स्थिति: संसारको कुनै कुनामा एउटा यस्तो देश थीयो, जहाँ- प्रशासकहरु योजना बनाउँथे, प्राविधिकहरु प्रशासन चलाउँथे । व्यापार गर्नलाई विद्यालय खोलिन्थ्यो, चुनाव जित्नलाई असत्य बोलिन्थ्यो । समाचारको नाममा दलद्वारा एकपक्षीय पत्रिका चलाइन्थ्यो, सत्याग्रहको नाममा नेताद्वारा राष्ट्रिय सम्पत्ति जलाइन्थ्यो । हाकिमहरु इमान्दारिको नारा दिएर कराउँथे, दस्तुर बुझाउन नसक्नेका फाईलहरु अफिसबाटै हराउँथे ।
प्रगति: चाकडिवाजहरु पोसिन थाले, इमान्दार कर्मचारीहरु खोसिन थाले । नेताहरु देश भुली, कुर्सीमै रमाउन थाले, शिक्षकहरुले चक डस्टर छाडी झण्डा समाउन थाले । पार्टीका अयोग्यले पनि उच्च पद पाउन थाले, बुद्धिजिवी र शिक्षितहरु विदेश धाउन थाले। शहरमा उपचार महँगो भएर बिरामी मर्न थाले, जिल्लाका अस्पतालमा पिउन पालेले अप्रेशन गर्न थाले ।
परिणति: सरकारी स्कूलमा पढ्नेलाई कसैले मानेनन् , बोर्डिङमा पढ्नेले आफ्नै भाषा पनि बोल्न जानेनन्। देशमा विदेशी छिर्न थाले, आर्थिक स्थिति गिर्न थाले । नेताहरु आ-आफैं लड्न थाले, भ्रष्टाचार दिनदिनै बढ्न थाले। धर्म र परम्परा मैलिन थाल्यो, देशमा विदेशी संस्कृति फैलिन थाल्यो । योजनाहरु सबै मन्द भए, बिकास निर्माण बन्द भए ।
समष्टि: संसारको कुनै कुनामा एउटा यस्तो देश थियो, अहिले पनि त्यस्तै छ पचास बर्ष अगाडि जस्तो थियो ।
(कान्तिपुर साप्ताहिक: ३०-०६-२०५५)
सरकारी स्कूलमा पढ्नेलाई कसैले मानेनन् , बोर्डिङमा पढ्नेले आफ्नै भाषा पनि बोल्न जानेनन्।, I am also from sarkari school, sarai garo Kam pauna lai.
ReplyDeleteNepal the best answer of this matter. Nice story. I like it. But sorry Dilip ji there is no any way to go through remixed version of this story.... I hope my grandson could…..hahahah. Hope you understand. Anyhow it’s fantastic. and admirably fine.
ReplyDeleteनेपालको यथार्थ तस्बीर! साह्रै सटीक!
ReplyDeleteAnnonymous jee, पिर नलिनुस्... कतिपय कुराहरुमा सरकारी स्कुलमा पढेर धेरै कुरा जानिन्छ.. पैसा त जती कमाएपनि पुग्ने होइन क्यारे.. अनी जती भए पनि पुग्छ पनि
ReplyDeleteसुन्दा भा-भय भए पनि, हाम्रो दुर्भाग्य यो नै यथार्त हो । बिल्कुलै सहि चित्रण ।
ReplyDeleteलघुकथामा यथार्तको आगो बाल्नलाई त दिलीप दाई निकै अगाडी नै हुनुहुन्छ । अझ आफ्नै देशको अनुहार लेखको पृष्ठभुमीमा कोरीनुले नबुझ्नेले पनि सजीलै सम्झन सक्ने हाम्रो देशको एकादेशको कथा ।
ReplyDeleteदेश जब जब दुख्न थाल्छ, अनि यस्तै कथारुपी व्यथाहरु कोरिन थाल्छन । साह्रै मार्मिक प्रस्तुति, जसले घरको बेथितिको सटिक चित्रण गरेको छ । म त भन्छु, पचास बर्ष अघिको जस्तो पनि छैन त्यो देश- लर्खराउदै विकासका दुइ चार पाइला त हिड्यो होला, तर धेरै बिग्रेको छ हालत- भत्केको छ व्यबस्था,र बढेका छन - सामाजिक राजनीतिक वेमेल र विसंगतिका अनगिन्ति भड्खाराहरु, जहा जाकिदै छन दिनदिनै त्यस देशका मान्छेहरु ।
ReplyDeleteएका देश को कथा त मेरो देश कै पो रहेछ - दिलीप जी ! यसरी थाहा पाउदा पनी - गर्न केही सकिएको होइन - अब्यबस्थित देशको लाचारी जनता भएर बस्नु परेको छ |
ReplyDeleteAnnonymous jee, सरकारी schoolमा पढ्नेले काम् पौन गाह्रो हुन्छ भन्ने चै म मान्दिन। i am also from govt school and i am working in a good company. what i know is if you have skill you can get job
ReplyDeletebut the thing is that one dedicated leader can change whole country.
यो एकादेशबाट जति टाढा भए पनि यसले सताउन छोडेको छैन | यसको कथा भनौ या ब्यथा भनौ निरन्तर उस्तैनै छ | आँखीर यो एकादेश भुलेर बाँच्न पनि सकिने हैन क्यारे ! मनमै राखिरहूँ भन्दा पनि पोलिरहन्छ एकनासले |
ReplyDeleteदिलीप आचार्यजी के भनौ कथाले सारै आकर्षण दियो | यसलाई आफ्नै देश नबुझेर खालि काथा मात्रा बुझेर हेर्ने हो भने pani रोचक पृथकता र मिठास छ | कथा भित्र कविता पनि पाएँ मैले ,देवकोटाका निबन्ध जस्तो |
अर्को लेखको प्रतिक्षामा |
हो, सोह्रैआना ठिक हो । बिडम्बना त्यो देश हाम्रै देश नेपाल थियो ।
ReplyDeleteA perfect description! simply loved your excellent writing skills. though it made me feel upset about the situation of my home country once again...
ReplyDeleteYa Dai, That country is our. I liked your story where musical words have been fixed.
ReplyDeleteNo words to express sorrow about condition of our country.
रमाइलो कथा राख्नुभएको रहेछ ।
ReplyDelete