05 September, 2009

अमर आत्मा र जिउँदो लासहरु !

दक्षीण भारतीयहरुको आफ्‍ना नेता र अभिनेताको प्रतिको सम्मान र ‘क्रेज’ को बारेमा धेरै कुराहरु सुनेको थिएँ। करिव तीन बर्ष देखि दक्षीण भारतमै भएर पनि सिनेमा हेर्ने खासै सौख नभएको र राजनीतिमा त झन आफ्नै देशको गाईजात्रे तालका कारण अलिकता पनि चाख नरहेकोले सो कुराहरु बुझ्न कहिल्यै लागीनँ ।

यदा-कदा पत्र-पत्रिका र टेलिभिजनको माध्यमबाट भने यहाँका आम जनताले आफ्ना नेता र अभिनेतामा दर्शाउने अपार श्रद्धा र आस्थाको भने मलाई झलक मिलिनै रहेको थियो । कुनै पनि लोकप्रिय नायक-नायीकाको मन्दिर बन्नु यहाँ सामान्य कुरा नै हुन भने राजनैतीक नेताकोलागि ‘जे पनि गर्न तयार रहने’ यहाँका मानिसहरुको केही झलक भने अघिल्लो चुनावताका मिलेको थियो । ति हाम्रा लागि विल्कुलै नौलो र “अचम्म लाग्ने” घटना समेत हुँदा हुँदै पनि आफ्‍नो देशको घटना नभएका कारण त्यस बारेमा लेख्‍न जाँगर चलेको थिएन ।

तर यस पटक भने मेरो सामान्य सोच भन्दा बाहिरको घटनाहरु घटेकाले यहाँ लेख्दैछु ।

यसै हप्ता, म बस्ने आन्ध्र प्रदेशका मुख्‍य मन्त्रि श्री येदुगुड़ी सन्दिंती राजशेखर रेड्डीको एउटा हेलिकप्टर दूर्घटनामा मृत्यु भयो । लगातार दोस्रो पटक मुख्य मन्त्रिमा बहुमतका साथ विजयी भएका यिनको लोकप्रियताको बारेमा मैले खासै लेखी रहनु पर्दैन । सन २००३ ताका यहाँ तेलगु देशम पार्टिको सरकार थियो, जुन सरकार सूचना क्रान्तिसंगै विकास गर्ने भनेर लागी परेको थियो । तर सामान्य परिवारमा जन्मेर हुर्केका यि नेताले ७५% भन्दा बढी खेतीमा निर्भर रहेका जनता भएको ठाउँमा समग्र विकास गर्न कृषक देखि समाजमा उपेच्छित र दबित तप्कामा लक्षीत योजना ल्याउनु पर्ने र सूचना प्रविधिलाई पनि साथ साथै तर सन्तुलित तबरमा लानु पर्ने यथार्थवादी जागरण ल्याए र वहुमतका साथ सरकार गठन गरे ।

सन २००३ मा गाँउ-गाउँसम्म पदयात्रा गरेर साधारण भन्दा साधारण जनताको बिचार बुझ्ने उनका सुझबुझका कारण १० बर्षसम्म प्रतिपक्षमा रहेको कांग्रेस विजयी भयो र ५ बर्षसम्म सरकारमा पनि रह्यो । यसपाला पनि करिव २ महिना अघि मात्रै यिनि अर्को ५ बर्षकोलागि मुख्य मन्त्रि बनेका थीए । साना किसानका लागि नि:शुल्क बिजुली र गरिबको लागि २ रुपैया प्रति किलोको चामल वितरण गरेर यिनले साँच्चै नै समाजका पिछडिएका वर्गको हितमा ‘देखिने’ सुधारहरु गरेका थिए ।

अचानक, गएको विहिवारको दिनमा उनको निधन भयो । सायद यसको खवर भने कुनै न कुनै रुपमा संसारभर फैलियो पनि होला ।

