कुनै पनि मानिसको श्वास सधैं एकै प्रकारले चलेको हुँदैन। एकै व्यक्तिको श्वासको गति पनि क्रोधको बेलामा छिटो र अव्यबस्थित, आनन्दको समयमा मन्द र ढिला साथै अन्य पृथक पृथका शारीरिक वा मानसिक अबस्थामा पनि त्यस्तै किसीमले फरक फरक हुन्छन । जसरी शारीरिक र मानसिक स्थिति फरक हुँदा श्वासको गति फेरिन्छ, त्यसरी नै यसको उल्टो प्रयोग पनि सम्भव हुनसक्छ र आफ्नो श्वास प्रश्वासको गतिलाई सन्तुलन, नियन्त्रण वा विस्तार गर्दा त्यसले हाम्रो शरीरमा मानसिक र शारीरिक प्रभाव पार्न थाल्छ । यही श्वास प्रश्वासको विधि सम्बन्धि विज्ञानलाई नै स्वर विज्ञान वा स्वरोदय विज्ञान पनि भनिन्छ ।
सानो- सानो चिजबाट पनि ठुला ठुला परिवर्तन गर्न सकिन्छ र स्वर विज्ञान वा योग दर्शनका सिद्धान्तलाई मान्ने हो भने कुनै पनि चिज जति सुक्ष्म हुन्छ त्यसको शक्ति पनि त्यति नै विराट र बिस्तृत हुँदैजान्छ । यही सिद्धान्तको आधारमा हाम्रा प्राचीन रहशयदर्शीहरुले यस विज्ञानको विकास गरेका थिए।
वैदिक दर्शनका अनुसार मानिसको शरीरमा, मन र बिचार पछिको सुक्ष्म तत्व श्वास नै हो र श्वास नै मानिसको शरीर र आत्मा बीचको सेतु पनि । यही सिद्धान्त र यसका केही सामान्य अभ्यासको प्रयोगबाट हामीहरु स्वस्थ हुने मात्रै नभइ, यसको सही प्रयोगबाट मानव शरीरमा केही असामान्य शक्ति समेत आउने बताईन्छ ।
हाम्रो शास्त्रहरुमा वर्णीत प्राणायाम पनि श्वास-प्रश्वासकै एउटा गहन वैज्ञानिक तरिका हो । हिन्दू, बौद्ध र जैन ध्यान पद्दतीमा पनि श्वास प्रश्वासको सहि र उचित प्रयोगबाट परमात्मा प्राप्ती, मोक्ष वा निर्वाणमा पुग्न सकिने बताईएको छ। यसरी हेर्दा श्वास प्रश्वासको सही प्रयोगबाट अपत्यारीला र आश्चर्यपूर्ण कामहरु समेत बन्ने देखीन्छ । प्रस्तुत लेखमा भने उपर्युक्त गहन विषयलाई छाडेर हाम्रा दैनिक जीवनमा कामलाग्ने केही उपयोगी कुराहरुको मात्रै चर्चा गरीनेछ ।
प्राचीन योगशास्त्र र अन्य ग्रन्थहरुले दायाँ नाकलाई सुर्य स्वर र वायाँ नाकलाई चन्द्र स्वरको संज्ञा दिएको छ । प्राकृतिक नीयम अनुसार नै हामीहरु कहीले सुर्य त कहीले चन्द्र स्वरबाट श्वास लीईरहेका हुन्छौं र सामान्यतया एउटा स्वरबाट करिब अढाई घडिसम्म बढि श्वास चल्ने र त्यसपछि आफैं परिवर्तन हुने बताईन्छ । साथै दुबै स्वर खुलेको बेलामा पनि सामान्यतया दुबैबाट समान मात्रामा श्वास चलेको हुँदैन । यही दुई स्वरहरुलाई सन्तुलन, नियन्त्रण र विस्तार गरेर हामीले धेरै समस्याहरु समाधान गर्न सक्छौं । वस्तुत: दायाँ र वायाँ स्वरका आफ्नै प्राकृतिक फलहरु पनि हुन्छन र सबैभन्दा पहिले यहाँ यसै बारेमा चर्चा गरीनेछ ।
