मलाई प्राय: साथीहरु सोध्ने गर्छन; “ब्लग किन लेखीन्छ ?”, अनी म पनि सायद भिन्न भिन्न प्रश्नकर्ताहरुलाई मौका, स्थिति र प्रश्नकर्ता र आफू बिचको सम्बन्धको आधारमा फरक-फरक जबाफ दिन्छु होला, किनकि यस्को कुनै निश्चित र बनिबनाउ जबाफ मसंगै पनि छैन । कहिलेकाहि आफैं सोच्छु साँच्चै ब्लग किन लेखिन्छ त !। हिजो फेरी एकजना सहकर्मीले यहि प्रश्न गरे, ‘पत्रकारहरु पत्रिकाको लागि लेख्छन, तर ब्लगरहरु केका लागि लेख्छन ?”
हुन पनि हो, न त हामी पत्रकार, न साहित्यकार नै, तैपनि हामीहरु निरन्तर लेखीरहेका छौं। कसैले पढेपनि लेख्छौं, कसैले नपढेपनि लेख्छौं । यो नशा हो, तर नशा भन्दा बाहेक पनि अरु केहि छ। सोच्दा सोच्दै मलाई अचानक ओशोको कुनै किताबमा पढेको एउटा रोचक ऐतिहासिक घटना याद आयो :
तानसेन, बादशाह अकबरको दरबारमा संगीत सुनाउँथे। उनी अकबरका ‘नव रत्न’ हरु मध्यका एक थिए र ऐतिहासिक संगीत सम्राटको रुपमा हालसम्म पनि उनको प्रसिद्धिमा कमि आएको छैन।
अकबर आफैं पनि संगीतको गहिरो पहिचान भएका व्यक्तिको रुपमा गनिन्थे र उनी तानसेनका ठूला प्रशंसक थिए । उनी सधैं खुल्ला दिलले तानसेनलाई ‘संगीतको जादूगर’ र ‘दुनियाँको सर्बश्रेष्ट संगितकार’ को रुपमा प्रशंसा गर्थे । तानसेन भने सधैं भन्ने गर्थे “म त मेरो गुरुको चरणको धूलो बराबर पनि छैन … ” हरेक पटक आफ्नो प्रिय संगीतकारबाट यस्तै बचन सुनेपछि अकबरलाई तानसेनको गुरुको संगीत सुन्ने तिव्र ईच्छा पैदा भयो र उनले तानसेनलाई आफ्नो गुरुलाई ससम्मान दरबारमा बोलाउने आग्रह गरे ।
तानसेनको गुरुको नाम थियो स्वामी हरिदास, जो कृष्ण चेतना प्राप्त गरेका र एकजना सन्त थिए। उनी मनमौजी र आफ्नै मर्जीका मालिक भएको र केवल परमात्मा प्राप्तीको खुमारीमा मात्रै गाउने भएकोले हरिदास कसैको समारोहमा गाउँदैनथे र उनलाई अकबरको दरबारमा हाजिर गराउनु सम्भव थिएन । तर, हरेक पटक तानसेनको मुखबाट हरिदासको बारेमा गहन आदर, अत्यन्त प्रशंसा सुने पछि अकबरलाई भने हरिदासको संगीत सुन्ने पागलपन सबार भयो र उनले तानसेनलाई जसरी भएपनि हरिदासको संगीत सुन्ने व्यबस्था मिलाउन भने ।
हरिदास बृन्दावनमा यमुना नदिको तटमा कतै डेरा जमाएर बस्थे। अत: तानसेनले अकबरलाई पनि कुनै दिन झिसमिसे मै लुकेर त्यहा गएर संगीत सुन्ने बाहेक अर्को उपाए नभएको बताए । संगीतका पारखी भएका र अत्यन्त उत्कठ ईच्छाका कारण अकबर पनि राजी भए।
एक दिन बिहान, ब्रह्ममूहुर्तमा अकबर र तानसेन हरिदासको कुटि समीप पुगे, अकबर एउटा रुख पछाडि लुके र हरिदासको संगीतको प्रतीक्षा गर्न थाले। केही छिनमै कृष्ण चेतनामा डुबेका हरिदासको तानपुराले मौनता तोड्यो र त्यहाँ अलौकिक संगीत गुञ्जायमान भयो । रुखको पछाडि लुकेर बसेका अकबर उनको शास्त्रीय संगीतको जादूमा मूर्तिबत भए। जति जति हरिदास गाउन थाले, त्यति त्यति अकबर अन्तरजगतमा प्रवेष गर्न थाले। हरिदासको संगीतको यस्तो जादू थियो, मानौ समय नै रोकीयो, उनको संगीतको आरोह अबरोहमा अकबरको तन-मन मात्रै हैन आत्मा नै झुल्न थाल्यो । उनले आफू बादशाह भएको मात्रै भुलेनन्, अकबरबाट बिस्तारै ‘स्व’ भाव नै हरायो र उनी हरिदासको संगीतमा एकाकार भएर संगीत मै लीन भए ।