तर यिनको मृत्युसंगै फैलिएको अन्य सैयौं मृत्यु र आत्महत्या खवरले भने सायद सवैतिर स्थान नभेटेको हुनसक्छ ।

विहिवारको दिन उनको मृत्यु भएको औपचारिक घोषणा हुने बित्तीकै पुरै प्रदेशभर गम्भीर शोकको बादल मडारीयो र तुरुन्तै उनका प्रशंसक र ‘अनुयायी’ हरुको ह्रदयघातका कारण मृत्यु भएका र आत्महत्याका समाचारहरु आउन थाले । सामान्य किसान देखि उच्च शिक्षा हासिल गरेका अनि उमेरको हिसाबमा किशोर, युबा, महिला र बृद्धहरुको नाम समेत यसमा समेल थिए ।

हिजोँका दिनसम्म करिव ५० जनाको मृत्युको खवर चर्चामा रहेको थियो भने आज विहानको पत्रिकाको खवर झस्काउने खालको छ । आज सम्ममा यहाँ २१६ जनाको मृत्यु भैसकेको छ । यसमा आत्महत्या गर्नेको संख्या ३६ जना रहेको बताईएको छ । अर्थात १८० जनाको भने ह्दयघातका कारण मृत्यु भएको छ । पुरै राज्यमा शोकको माहौल छाएको बेलामा यस्ता घटनाले खतरनाक मोड लिन थालेको देखेर स्व. मुख्यमन्त्रिका छोराले हिजों सञ्चारमाध्यमबाट सबैलाई “यस्तो उग्र कदम नउठाउन र यस्ता कदमले स्वर्गीय आत्मलाई शान्ति नमिल्ने” समेत आह्वान गर्नु पर्‍यो ।

हुन त यो प्रसंग उठाउनु उचित कुरो हैन र कसैको मृत्युमा आफै मर्नु पनि गलत कुरा हो । तर यो २-३ दिन बिचमा नचाहँदा नचाहँदै पनि मनमा आफ्नै देशको बारेमा यस्तै घटनाको कल्पनाहरु आए । सोच्दैछु, हामीकहाँ कुनै नेताको मृत्यु भएमा सामान्य नागरिकको त्यसप्रतिको रवैया कस्तो हुन्छ ? ।

यो घटनाले यि नेताको महानता र जनताको मनमा बसेको उनको छविलाई उजिल्याएको छ भने साथसाथै (ह्रदयघातका कारण मर्नेलाई भिन्दै राख्दा पनि) सनक वा क्रेजका कारण कसैको मृत्युमा आफैले मृत्यु वरण गर्दा परिवार र समाजमा झन कस्तो प्रतिकूल प्रभाव पार्छ भने र पनि दर्शाएको छ । कसैको मृत्युमा आफै मर्नु मूर्खता मात्रै हैन हुत्तिहारापन पनि हो ।

खाली विदेशिसंग दलाली गर्ने, ठगी खाने र जनता मार्ने कुरा मात्रै सिक्ने हाम्रा नेताहरुले कास, यस्ता नेताहरुको जीवनबाट केही सिक्दाहुन त कस्तो हुन्थ्यो होला ? । ईश्‍वरले यिनको अमर आत्मलाई शान्ति दिउन र हाम्रा जीवित लाशहरुलाई सदबुद्धी !

यसै समाचारसंग सम्बन्धित केहि पत्रिकाका स्र्किनशट र लिन्कहरु : (समाचारलाई ठुलो बनाएर पढन तलका स्क्रिनशटमा क्लिक गर्नुहोला- चित्र आफैं अर्को पेज वा ट्याबमा खुल्नेछन)

Sad news

sad news 1

For whom the bells toll? YSR. And 124 others

जानें..रेड्डी की मौत पर 68 लोगों की आत्महत्या का कारण

15 comments:

  1. दिलिप जी , यो लेख पढेर धेरै कुराहरु सोच्न बाध्य भएँ । नेपालको बर्तमान राजनितिक परिबेषलाई हेरेर छिमेकी राज्यको यस घटनासँग तुलना गर्न सकिएला ? राजनिती फोहोरी खेल हो भन्ने सर्बमान्य सिद्दान्त के गलत हो ? आदी ।
    यो घटना पढेपछी नेपालका नेता भनाउदालाई यती भन्नु छ मलामी मा कार्यकर्ताको होईन जनताको लर्को लगाउने सदबुद्धी भगवानले दिउन ।

    ReplyDelete
  2. जानकारीमुलक लेखको लागि धन्यवाद दिलिप जी !
    यस्ता मृत्‍यु सगैँ आएका मृत्‍युहरु तथा आत्महत्याहरुका कथाहरु यदाकदा त सुनेका हुन् ।
    वास्तबमै यस्ता कदमहरु बेठिक भएपनी मान्छेहरुले यो पछाडिको कारणहरु अथवा भनौ देह त्याग वा आत्महत्या गरिनुपर्ने बातावरण कसरी सिर्जना भयो। एउटा बलियो सहारा र आशाको केन्द्रबिन्दु अचानक सधैंको लागि बिदा हुँदा विश्वाशका दियोहरु निभी त्यो सगैं आफुलाई पनि बलिदान दिन तत्पर रहे , एउटा आदर्श मन्त्रिको निम्ती..
    म पनि उस्तै कामना गर्छु कास हाम्रा नेताहरुमा पनि कुर्सीका मोहमा तँ छाँड म छाँड गर्नु भन्दा आफ्नो स्वार्थ भन्दा माथि उठेर जनताका हकहितका निम्ती लागि परे जीवनमा धेरै कुरा प्राप्त गर्न नसके पनि मृत्‍यु चाँही पक्कै अर्थहिन हुने छैन ।

    ReplyDelete
  3. साँच्चै फरक र अचम्म लाग्दो ।

    ईश्‍वरले यिनको अमर आत्मलाई शान्ति दिउन र हाम्रा जीवित लाशहरुलाई सदबुद्धी !

    ReplyDelete
  4. अझै मर्ने क्रम जारी छ,
    ईश्‍वरले यिनको अमर आत्मलाई शान्ति दिउन र हाम्रा जीवित लाशहरुलाई सदबुद्धी

    ReplyDelete
  5. छिमेकी तामिलनाडुमा कुनै समयमा एमजी रामचन्द्रनको मृत्यु हुँदा सयौँले आत्मदाह र आत्महत्या गरेको पढेको धेरै भयो । इन्दिरा गान्धीको हत्यामा शिख बिरूद्धको आक्रोस र आत्महत्याको श्रृंखला झनै ठूलो थियो। आन्ध्रमा नै एनटी रामारावको मृत्यूमा उस्तै जुनून थियो मर्न तयार हुनेहरूको। यो पागलपन भारत र पाकिस्तानमा बढी नै छ किन हो कुन्नि । पोहोर साल बेनजीरको हत्यामा शोकाकूल बनेर आँफैलाई बिसर्जन गर्नेहरूको पनि लर्कै थियो।

    यो व्यक्तिलाई भगवान बनाउन चाहने मानसिकताको सामूहिक पागलपन हो भन्नुमा अन्यथा हुँदैन । वाइएसआर ले पछिल्ला निर्वाचनमा कांग्रेसलाई बहुमत ल्याएर जिताएका हुन र आन्ध्रको कांग्रेसीको जमातमा अहिले नै उनको विकल्प नहुँदा नहुँदै पनि उनको लोकप्रियता एकपक्षीय नै थियो भन्नै पर्छ । यस सन्दर्भमा उनका पिताको विवादास्पद जीवन र हत्या, आँफू क्रिश्चियन भएर आफ्नै नाताका अर्का क्रिश्चियन रेड्डीलाई तिरूपति ट्रष्टको प्रमुख बनाउने अनि त्यहीँ गएर डेढ किलो सुन चढाएर प्रचारमा आउने , आदि कार्यले वाइएसआर जे गरिरहेका थिए त्यो केवल राजनीतिका लागि मात्र थियो भन्ने नै हो । अनि हजारौँ एकड सरकारी जग्गा आफ्नो नाममा बनाएको र त्यसको विधानसभामा उनले गरेको स्वीकारोक्तिका बावजूद , उनको कांग्रेस पक्षीय लोकप्रियता कायमै रहनुमा हाम्रो द्क्षीण एशियाली मुलुकहरूको राजनैतिक दशा र हालको चित्र प्रष्ट हुन्छ ।