सामान्यतया दायाँ स्वर चल्दा अध्ययन, व्यायाम, लेखन वा त्यस्तै सृजनात्मक कार्य गर्दा त्यो सफल हुने मानिन्छ भने चन्द्र स्वर सक्रिय रहेको बेलामा दान, सेवा वा घरायसी कार्यहरु गर्न सल्लाह दिईन्छ । दुबै स्वर चलेको बेलामा भने योग, जप, ध्यान आदि गर्दा सिद्धि मिल्ने बताईन्छ ।
यी बाहेक कुन स्वर खुलेको बेलामा के गर्ने र कुन कार्य सिद्धिको लागि कुन स्वरको प्रयोग गर्ने बारेमा सामान्य चर्चा:
- सुर्य स्वर खुलेको बेलामा पाचन प्रणाली सक्रिय हुने भएकोले सो समयमा खाना खाएमा खाना राम्ररी पच्ने भएकोले शरीर तन्दुरुस्त हुन्छ ।
- शरीर थाकेको बेलामा चन्द्र स्वरबाट श्वास लिएमा थकान मेटिन्छ र शरीरमा स्फूर्ती आउँछ ।
- कुनै पनि बेला शरीरमा पिडा भएमा कुन स्वरबाट श्वास चलेको छ सो हेरी तुरुन्तै स्वर परिवर्तन गरे पिडा विस्तारै कम हुँदै जान्छ ।
- आफ्नो सामुन्नेको व्यक्तिलाई प्रभावित गर्नु छ भने आफ्नो जुन स्वर बढी सक्रिय छ त्यसैतर्फ प्रभावित गर्नु पर्ने व्यक्तिलाई राखेर कुरा गर्नु पर्छ ।
- स्मरण शक्ति बढाउनको लागि दिनको समयमा सकेसम्म सुर्य स्वर र रातमा चन्द्र स्वरबाट श्वास लिने प्रयोग गर्नु पर्छ ।
- क्रोध, उत्तेजना वा नराम्रो बिचार मनमा आएको बेलमा जुनसुकै स्वर सक्रिय भएक भए पनि दीर्घ श्वास लिएमा क्रोध र उत्तेजना विस्तारै शान्त हुँदै जान्छ ।
- सिढीं वा उकालो चढ्दा श्वास छोड्दा भावपूर्वक छाड्ने र श्वास भित्र लिँदा भने शरीरलाई आफैं लिन दिएमा कम थकानको अनुभव हुन्छ ।
- पुरानो पिनास धेरैसम्म निको नभएमा पनि स्वर विज्ञानको प्रयोगबाट ठिक गर्न सकिन्छ । यसको लागि पहिला सुर्य स्वरमा बुढी औंला र चन्द्र स्वरमा कान्छि औंला अनि आँखीभौँ माथी माझी औँला र चोर औँला राख्नु पर्छ ।
अब बिस्तारै सुर्य स्वरलाई बन्द राखेर चन्द्र स्वरबाट श्वास लिनु पर्छ। लिन सकिने जत्ती श्वास भित्र लिएपछि चन्द्र स्वरलाई कान्छी औँलाले दबाएर सुर्य स्वरबाट श्वास छाड्नु पर्छ । त्यसपछि फेरि सुर्य स्वरबाट श्वास लिने र चन्द्र स्वरबाट छाडने—चन्द्र स्वरबाट लिने र सुर्यबाट छोडने । यो प्रयोग नियमित १० मिनेट गरेमा केही समयमा पिनासबाट छुटकारा पाउन सकिन्छ ।
