एक
तिमी ईशाराले बोलाउँछ्यौं मलाइ ।
तिमी चञ्चलताले चलाउँछौं मलाइ।
म आफैंभित्र हराएको छु,
बाहिर खोजेर कहाँ भेट्टाउँछ्यौ मलाइ ।
दुई
हात्ती धपाई साँढे बन्नेको लाम छ ।
जो आए’नि खाने मात्रै काम छ ।
भ्रष्टाचारको विरोध गर्दै हिंडने संग,
खल्ति भित्र भर्खर बुझेको खाम छ ।
तीन
भावनालाई जत्ती लुकाउन खोजे पनि,
चाहनाका रेखाहरु तिम्रा मुहारमा देखिनेछन ।
मुखले अरुलाई जत्ति झुक्याउन खोजे पनि,
मेरो नामको प्रेमपत्र तिम्रै हातबाट लेखिनेछन ।
चार
धुम्म आकाश फाट्यो ।
कालो बादल हट्यो ।
तुवाँलो र बादल भित्र निस्क्यो ।
खग्रास सुर्य ग्रहण !
ताजा खामको सत्यता होस् कि उनको प्रेमपत्रमा आफ्नो नामको निर्धक्कता, आफु हराएको कथा होस् कि खग्राश सुर्य भेट्टाएको गाथा सबै टुक्रा बेजोड छन् !
ReplyDeleteएक दुइ तिन अनि चार ले निकै मज्जा चखायो !
ReplyDelete:)
"बाहिर खोजेर कहाँ भेट्टाउँछ्यौ मलाइ + खल्ति भित्र भर्खर बुझेको खाम छ,
मेरो नामको प्रेमपत्र तिम्रै हातबाट लेखिनेछन + खग्रास सुर्य ग्रहण !"
हा हा हा, यसो रमाइलो गरिहेरेको है !
दुई नम्बरको टुक्रा निकै चोटिलो लाग्यो है दिलिप सर!!
ReplyDeleteमलाई पनि दुई नम्बरको टुक्रा एकदमै गज्जब लाग्यो....
ReplyDeleteमलाई चाहिँ नं ४ ले निकै धत पर्यो है दिलिपजी।
ReplyDeleteमलाई पनि दुई नम्बरको टुक्रा एकदमै गज्जब लाग्यो
ReplyDeleteवाह वह वाह !
ReplyDeleteसबै टुक्रा एक से एक छन् रमाइला लागे
खाम बोक्ने वाला टुक्रा चाहि अझ बिशेष
हरेक टुक्रा हरु बेजोड छन दिलिप जी
ReplyDeleteम आफैंभित्र हराएको छु,
बाहिर खोजेर कहाँ भेट्टाउँछ्यौ मलाइ ।
सबै टुक्राहरुमा बेग्ला बेग्लै मजा भेटियो । स्वादिला ।
ReplyDeleteसाह्रै स्वादिष्ट टुक्राहरु! हिजै पढेको हो, धेरैचोटि दोहोराएर पढिसकें अहिलेसम्म।
ReplyDeleteकति राम्रा टुक्राहरू( सबैले टुक्रा भन्दा हाँस पनि उठीरा'छ) । तर सबैनै मनपर्यो मलाई त ।
ReplyDeleteपोटिला, रसिला अझ कसिला लागे यी टुक्राहरू । पढ्नुअघि टुक्रा थिए, पढिसकेपछि सग्ला बान्कीमा जोडिएर खँदिला बने ।
ReplyDeleteसारै चोटिला रहेछन ! मनपर्यो दिलीपजी ! ढिलो पो भए छु |
ReplyDeleteसबै टुक्रा एक से एक छन | मायालु नेता सबैलाई दनक दिन टुक्रा टुक्री काफी छन | चारै टुक्राको हार जिन्दगीको सिङ्गो बास्तबिकता हो |
ReplyDeletea beautiful write ! from sarcastic one,
ReplyDeleteभ्रष्टाचारको विरोध गर्दै हिंडने संग,
खल्ति भित्र भर्खर बुझेको खाम छ ।
to romantic one,
म आफैंभित्र हराएको छु,
बाहिर खोजेर कहाँ भेट्टाउँछ्यौ मलाइ ।
all are nicely crafted. simply loved them.
भ्रष्टाचारको विरोध गर्दै हिंडने संग,
ReplyDeleteखल्ति भित्र भर्खर बुझेको खाम छ ।
it's too good analysis