    यो स्वर्गीय वाइएसआरको आलोचना नभएर , उनी पनि बाँकि नेता जस्तै थिए भन्न मात्र खोजिएको सन्दर्भ हो । १९८४ तिर आँफुले मुख्यमन्त्री नपाएको झोकमा, पार्टीमा बगावत गराउने उनी , पदयात्रा दलित, किसान , माइनोरिटी कार्डका कुशल खेलाडी हुन पुगे र कालान्तरमा राजनीतिमा सफल बने ।उनी कांग्रेस शासित भारतीय राज्यहरू मध्येका उनी सबैभन्दा लोकप्रिय मुख्यमन्त्री थिए, र एउटा सफल राजनितिक नेताको असामयिक मृत्यूमा जनता शोकाकूल बन्नु सर्वथा उचित भए पनि , सबै कुरा त्यागेर मर्न तयार हुनु भनेको पागलपनको हदभन्दा केही हैन । यस्तो पागलपन अन्यत्र पनि होला तर , भारत र दक्षिनतिर अज बढी छ । कमसेकम हामी नेपाली भने यस्तो कुरामा धेरै सभ्य छौँ , हत्तपत्त मर्दैनौँ ।

    भारतको राजनीतिमा सस्तो राशनको नाराबाट पपुलिष्ट चुनवा लड्ने कुराको शुरूवात सायद जम्मूकाश्मिरको स्पेसल स्टाटसबाट प्रभावित छ । मुश्लीम बहुल काश्मीरीलाई आफ्नो बनाइराख्न १ रूपैयाँमा चामल ख्वाउने व्यवस्थलाई , पहिलोपटक अन्य राज्यमा ल्याउने एनटि रामाराव थिए। जसले १ रूपैयाँको चामल खुवाएर आन्ध्रमा ल्याण्डस्लाइड चुनाब जिते र पछि व्ययबार बढी भएर यो कायम गर्न नसक्दा उनलाई राजनैतिक घाटा पनि हो।

    शिवाजी गणेशन, एमजीआर, इन्दिरा गान्धी, एमटिआर, र वाइएसआर का मृत्यू र हत्याको पीडालाई सहन नसकी देहत्याग गर्न तम्सिने जीवनहरूलाई , हामी बाँचेकाहरूले आलोचना गरेर हल्का बनाउन पनि भएन । तर , अभिनेता र नेतालाई 'डेमीगड' को स्तरमा लगेर पुज्ने मनोदशाको 'बिजार' मेनिफेस्टेसन यो हो भन्नुमा अत्युक्ति रहन्न । मृतआत्मा प्रति श्रद्दाञ्जली !

    ReplyDelete
  6. I watched the whole episode on popular Indian TV channels who were constantly telecasting the unfortunate incident as 'an event'. However, it's a different issue and probably not the right time to discuss about.

    Now coming to the suicide cases, there have been instances of mourning people committing suicide, even in the past, after the deaths of their political idols (especially of actors turned politicians). But definitely, it has made me stunned to see such a wave of emotions after YSR's untimely death. At one side, it shows how popular YSR was in the state but on the other side, it is the extreme state of frustration and disappointment where people seem to have lost their hope completely. It's indeed a rare thing especially in the politics, however the mass hysteria is certainly a psychological problem to say the least. Life is precious and can't be thrown away for whatever reason.

