एउटा पोष्ट तयार गर्ने मात्र उस्को सोच हुन्छ ।
हरेक दृश्य, हर घटनामा ‘मसला’कै खोज हुन्छ ।
न खानाको स्वाद, न काममा मन छ आजकल,
बल्गमा नै तृप्ती अनि पोष्ट नै उस्को भोज हुन्छ ।
विरामी छ शरिर, औषधिको होस छैन,
टाँसोका हरेक कमेण्ट उपचारको डोज हुन्छ ।
न दान, न सेवा न पिउनुमै खुशी रह्यो,
ब्लग-ब्लग चहारेर खुट्टा तान्नै मोज हुन्छ ।
एउटा टाँसो नबनुन्जेल कान्तिक्षय भए पनि
एउटै पोस्ट तयार हुँदा अनुहारमा ओज हुन्छ ।
हा हा रमाईलो कुरा। हुन पनि अतीनै हुने रहेछ भन्या। लेख्न भन्दा बाहेक त मनमा केही पनि नआउने। जे कुरामा पनि र जुन सुकै कुरामा नि बल्गको मसला खोजीने तपाईले भने जस्तै। अनि यो कार्टुन त झन बबालै रहेछ। रमाईलो लाग्यो।
ReplyDeleteबास्तबमा बल्ग लेख्नेको लागी चाहीँ यो रोग नै हो। तर एउटा कुराले मलाई सधै कुतकुताई रहन्छ। बल्ग लेखक भएरै मैले बल्ग पढेको छु वा पाठक भएर त्यो चाही मैले छुट्टाउनै सकेको छैन। यदी यसो हो भने, बल्ग नलेख्नेहरुलाई कत्तिको नशाहुन्छ यो बल्ग पाठन कुन्नी।
जे भने पनि " एउटै पोस्ट तयार हुदाँ अनुहारमा ओज हुन्छ" चित्त बुझ्यो बाबै!!!
ब्लग लेख्नेलाई मात्रै होइन हो दिलिप गुरु पढ्ने बानी बस्यो भने पनि यस्तै ओज र मोजको कुरो हुदो रहेछ । आफ्नै ब्लग लेख्ने साहस नजुटे पनि अरुको ब्लग हेर्ने बानी बसे पछी जुवाडेले आसनै ठेला पारेको जस्तै ताल हुदो पो रहेछ। आज कल्ले नयाँ के लेख्यो हँ भन्ने हतारो सधैं। कस्ले कस्तो खाले कृया प्रतिकृया जनाउछ, कस्ले कुन बाटो रोजेको छ, कस्ले कतातिर यात्रा तय गर्दैछ, कस्को कलम कती तिखारिदै छ हेर्दा हेर्दै दाल भात र डुकुको जोरजाम पनि भुलिने। अनौठो चिज पो रहेछ यो ब्लग।
ReplyDeleteबडो रमाइलो लग्यो गजल!ब्लगको नशा र ब्लगरको (मनो)दशा!
ReplyDeleteवाह ! दिलीप दाई ब्लगरको दैनान्दिनी गजल मार्फत । नशा-नशा छामेर आम ब्लगरको मनोबृति सहज रुपमा गरेको प्रस्तुतिले लुछूरुप्पै भिजायो है मलाई पनि ।
ReplyDeleteएउटा टाँसो नबनुन्जेल कान्तिक्षय भए पनि
ReplyDeleteएउटै पोस्ट तयार हुँदा अनुहारमा ओज हुन्छ
वाह ! क्या मज्जाको गजल । मलाई यो टाँसो पढेर हाँसो उठेन, निकै संवेदनशिल लाग्यो यो गजल । ठ्याक्कै मेरै मनोदशाको प्रतिविम्ब उतार्नुभएछ जस्तो लाग्यो दिलीप दाईले ।
म त हर समय ब्लगलाई 'मिस' गर्छु काम गर्दा, पढ्दा, साथीहरुसँग गफ गर्दा पनि । अनि हरेक नयाँ विषय थाहा पाउनासाथ त्यसलाई नै टाँसोको रुपमा राखु कि जस्तो लाग्छ । :) तर यो दिमागले कहाँ सबैतीर सोच्न सक्छ । छेउटुप्पा नै मिलाउन नसकेपछि त्यसै छोडि दिन्छु त्यस विषयलाई, कति पटक त कागजको खेस्रा कोरेर डष्टविन पनि भरेको अनुभव छ ममा । जे होस् टाँसो टाँसीसकेपछिको आनन्द चाहिँ शब्दमा व्यक्त गर्न सक्दिन अनि प्राप्त कमेण्टहरुले हौसाउँछन् अझै लेख्नलाई ।
धन्न मलाई भने यदी विधी भने नशा चढी सकेको छैन :D
ReplyDeleteकहिले कांही भने त्यसैमा मस्त रहंदा अरु बांकी सबै बिर्सीने रहेछ :(
हरेकलाई मलाई नै भने जस्तो लाग्ने गरि मज्जाले लेख्नु भएछ | ब्लगमा मसलाको खोजिले कहिले काहिँ बाँकी जिन्दगी अपच पनि बनाएको छ |
ReplyDeleteगजल र माथिका प्रतिकृयाहरुले यथेष्ट बोलिसकेका छन्। आफू भर्खर बामे सर्दै भए पनि हालत उस्तै-उस्तै छ।
ReplyDeleteदिलिप जी ले - हरेक ब्लगर को मनोदशा खोतल्न सफल हुनु हुन्छ !त्यसको लागि धन्यबाद !!