माथी उल्लेख गरी सकिएको छ कि चन्द्र र सुर्य स्वरहरु प्राकृतिक रुपमा नै समय समयमा परिवर्तन भई रहन्छन । त्यसैले कुनै पनि कार्य आरम्भ गर्ने बेलामा आफुलाइ चहेको स्वर खुलेको नभएमा त्यसलाई प्रयत्न पूर्वक खोल्न सकिन्छ । यसरि प्रयत्न जनित स्वर परिवर्तनका लागि निम्न दुई तरिका विशेष रुपमा अपनाईन्छ :
पहिलो तरिका: जुन स्वर बढी सक्रिय छ सो भन्दा अर्को स्वरलाई विस्तारै औँलाले थिचेर खुला स्वरबाट बढी भन्दा बढी श्वास तान्ने । अब बन्द रहेको स्वरबाट श्वास बाहिर फाल्ने । केही समय यो प्रयोग गरेपछि बन्द रहेको स्वर खुल्छ ।
दोस्रो तरिका: यो तरिका पहिलो भन्दा सजिलो र बढि असरदार छ । यसबाट स्वर परिवर्तन गर्नको लागि जुन स्वर चलेको छ त्यसलाई तलपट्टी पर्ने गरी एकैछिन कोल्टे परेर सुत्नु पर्छ । यसरी दाँया स्वर चलाउन देब्रे कोल्टे र वायाँ स्वर चलाउन दायाँ कोल्टे परी एकैछीन पल्टेमा तुरन्तै स्वर परिवर्तन हुन्छ ।
उपर्युक्त तरिका अपनाएर कार्य गरेमा पक्कै पनि फाइदा हुने छ । यो विधि शुद्ध योगमा आधारीत भएकोले यसबाट कुनै खराब प्रभाव नपर्ने कुरा पनि ग्रन्थहरुमा वर्णीत छन ।
सन्दर्भ सामाग्री:
गोरक्ष संहीता, योग स्वरोदय, प्रेक्षाध्यान आदि ।
यो पनि हेर्नुहोस: फङ स्वेई के हो ?
उपयोगी जानकारी दाइ! पिनाशले बिनाश गरेको धेरै भईसकेकोले मलाई साह्रै काम लाग्ने देखियो यो टाँसो। धन्यबाद!
ReplyDeleteस्वर विज्ञान शीर्षक भएकोले, म स्वर को कुरा गरिएको होला भन्ने सोच्दैथिँए तर यहाँ त सायद अझ त्यो भन्दा नि ठूलो कुरा रहेछ । सुर्य स्वर तथा चन्द्र स्वर अनि यसको उपयोगिता बारे नयाँ जानकारी बाँड्नु भएको मा धन्यवाद ! अनि पिनास को उपचार पनि भेटियो, फेरि पनि धन्यवाद है !
ReplyDeleteआध्यात्मतिर पनि उत्तिकै तरिकाको लगाव अनि जानकारी सहित स्वर बिज्ञान तिरको यो टासो पढदा म दिलीप दाइलाई बहुमुखी प्रतिभाको व्यक्तित्व नै माने ।(गल्ति भए माफ पाउँ)
ReplyDeleteउपयोगी अभ्यासको लागी धन्यबाद दिलीप दाई !
उपयोगी लेख पढियो आज । रामदेवको प्राणायम विहान विहान १ घण्टा गर्ने गर्छु म । अनुलम विनलम(नाम शुद्द भएन होला) जस्तै हो कि फरक हो यो कुरो ? झण्डै उस्तै उस्तै लाग्यो तरिका त मलाई !!