    YSR changed the policy agenda for governance and tried to reach to the poorest segment of the society. We must appreciate it. and, I don't want to talk about our leaders who despite of being elected by the people, hardly think of reaching out to the people till the next election.

    ReplyDelete
  7. हो जब म यो खबर पहिलो पटक सुने, तब मलाई त अचम्म लाग्यो एकातिर भने अर्को तिर दु:ख पनि। अचम्म यो मानेमाकि कुनै नेताको मृत्युलाई जनताहरुले कस्तो दुखका साथ लिएको। आफ्नो बाबु मर्दा नमरेको त्यो आम जनता कुनै नेता मर्दा मर्ने भन्ने कुरा सानो हैन र दु:ख यो कुरामा की आज हेरेक नेपालीले हेरेक नेतालाई मरुन भनेर सरापेका छन् र काल किन आउदैन यिनिहरुलाई भनेर भनेको र सुनेको हामिले पाएका छौ। हामीले सबै भन्दा ठूलो तर सबै भन्दा खराब प्रजातान्त्रीक देश भनेको देशको यो अबस्था छ भने हामी सम्म कहिले आउने होला नेताहरु प्रति माया र सद्भाव जनताको।।

    ReplyDelete
  8. दिलिप जी बर्तमान परिपेक्ष्यको जल्दो बल्दो कुरालाई उठाउनु भएकोमा धन्यबाद ।
    देश र जनताको लागि मरिमेटेर गरेको सेवा र सत्कर्मबाट प्रभावित भएर नै आफूलाई काबु राख्न नसकी आत्महत्या गर्ने हरुको जमात बढेको कुराले प्राथमिकता पाएको पाए तर त्यसो भन्दैमा मर्नु नै एस एल आर को आत्माले शान्ति पाउनु या पुर्नजन्म लिनु भन्नु मुर्खता हो जस्तै लाग्छ । अमूल्य जीवनलाई अनाहकमा कसै प्रति समाहित गर्नु भन्दा ब्यक्तिको सिद्धान्त र आचरणलाई पालना गरेर धैर्य राख्नु नै उत्तम उपाय हो जस्तो लाग्छ । तर यहाँ मैले पनि केहि सोच्न सकिरहेको छैन की किन यसरी मर्नेको संख्या दिनानुदिन बढदैछ?

    यो बिषयमा दाजीले उठाएको कुराले फेरी उहि नेपाली फोहरी राजनितिलाई मज्जाले प्रतिबिम्बित गरेको छ । आखिर यतिका उदाहरण हरुका बिचमा लछारिदा अलिकति पनि सोझीने प्रयासमा नलाग्नु कस्ता नेता हुन हाम्रा? कमसेकम ति अमर आत्मालाई हेरेर जिउँदो लास भएर जिउँने बानिलाई त सुधार्नु नी ।
    सही निर्णयमा होस या बेहोसीमा परलोकतिर लाग्ने सबैमा चिर शान्तिको कामना ।

    ReplyDelete
  9. अति राम्रो प्रसंग दिलिप जि!म पनि यहिओ कामना गर्छु।कि हाम्रा नेता भनाउदहरुको पनि यि घटनाले सदबुद्दि पलाउन।अनि दिनेश जि को भनाई संगै सहमत जनाउछु कि हाम्रो नेताहरु मर्दा मलामिको रुपमा आफ्ना कार्यकर्ता मात्र होइन सरा देशबासि जनताहरु को साथ पाओस भगवानले चाडै सुद्बुद्दि देओस र सम्पुर्ण मिर्तात्माहरु प्रति हार्दिक श्रदान्जलि!!!!!