ReplyDeleteवाह ! बहुत खुब ! ( चौथो शेरमा चैं मिसराहरुको सम्बन्ध बुझ्न गाह्रो भयो।)
ReplyDeleteचाहे त्यो जाम होस् वा प्रेयसी अनि ब्लग नै किन नहोस
ReplyDeleteमात जे को लागे पनि खोज त आफ्नो नै हुन्छ
जीवन मा पाउनु र गुमाउनु को कुनै हिसाब छैन
यो बेहिसाब खाता एउटा ब्लग को पनि हुन्छ
कवि ज्यु नहोला औ लेखक महासय विद्वान नहोला
पोस्ट गरिसकेपछि यो हावा पनि ब्लगर कसो नहोला
चिन्ता नगर ए दिलिप केहि फुरेन भने पनि
नफुर्नु को कथा पनि एउटा नया पोस्ट हुन्छ
Ramailo lagyo, malai pani yastai post ko rog lage tha hunthyo.. :)
ReplyDeleteKahile samaya namilne, kahile kuralai ramrai prastuti garna nasakda afailai man naparene..yastai yastai bhai rahecha, chadain dilipji ko jastai nasa lagos..
हा हा हा, गज्जब ले हाँसे म चाँहि ! यो सबैलाई व्यङ्ग्य हो या महात्म्य हो ठम्यामउनै मुस्किल ! हा हा हा
ReplyDeleteदिलिप सर, सहि हो । मलाई चाहीँ चौँथो शेर मन पर्यो । हा हा
ReplyDeleteबोल्ने कुरा सवै माथिनै आईसकेछन् । केहि थप्दिन म । आफ्नै भेद खुल्ने डर पो भो त हत्तेरी!!
ReplyDeleteयो रोग सवैको साझा रोग हो भनेर बरू आजै घोषणा गर्दिउँ न!!
हा हा हा! ढिला आइपुगेछु तर कथा मेरै हो यो।
ReplyDeleteविरामी छ शरिर, औषधिको होस छैन,
ReplyDeleteटाँसोका हरेक कमेण्ट उपचारको डोज हुन्छ ।
हा हा, कस्तो मज्जाको गज़ल तीर हान्नु भयो हँ ? घच्चिको गज़ल त यो पो हो त..... बाइ द वे, कथा त मेरो पनि हो है ............
अहिले पहिले जस्तो त छैन , अलिक सुधार आएको छ । जतिखेर पनि blog कै बारेमा सोचि बस्ने र त्यस्कै बारेमा कुरो गर्ने गर्दा (virtul world ले गर्दा) real world बाट टाढा गए झै भान भयो । So, I left blogging completely for some months so that i could get control of it .....so This is the story of me also but of past ....in now i am in control ....
ReplyDeleteBy the way ...Dilip Dai ...I left wordpress and came to blogspot ...hope u ll add me too in ur list ....
www.ametya.blogspot.com
ये बाब्बा ! कसरी पुग्नुभएको हो तपाई ब्लगर हरुको मन मंदिर सम्म.
ReplyDelete