भनिन्छ हरिदासले गाएका राग मल्हारका कारण वृष्टि समेत भयो। चैतन्यको शिखरमा पुगेका हरिदासको संगीतमा लीन अकबरलाई आफ्नो देहको पनि ज्ञान बाँकी रहेन र उनलाई यी कुनै पनि प्राकृतिक उतार चडावको होसै भएन।
संगीत सक्किए पछि तानसेन हरिदासको आश्रमबाट बाहिर निक्लीए। बाहिर अकबर मंत्रमुग्ध र लगभग मुर्छित हालतमा थिए। एकैछिनमा होस सम्हालेर निथ्रुक्क भिजेका अकबरले भने “… हो रहेछ, तिमी साँच्चै आफ्नो गुरुको एउटा सानो अंश जत्ती पनि रहेनछौ” ।
अकबरले सोच्न पनि सकेनन् कि, कोहि एकजना सन्त संगीतमा यती पारंगत हुन सक्छन, जस्को आबाजमा समय नै थामिन्छ । उनले तानसेनलाई सोधेछन “ … हैन यस्तो गुरुको चेला भएर पनि तिमी र तिम्रो गुरुमा किन यस्तो भिन्नता ? ”
तानसेनले जुन जबाफ दिए त्यो सुन्न लायक छ । उनले भनेछन “ महाराज, म केही पाउनको लागि गाउँछु, तर मेरो गुरु केहि पाईसकेकोले गाउँछन … ” ‘… मलाई गाउनु पर्छ, तर उनी आफ्नो मस्तीमा गाउँछन”।
मलाई लाग्छ, हामी पनि केहि पाएर बाँढने क्रममा लेख्छौं, केहि कुरामा अरुको भावना जान्न लेख्छौ र केहि कुरा आनन्दमा लेख्छौं ।
पत्रकारहरु माथीको घटनाका तानसेन जस्तै हुन, उनीहरुलाई बन्देज छ, उनीहरु कैयौं पटक, सायद चाहेर पनि ब्लगर जस्तो मुक्त भएर लेख्न सक्दैनन। साहित्यकारहरुलाई आफनो छवि र प्रतिष्ठाको समेत चिन्ता हुन्छ र उनीहरु पनि ब्लगरको दाँजोमा खुल्न सक्दैनन । हामी निर्बन्ध छौं । भलै हामीले हरिदासको जस्तो आध्यात्मिक उचाई छोएका छैनौं, वा तानसेनको जस्तो आफ्नो बिधामा महारथ हासिल गरेका छैनौं, तर हामीले जे पाएका छौं र जे देखैका छौं त्यो बाँढन, र त्यस बारेमा अरुको धारणा जान्न हामी सधैं लालायीत हुन्छौं र हामी लेख्छौं । अब फेरी कसैले सोधेमा म यहि भन्छु “ मैले पनि केहि पाएको छु र म पनि पाएको कुरा बाँढन लेख्छु ”।
(कमसेकम यहि बहानामा एउटा ऐतिहासिक घटना त सबैलाई बाँढें !:)
मैले केहि पाएको छु र म पाएको कुरा बाँढन लेख्छु !
ReplyDeleteएकदमै चित्त बुझ्यो ।
अनि अकबर, तानसेन र हरिदास को कथा पनि निकै राम्रो लाग्यो । यो कुरा बाँड्नुभएकोमा धन्यवाद !
साह्रै चित्त बुझ्यो! पहिला ओशोकै प्रवचनमा पढेको भएपनि सुन्दर कथाले दिमाग फेरि ताजा गराईदियो।
ReplyDeleteकुनै लोभ वा कुनै सीमाबाट मुक्त भएर लेख्न पाउनुनै ब्लगिङको सौन्दर्य हो। यहि सौन्दर्य हो जसले ब्लगरहरुलाई निरन्तर प्रेरणा दिईरहन्छ।
Perfect! I liked the story...and I agree with you once again.