    ReplyDelete
  10. मलाई एकलव्यजीको प्रतिकृया साह्रै मन प-यो। रेड्डी लोकप्रिय थिए होलान् त्यो बेग्लै कुरो हो तर यो घटनामा समग्र दक्षिण एशियाको ब्यक्तिपूजक प्रवृत्ति बढी हावी छ। दक्षिण एशियाको राजनीतिक चेतना-स्तर एकदम निम्न छ र हामी भन्दा राम्रो भनिएको भारतमै पनि त्यो सस्तो-राशन भन्दा माथि जान सकेको छैन। भारतका यस्ता नेताहरु असाध्यै ईमान्दार र विकास-प्रेमी भईदिएको भए स्वाधीनता र लोकतन्त्रको झण्डै साठी वर्ष पछि पनि भारतको राजनीति सस्तो राशनमै अल्मलिईरहने थिएन।

    ReplyDelete
  11. गरीबका ति महान नेताको आत्मालाई शान्ती मिलोस । एउटा राजनेताप्रती जनतको कत्रो विश्वाश ? आत्महत्या गर्नु कायरता हो तर पनि ति समाजसेवी राजनेताले जनतालाई पक्कै केही गुन लगाएका थिए र उनी सँगै सबै मृत्‍यु रोज्न थाले ।

    ReplyDelete
  12. दिनेश जी, नेपालको बर्तमान राजनितिक परिवेशलाई हेरेर छिमेकी राज्यको यस घटनासँग तुलना गर्न सकिएला, नसकिएला वा राजनिती फोहोरी खेल हो कि हैन भन्दा पनि केही मात्रै राम्रो काम गरे पनि जनताको मनमा बस्न सकिने रहेछ भन्ने चाही यो घटनाले प्रमाणीत गरेको छ जस्तो लाग्छ ।

    आशा जी,
    मेरो ब्लगमा स्वागत र टिप्पणीको लागि धन्यवाद । पक्कै पनि हो कुर्सी मोह छाडेर जनताकोलागि केही गर्न लागी परेमा हाम्रा नेताहरुले पनि उच्च सम्मान पाउनेछन ।

    दीपक जी, उमेश जी, यो मर्नेहरुको शृङ्खला अझ कायम रहेको देख्दा मन नै ढक्क भएको छ सबैको आत्माले शान्ति पाउन !

    एकलव्यजी,

    हार्दिक आभार , यहाँको क्षेत्रीय राजनीति बारेमा अझ बढि खुलस्त पारिदिनु भएको साथै दक्षीण भरतीयहरुको “अन्धभक्ति” वा व्यक्ति पूजाप्रतिको आयाम सम्बन्धमा अझ बिस्तृत जानकारी दिनु भएकोमा ।

    तपाईले लेख्‍नु भएका केहि “ईश्यु” र केही भने “धार्मिक नौंटंकी” अनि अन्य “घपला” आदिका कारण वाइएसआर विबादमा नआएका हैनन्। मैले मूल पोष्टमा लेखेजस्तै यहाँको राजनीतिमा केही चासो नहुँदा नहुँदै पनि त्यस्ता केही विबादको बारेमा जानकारी भए पनि, एकजना ‘बाहिरिया’को दृष्टीबाट हेर्दा पनि यो क्षेत्रमा विगतका केही बर्षमा विकास निर्माण र प्रगतिका ‘देखिने’ सुचकांकमा सुधार आएको मान्नै कर लाग्छ ।

    वास्तबमा यस पोष्ट मार्फत मेरो ध्येय भने उनको आकस्मिक निधन पछि देखीएको उनका समर्थकहरुको कल्पनातित मृत्यु र आत्महत्याको शृङ्खलाको आधारमा उनको लोकप्रियता र हाम्रा नेतासंग दाँज्ने प्रयास मात्रै हो । यसभन्दा पहिला पनि यस्ता केही घटनाको बारेमा सुने र पढे पनि अहिले भने आफैं यहाँ रहँदाको अबस्थामा भएको यो घटनाले भिन्नै किसिमको मानसकिक प्रभाव पार्‍यो ।

