म नेपालको प्रतिनिधित्व गर्न विदेश जाने केहि विद्यार्थिहरुको चयन गर्ने काममा खटिएको थिएँ । मेरो अगाडि यौटा समृद्ध परिवारको जस्तो देखिने १४-१५ बर्षको केटा थियो ।
अन्तरवार्ताको क्रममा मैले उसलाई सोधें “ नेपालको राजधानी शहर कुन हो?”, “उडमाण्डु!” उसले पूर्ण आत्मविश्वाससाथ तर अति उदेक लाग्ने जवाफ दियो ।
“धत् , नेपालको राजधानी काठमाण्डौ पो हो त … ” मैले सम्झाउन खोजें “ खै, नेपालका केहि सञ्चार माध्यमले त त्यसै भन्छन त” उसले तर्क तेर्स्यायो ।
“यौटा परम्परागत चाडको नाम भन त” मैले दोस्रो प्रश्न राखें। “ भेलिन्टाइन्स डे” उसले उत्साहित हुँदै जवाफ दियो । “यो कहाँ नेपाली चाड हो र? … ” मैले अलि गम्भिर भएर प्रतिप्रश्न गरें । “खै, रेडियो र पत्रिकामा दशैं भन्दा बढि चर्चा गरीयो त” उसले प्रमाण जुटाउन खोज्यो ।
“बुद्धको बारेमा केहि थाहा छ ?” मैले तेस्रो प्रश्न अघि सारें । “त्यो त हामीलाई पढ्नै पर्दैन” उसले अति सरलताले उत्तर दियो ।
आफ्नो सबै प्रश्नको सोचे भन्दा विल्कुल गलत जवाफ आएपछि अन्तमा मैले उसको परिचय मागें । उसले अघिल्ला सबै प्रश्नहरुको जवाफको कारण पनि छर्लङ्ग हुने गरी आफ्नो परिचय यसरी बतायो “ मेरो नाम अलवर्ट शर्मा हो, म क्रिश्चियन धर्ममा विश्वास गर्छु । हाल म विदेशी शिक्षक शिक्षिकाहरुद्वारा पढाईने यौटा अंग्रजी स्कुलमा पढ्छु । फुर्सतको समयमा स्टार टि.भि. हेर्छु, ईन्टरनेट चलाउँछु र एफ. एम.का कार्यक्रमहरु सुन्छु ।
(गोरखापत्र: ०६-०३-२०५५)
अनी त्यस्तो स्कूलिङ भए पछी के गरोस बिचरा। नेपाली भाषाको हाल पनि त्यस्तै छ ल। धन्न बुद्ध ईन्डिया को हो भनेन छ शायद ईण्डियन मास्टर रहेन छ बिचराको नत्र के बेर। हालको वास्तविक चित्रण।
ReplyDeleteहो वास्तविकता यही हो,यसरी नै विस्तारै अलबर्टको पीढीले बिस्थापित गर्दैछ हामीलाई, र प्रतिनिधित्व गर्दैछ नेपालको !
ReplyDeleteअबको पिडीहरु यस्तै नहोलान् भन्न सकिदैन। त्यसले देशकै अस्तित्व धरापमा पार्छ जस्तो लाग्छ मलाई ।
ReplyDeleteअत्यन्तै सटिक र एकदमै मार्मिक !
ReplyDeleteधेरैले याद नगर्ने तर दुरगामी प्रभाव पार्ने, यो विषय उठाउनुभएको मा धन्यवाद !
परिवर्तित नेपाली को जीवन शैली नि हजूर ...............
ReplyDeleteउ काहा गलत छ र ? समाज , समय र हामीले लिएको एजुकेसन को इफ्फेक्ट हो नि !
सबै काम यस्तो गर्दोरहेछ अनि के थाहा पाओस् त्यसले नेपली मौलिकता ? तर एफएममध्ये रेडियो सगरमाथा चैँ एकदम राम्रो लाग्छ है दिलीप दाइ मलाई !! नेपालीबाहेक कुनै भाषा प्रयोग हुँदैन अनि एकदम बौद्धिक कार्यक्रम हुन्छन् धेरैजसो !!
ReplyDeleteअब अध्यापन नै यस्तै भएपछि अनुशरण पनि त त्यस्तै हुनेनै भयो ।
ReplyDeleteबर्तमानमा लघुकथा भएपनि यो कथा दिर्घकालिन तितो सत्य भएर उदाउन नसक्ला भन्न सकिदैन ।
बिदेशी शिक्षक शिक्षिका द्वारा सन्चालित राम्रो बोर्डिङ स्कुलमा आफ्नो बच्चा पढाएको छु भनेर गर्व गर्ने हामी सोझा साझा नेपाली हरुलाई एउटा गतिलो झापड छ यो लघुकथा ।
ReplyDeleteआफ्ना बाल-बच्चाहरु लाई के पढाउनु र खै यस्तो स्कुलमा? नतिजा यस्तो आएपछि, होईन र ?
धन्यबाद दिलिपजी कथाको लागी
sundar prastuti dilip ji! man chhoyo.
ReplyDeleteमाथी आकारजीकै कुरामा सहमत - धेरैले वास्तै नगरेको तर गहिरो असर पारिसकेको विषमा लेख्नुभएको छ यो कथा । ( पढेको पहिले नै हो बल्ल कमेण्ट लेख्दैछु ! अल्छे भा'छु म । )
ReplyDeleteपरिवर्तन प्रकृतिको नियम हो, कुनै कुरा स्थाहि हुंदैन । तर अनावाश्यक परिवर्तन को कारक र परिवर्तन को स्वरुप भने शायद सच्चाउन मिल्ला कि !
ReplyDeletethanks for the blog....
ReplyDeleteमलाई त कसैको कमेन्ट पनि ठिक लागेन् । एउटा कथाको आडमा आएर किन धर्मलाई दोष दिने र ? के धर्मले मान्छेलाई बिर्गाछ र ? ब्रि्रने,चासो लिने, लिने कुरा त मान्छेमा भर पर्छ होइन र ?
ReplyDeleteराजेशजी,
ReplyDeleteहुन त तपाइले 'कमेण्ट ठिक लागेन' भन्नु भएको छ, त्यस अर्थमा मैले जबाफ दिनु पनि अप्रासंगीक हुन जान्छ ।
तर जहाँसम्म कथाको कुरा छ मैले कथामा भने कुनै धर्मले मान्छे बिगार्यो भन्ने आशय व्यक्त गरेको छैन ।
यो कथा 'परिवर्तन'को बारेमा हो, आफ्नोपन गुमाउने संघारमा पुगेको नेपाली मौलीक संस्कृतिको बारेमा हो ।
कुनै पनि धर्मले मान्छेलाई बिगार्दैन भन्ने बारेमा बिबाद गर्नु मलाई पनि आवश्यक लाग्दैन । तर समग्रमा सञ्चार क्षेत्रको असिमित बिकास र पश्चिमि संस्कृतिको आयातसंगै हाम्रो संस्कृतिको मौलिकतामा परिरहेको प्रतिकूल असरलाई नकार्नु र हेरक परिवर्तन सहि नै हुन्छ भन्नु पनि त्यत्तिनै गलत हुने छ।
मलाई लाग्छ तपाई पनि मेरो कथाको पात्र जस्तै व्यक्तिले नेपालको प्रतिनिधित्व गरोस भन्ने पक्कै चाहनु हुँदैन :)
रचनात्मक टिप्णिको लागि धन्यवाद ।