ReplyDeleteसबै को ब्लग भन्दा फरक ब्लगगिङ गर्ने र अरु भन्दा फरक प्रकारको प्रस्तुती गर्ने दिलिपजीको यो टासो पनि मलाई मन पर्यो। हुन त यो कथा मैले पहिले पनि सुनेको र पढेको थिए तर ब्लगगिङको प्रसँग सँग राम्रो सँग जोड्नु भयो।
ReplyDeleteलेख पढेर ब्लग र ब्लगरका बारेमा धेरै कुरा जान्ने मौका पाइयो । पत्रकार र ब्लगरको बारेमा तुलनात्मक रुपमा विश्लेषण गर्नुभएको छ । पत्रकारहरु पनि धेरै खालका हुन्छन् र ब्लगर पनि
ReplyDeletesperb! when i went through the hyptotising story, I forgot for the time being the topic of the blog. Like Akakar I am returned back to the BLOGGINg.
ReplyDelete“ महाराज, म केही पाउनको लागि गाउँछु, तर मेरो गुरु केहि पाईसकेकोले गाउँछन … ”
This story never fails to entice me.
We are bloging not as purpose but as expression...
Thank you Dilipji
आहा दिलीपजी साह्रै सुन्दर मन छुने दृष्टांत सुनाउनु भयो, मैले चाहि पहिले सुनेको थिइन,पढ्दै जादा एकछिन आफुलाई अकबरसंग तुलना गरेर हेरे, यौटा सानो समय - लाग्यो शायद म पनि मुग्ध हुदैछु । ब्लग लेखन र अध्ययन दुबैलाइ संगीत जस्तै लाग्न थालेको छ !
ReplyDelete(कमसेकम यहि बहानामा एउटा ऐतिहासिक घटना त सबैलाई बाँढे !:)
ReplyDeleteनिसंदेह दिलीपजी , साह्रै रोचक कथा भएको टाँसो ।
tapaiko lekhne saili malai maan parchha. kehi pauna ko lagi bhanda payera gareko aavibyktiko ananda badhi hunchha. malai tapiko lekh sarainai mana paryo.
ReplyDeleteकथाको अन्त्यमा मुसुक्क नहाँसी रहन सकिन | हो यस्तै यस्तै कारणहरुले त हो नि फेरी फेरी लेख्न मन लाग्ने | साह्रै रोचक कथाको लागि दाजुलाइ हार्दिक धन्यबाद....
ReplyDeleteरोचक र चित्त बुझ्दो कुरो प्रसँग दिलीप जी
ReplyDeleteहो दिलिप जी मलाई पनि चित्त बुझ्यो तपाइले कुनै मित्रको सवाललाई उत्तर बनाएर लेखेको यो टाँसो । ब्लग आ-अफ्ना भावना र मनका तरङहरुलाई बिसाउने सफा कागज जस्तै लाग्छ मलाई पनि । कसैले पढोस या नपढोस ।
ReplyDeleteमैले पनि यो कथा कता कता पढेको थिए । मिठो बिषय मा भेटिएको उत्तर् ।
nice story...explains the reason for the urge to keep blogging!
ReplyDeleteएकदमै सही !
ReplyDeleteपाएर लेख्ने र पाउनलाई लेख्ने तुलनात्मक भेदले ने ब्लगिङको उँचाइ, महत्ता र मस्तीलाई प्रस्ट्याउँछ । किन लेख्छौ भन्ने जवाफमा यही नै हो भन्ने सूत्रात्मक वाक्य त अगाडि सार्न त असम्भव नै छ, व्यक्तपिच्छे कुरा आउँछ ।
समग्रमा मस्तीको लेखाइ र निर्बन्ध र नि:स्वार्थ मनखोलाइ नै ब्लगिङ हो भन्नेमा दाइको कथावाचन र प्रस्तुतिले अझ अरू बल थपेको छ ।
वाह वाह ! नै भनेँ यो टाँसोलाई ।
चित बुझ्यो दिलीप जी - हरिदास संग ब्लगरहरुलाइ दाज्नु भएको मा - पकै नै हामी तानसेन जस्तो चाहि होइनाऊ |
ReplyDeleteजे गर्छु आफुखुसी गर्छौ - त्यसैमा हामीलाई रमाइलो र आनन्द पनी छ | यती राम्रो टासोको लागी धन्यबाद !
(हामी पनि केहि पाएर बाँढने क्रममा लेख्छौं, केहि कुरामा अरुको भावना जान्न लेख्छौ र केहि कुरा आनन्दमा लेख्छौं ।)
ReplyDeleteसारै राम्रो प्रसँग जोड्नु भयो दिलिपजी, ब्लगिङमा तानसेन्, हरिदास अनि अकबर को ।