    उनका समर्थकहरुको उच्च सम्मान कायम राख्दा राख्‍दै पनि मलाई पनि यो ‘डेमीगड’ को “भूत” यहाँका मानिसहरुबाट निस्कनुमै सबैको हित हुन्छ जस्तो लाग्छ ।
    दिपेन्द्र जी , कुनै पनि घटना वा दूर्घटनालाई ‘क्यास’ गर्ने यहाँको मिडियाको कुरा गरेर साध्य छैन, भय माथि त्राश र सूचना हैन सनसनी फैलाएर यसले स्थितिलाई झनै गम्भिर बनाउन मद्दत गरेको छ भन्दा फरक पर्दैन ।

    दुर्जेय जी तपाईले भन्नु भएजस्तै आफ्नो आमा बाबु मर्दा नमरेको त्यो आम जनता कुनै नेता मर्दा मर्ने कुरा, गतल भए पनि सानो भने पक्कै हैन । मैले यो टाँसोमा अलिकता ईशारा मात्रै गरेर छाडेको कुरा तपाईले लेख्‍नु भएको छ । थोरै मात्रै जनमुखी काम गरे पनि हाम्रा नेताले सराप खानु पर्दैन थियो ।

    सुर्य जि, संगम जी, यो घटनालाई कुनै पनि हालतमा सहि ठहर्‍याउन त सकिन्न तर यसै घटनाबाट नेता र जनता दुबैले पाठ सिक्नु भने पर्छ ।

    बसन्तजी, खुल्लामञ्च जी, भारतले साठी वर्षमा जे जती गर्न सक्थ्यो त्यो नगरेको वा गर्न नसकेको जग जाहेर छ, तैपनि हामीकहाँ भने ‘काम गरेर खाने’ वा ‘पहिला खाएरै भए पनि काम गर्ने’ सम्मका नेता पनि जन्मेनन् विडम्बना त्यहि हो ।

    आत्महत्या गर्नु कायरता नै हो तर यहाँ आत्महत्याले मर्ने भन्दा ह्रदयघातले मर्नेको संख्या धेरै बढी छ ।

    आजको समाचारलाई आधार मान्दा, मर्नेहरुको संख्या डरलाग्दो रुपमा ३४६ पुगेको छ । जसमध्य आत्महत्या गर्नेको संख्या ४८ छ भने बाँकी २९८ जनाको ह्रदयघातका कारण मृत्यु भएको छ ।

    यो नेताप्रति जनताको लगाव भन्दा पनि केही हदसम्म मानिसको अवचेतन मनमा समेत प्रवेश गरी सकेको ‘डेमीगड मेनिया’कै प्रभाव हो भन्दा फरक पर्दैन। यो सम्मोहित निन्द्राबाट दक्षीण भारतीयहरु छीट्टै ब्युझीँउन !

    सबैमा पून धन्यवाद ।

    ReplyDelete
  13. साथीहरु को राज्नीतिक घटनाक्रम को ज्ञान र बिस्लेशण क्षमता निकै प्रभावित गर्ने खालको रहेछ तर पनि हाम्रा अधिकान्स बहसहरु जस्ताइ यो घटना पनि बुद्धिबिलास को अर्को सिर्शक भयो जस्तो लाग्छ

    भारत मा नेता मर्दा मात्र हैन अन्न को मुल्य बढदा, बैंक को ब्याज बढदा वा ब्याज तिर्न नसकेर वा आरक्षण को बिबाद मा वा खडेरी पर्दा वा बढी आउँदा धेरै ले आत्महत्या गर्छन् हृदयघत हुने को त सन्ख्या अझै कैयौ गुणा होला..यै एउटा घटना को मात्र के कुरा ईन्डिया को सरदर सुसाइड रेट नै प्रती दिन ३०० भन्दा बढी र छ

    अनी अर्को कुरा दिलिप ब्रो तपाईं को ब्लग ले एकदम टेन्सन दियो खुल्नै गाह्रो खुले पछी कमेन्ट पास हुनै गाह्रो लौ न अब त केही गरौ

    ससार मै हुने आत्महत्यामा ईन्डिया को मात्रै १०% भन्दा बढी रहेछ .यही घटना मा आत्महत्या गर्ने को आर्थिक प्रिस्ठभुमी बारे अध्ययन गरे पनि धेरै कुरा थाहा होला.. र नेपाल मा छैन भनेर धेरै गर्ब नगरनुस् छोरी चेली लाई बेच्ने हरु यै देशका मान्छे हुन.. किन तेसो गर्छन् त ?