ReplyDeleteत्यही भएर होला रिसायको वा हड्बडाएको मनिसलाई take a deep breathe भन्ने गरेको :)
ReplyDeleteपिनासको रोग त मलाई पनि छ, रामदेव को दिमागलाई नै buzz गर्ने type को excercise पनि राम्रो नै लागेको थियो, तर जे गरे पनि सफल हुन निरन्तरता चाहिन्छ, जुन म गर्दै गर्दिन :(
-Prajwol-
दाईले आज फरक स्वाद चखाउनुभयो । सार्है उपयोगी पोष्ट रहेछ । ब्लग पढ्दै अभ्यास पनि गरेँ । यस्ता योगका क्रियाकलापहरुमा मेरो ध्यान जादैँन यसलाई नियमित गर्न सक्दिन । अब भने चाहिँ केही समय छुट्याउनु पर्ला जस्तो छ :)
ReplyDeleteहाम्रो दिलिप दाको दिमाग कता कता कुद्छ यार ??? अँ अनि यो पिनासको कुरो चाँहि अनुलोम विलोम झै लाग्यो है, अशेषले भने झै ।
ReplyDeleteयोग श्वासोदय हुनुपर्ने जस्तो लाग्ने । श्वास विज्ञान हुनुपर्ने जस्तो लाग्ने तर जानकारी मुलक रहेछ जे भए पनि ।
ReplyDeleteस्वरहरूलाई रामदेवीय सुगा रटाइ अनुसार मात्र शिरोधार्य गर्दै आएका हामी शास्त्रसम्मत स्वर-चर्चा जान्न पाएर निकै लभान्वित भयौँ । मलाई पनि पिनासले आकुल पार्छ बेला-बेला, यो पोस्ट त मेरा लागि प्रेस्क्रिप्सन बराबर भो, धन्यवाद दाइलाई ।
ReplyDeleteसाह्रै उपयोगी र यथार्थ व्याख्या। हुन त म पनि योग गर्छु, र स्वासको यो प्रकृया केही वर्ष यता गर्दै पनि आएको छु। यो प्रकृयाले साह्रै फाईदा हुन्छ भन्ने कुराको म पुरा बिश्वाश पनि गर्छु। तर पुरा पुरा जानकारी भने थिएन आज थाह पाईयो। हरेक कुरामा सही र यथार्थपरक रुपमा ब्याख्या गरिदिने तपाईको शैली यहा पनि जमेको छ। मलाई खुबै मन पर्यो। अझै अरु बिधीहरुको बारेमा पनि जानकारी पाउन पाए आभारी हुने थिए। धेरै धेरै धन्यवाद जिबनउपयोगी लेखको लागि।
ReplyDeleteज्यादै उपयोगी पोष्ट, विधि तार्किक पनि लाग्यो मलाई । त्यो चन्द्र-सूर्य स्वर परिवर्तन गर्ने बेलामा त्यसको अन्तरमा दुवै नलि बाट बराबर भएको अवस्थामा उठेर योग, जप गर्न पनि मिल्ने भो ! चाहे अनुसार भित्री स्वास-प्रश्वास को परिचालन गर्ने सकिने र त्यस्ले गरेका काममा असर पार्ने कुराको ज्ञानको लागी धन्यवाद, दिलीप सर !
ReplyDeleteयोगाले तन मन र मस्तिष्कलाइ दिने उर्जाका विषयमा मेरो पनि अत्यत सकारात्मक धारणा रहेको छ । आफै अपनाउने सन्दर्भमा चाहि, कहिले के नमिल्ने कहिले, तर स्वर विज्ञानको यो व्याख्याले भने फेरि प्रेरणा दियो । .. जस्तो सुकै अवस्थामा पनि आफ्नो दैनिकीमा प्रयोग गर्न सकिने यस्तै सामान्य कुराहरु आरोग्य जीवनको ठुलो खजाना बन्न सक्छन, उपयोगी जानकारीका लागि धेरै धन्यवाद !
ReplyDeleteयोगाचार्य दिलिप जी महाराज, फेरी यो प्राक्टिस गर्दा गर्दै सास नै बन्द भयो भने के गर्ने नि ? हा...हा...हा
ReplyDeletethis is the great artical. I am suffering from synas. and my nose are not open but after doing this i can breathe with my nose.
ReplyDeleteThank you author for posting this kinds of articals.
"चन्द्र र सुर्य स्वरहरु प्राकृतिक रुपमा नै समय समयमा परिवर्तन भई रहन्छन" कुन सक्रिय छ भनेर मैले कसरी भेउ पाउँछु त । कुनै मापन तत्व छ ? कि बिश्वासले गर्ने कुरा हो यो ।
ReplyDelete................................................................
यस्ता टासोहरुमा मेरो अलि वेसी नै पढने उत्साह बडेर आउछ । सरलता र बुझाइमा मैले अभ्यास गर्ने पका छ । तपाईलाई धन्यवाद ☺
That's why we should follow the nature!!!
ReplyDelete