाले नै प्रस्तुत छ । दोश्रो शेर भने सरल भै कन बडो बैचित्र्यपूर्ण भएर साँच्चै असरदार बनेको छ । बाँकी शेरहरु पनि कम छैनन् । तेस्रो चौठो र अन्तिम शेरका कफियाहरु टाईप गर्दा रेफ हतारिएर गलत ठाममा बसेछ सच्याउनुहोला ।
ReplyDeleteमिलनजी, कृष्णजी टिप्पणीकोलागि धन्यवाद ।
ReplyDeleteयो 'दिलीप' आफै दिलीपबाट र्झन सक्ने कुरा चाही बुढिले सोधिन भने 'तिम्रैलागि लेखेको हो' भनेपछि कुरा सकिन्छ ।
धाइबाजी हजार त्रुटीका बिच प्रोत्साहनकोलागि धन्याबाद । तपाईको यो 'तनाव र दबाबमुक्त भएर लेख्न बस्ने' कुरा भने सहि लाग्यो ।
वसन्तजी, सिकारुजी र बेदनाथजी,
प्रोत्साहनको लागि धन्यवाद सहित परिस्कृत गर्ने प्रयास जारी राख्नेछु ।
चुणामणीजी, मेरो ब्लगमा स्वागत छ। तपाईको चारलाईन त झन 'झकास' छ।
उजेलीजी, घोतानेजी र दीपकजीलाइ पनि धन्यवाद भन्दै दीपकजीको सटीक बिश्लेषणको स्वागत गर्छु।
मतलाका दुबै लाईनमा कुनै नयापन नभएको आभाष मलाई पनि भा'छ । पछि कुनै नया कुरा आएमा सुधार गरौंला । अनी त्यो रेफमा पनि बल्ल आँखा पुग्यो र सच्याएँ ।
गजल सोलिट छ । तर दिलिप दाजु उनि चाही को हुन नी
ReplyDeleteराजेशजी, सर्ब प्रथम त मेरो बल्गमा स्वागत छ।
ReplyDelete'दाजु'लेखि हाल्नु भएछ अब के भन्ने!, त्यो उनी तपाईकै भाउजू हुन ।
('उनी' लेख्दा सजीलो हुन्छ क्या । घरमा 'बुढी'ले सोधे पनि त्यो 'उनी' भनेको 'तिमी नै हौ' भन्यो बाहिर 'तरुनी' सोधे पनि 'तिमी नै हो' भन्यो आनन्द ! :)
Dilipji though I donot know the grammar of the 'gajal', it is very flowing and smooth.
ReplyDeletePleased to know the soft corner of your heart.
I admire your writing skill. Informative articles, brain-storming stories, beautiful poems, and now a wonderful 'Gazal'! you continue to amaze us...
ReplyDeleteदिलिप जि पहिलो प्रयासको लागि ध्न्यबाद!
ReplyDeleteमलाई गजलको बारेमा त्यती ज्ञान त छैन तर पनि म गजलको पारखी भने अबश्य नै हो भन्न हिच्किचाउदिन। तपाईंले भने जस्तै गजल सुन्न र पढ्न जती आनन्दको अनुभुती हुन्छ तर शेर,मतला, रदिफ, काफिया सबै मिलाएर लेख्नु पर्ने भएकाले लेख्न भने त्यती सजिलो नहुने रहेछ। मेरा पनि धेरै गजलहरु दुई तीन शेरमा थन्किएर बसेका छन कुनै दिन दिमागमा चट्ट फुर्न आएमा तपाईंहरु माझ पस्कने प्रयास गर्ने नै छु। धाइबा जि ले भने झै अब कसिनु पर्ला जस्तो छ गजललाई पूर्णता दिन। मलाई चाँही तपाईंको पहिलो शेर अली कता कता नुन खुर्सानी नपुगेको जस्तो लाग्यो
गाजलु आँखाले उनको सबलाई घायल गर्न सक्छ ।
नशालु मुस्कानले उनको सबलाई पागल गर्न सक्छ
हुन त चलन चल्तिमा पुरुषलाई पनि उनी, तिमी भनेर हामी प्रयोग गर्छौ नै तर मलाई भने अली मन परेन त्यसैले मात्र हो।
जस्तै यो शेरको पहिलो मिसरामा गाजलु आँखाले उनको नभएर 'उसको'र
त्यस्तै गरेर शेरको दोश्रो मिसरामा पहिलो मिसरा अनुसार यहाँ पनी उसको बनाए सुनमा सुगन्ध हुन्थियो कि।
अरु शेरले भने हिर्दय छोएनै
अन्तिमा शेरको दोश्रो मिसरामा राख्नु भएको तखल्लुसले गजललाई सुन्दर बनाएको छ।
निरन्तरताको पर्गतिको कामना।
सुमिरनजी, दिपेन्द्रजी र प्रबिणजी
ReplyDeleteप्रोत्साहन, सुझाव र सल्लाहकोलागि हार्दिक धन्यवाद् ।
अनी प्रबिणजी तपाईका केहि गजलहरु मैले दौंतरीमा पढेको छु। स्तरीय र रोचक हुन्छन ।
अझै पनि भन्छु, गजल मेरो बिधा होईन तर सबैको सल्लाह र सुझाव अनुसार मिसरा र सेरको 'तौल' बढाउने कोशिस भने पक्कै गर्ने छु ।
पून एकपटक सबैलाई धन्यवाद्।
साह्रै मिठो लाग्यो यो गजल!
ReplyDeleteयस्तै गजल फेरी पनि पढ्न पाइयोस ।
ReplyDeleteगजल त उत्तम छ, मलाई आजभोलि गजल कहाँ कहाँ छन् भनेर खोज्ने नशा बसेको छ :D किनकी इन्टरनेटमा उत्रेको साहित्यमा चोर्न सबै भन्दा सहज गजल विधा नै लाग्यो । तपाईँको पहिलो मिसरा Google Dai लाइ दिएको खोजिको प्रथम नतिजा त यो पो देखायो http://bizokduniya.blogspot.com/2010/05/blog-post_22.html
ReplyDeleteतखल्लुस भएका गजल पनि र्यांङ को ठ्याङ चोर्छन् के भन्नु !
के गर्ने कसैले चोर्ला भनेर लेख्नै छाड्नु भएन है :)
ReplyDeleteमनमा तिम्रो सम्जना गएन भने मो के गरु |
ReplyDeleteतिमी आफै भना तिम्रो याद आये भने के गरु |