    जबसम्म हामी बिकास लाई GDP Growth को चस्मा लाएर मात्र हेर्छौ स्रोत र साधन को पहुच निस्चित बर्ग सम्म मात्र रहन्छ बिकास को समानुपातिक बितरण मा ध्यान दिदैनौ यस्ता घटना,ब्यक्ती पूजा, आतन्क्बाद, अस्थिरता जहिले पनि रही नै रहन्छ..

    र यस्मा राजनितिक नेताहरु मात्र हैन आफुलाई धेरै जान्ने सुन्ने भन्ठान्ने हामी जस्ता बुज्रुकहरु पनि जिम्म्मेवार छौ

    अनी अर्को कुरा दिलिप ब्रो, तपाईं को ब्लग ले एकदम टेन्सन दियो.. खुल्नै गाह्रो खुले पछी कमेन्ट पास हुनै गाह्रो... लौ न अब त केही गरौ

    अरे कुछ तो किजिये भाई साब

    ReplyDelete
  14. खाली विदेशिसंग दलाली गर्ने, ठगी खाने र जनता मार्ने कुरा मात्रै सिक्ने हाम्रा नेताहरुले कास, यस्ता नेताहरुको जीवनबाट केही सिक्दाहुन त कस्तो हुन्थ्यो होला ? । ईश्‍वरले यिनको अमर आत्मलाई शान्ति दिउन र हाम्रा जीवित लाशहरुलाई सदबुद्धी !

    aru ta k bhanne ra dilip daju aba janme dekhinai bharatko dusman bhayeko malai bharat ko barema ta kei bhannu chhaina tara tapaikao lekh baata udrid gareko tyo bhaag chai sarai man paryo ma pani yi hamra deshkaa kukur harulai yehi sallaha dina chahanchhu.........

    ReplyDelete
  15. रेड्डीको मृत्‍यु प्रकरणपछि भएको श्रिङ्खलाबद्ध मृत्‍युको सन्दर्भमा, भारतीय नेताहरूले केही गरेनन् भन्नु भन्दा पनि केही त गरे भन्ने कोणबाट हेर्नुपर्छ होला । उसले क्षेत्रीय राजनीतिको ठूलदाजुको हैसियतमा रहेर कसलाई दबायो, कस्तो जालझेल गर्‍यो, त्यो आफ्नो ठाउँमा छ । तर उसले ती तमाम खेल आफ्नो सम्मुनतताको लागि राष्ट्रिय स्वार्थको लागि खेल्यो । चाहे सस्तो रासनकै कोटिमा त्यहाँको लोकप्रीय नेत्रित्व टिकेको र बिकेको होस्, त्यतिसम्म पनि तिनको उठान हो । हामीले आफ्नो मुलुकसँग हाराहारी गरेर हेर्ने हो भने 'मान्छेको ज्यान लिने लोकप्रीयता' सस्तो रासन र जनसाधारणको जीवनयापनमा सहानुभूतिसम्म दिएर भए पनि आर्जन गर्न सक्नु ठुलो कुरा हो । अस्ती मुख्यमन्त्री रेड्डीको मृत्‍यु र त्यही कारण उनका शुभचिन्तकहरूको एकपछि
    अर्को मृत्‍युको सन्दर्भमा अफिसमा कुराकानी हुँदा एक सहकर्मी दाइले भनेको सम्झिन्छु - 'नेपालमा यसरी नेता मरेको भए मान्छेहरूले भोज गर्थे होलान् '
    किन ? हामी सबैसँग जवाफ छ ।

    ReplyDelete