व्यापारी प्रेमी
तिमी आमाकी एक्ली छोरी,
मेरो पनि करोडपति बाऊ छ ।
तिमी दश लाखको दाईजो ल्याउ,
आजकल त मेरो यही भाऊ छ ।
कातर प्रेमी
भीडमा तिमी नचिनेझैं गर्छ्यौ,
एकान्तमा लजाइ दिन्छ्यौ ।
विपनामा म बोल्न सक्दिन,
सपनामा तिमी हराई दिन्छ्यौ ।
झक्की प्रेमी
तिम्रो मेरो माया बसे,
मुटु तिम्रो तोड्ने छैन ।
व्याइफ्रेण्ड भएर के भयो तिम्रो,
लोग्ने नै भए पनि छोड्ने छैन ।
बहादुर प्रेमी
हिंजो पहिलोपल्ट भेटेथें,
आज आँखा तरिदिन्छु ।
भोली ‘आई लव यु’ भनेर,
पर्सि बिहे गरिदिन्छु ।
छट्टु प्रेमी
तारा टिपी ल्याईदेउ भन्छ्यौ
तिमी मलाई अहिले
तारा त पृथ्वी भन्दा नि ठूला हुन्छन
टिपेर पो कहाँ राख्ने हो मैले ?
बेजोड ! हरेक प्रेमी जमेका छन् | कुनको पछि लाग्नु खै ?असंलग्न रहनु नै बेश होला |
ReplyDeleteNice! especially liked the 2nd and last stanza / composition.
ReplyDeleteहा हा हा !
ReplyDeleteझक्की प्रेमी पो बबाल लाग्यो त है !
तर व्यवहार मा त साह्रो गाह्रो पो हुन्छ हो !
हा हा हा... काँतर प्रेमी त आफै पो परियो कि जस्तो लाग्यो... नाइ नाइ एउटा कुरो नि !
ReplyDeleteहा हा।।। देश तिरको देशी टु्क्रापो पढ्न पाईयो। सबै राम्रो तर म चैतन्यजीले भने जस्तै असंलग्न नै रहुन पर्ला है हा हा हा।
ReplyDeleteएकपल्ट हाँसीदिन्छु है दाजु?
ReplyDeleteहा हा हा हा हा हा
सवै टुक्राहरू एकसेएक वेजोड छन् । आफु चैँ कुन प्रमी परियो नभनुम् होला । वेइजत हुने हो कि....
काँतर....धत् झण्डै कुरो खुस्केको!!!!
hahahahhahahahahahah
ReplyDeleteझक्की प्रेमी र छट्टु प्रेमी चाही - ताल को लाग्यो !
ReplyDeleteछट्टु प्रेमी
ReplyDeleteतारा टिपी ल्याईदेउ भन्छ्यौ
तिमी मलाई अहिले
तारा त पृथ्वी भन्दा नि ठूला हुन्छन
टिपेर पो कहाँ राख्ने हो मैले ?
वाह ! ‘प्रेमी’हरुको महात्म्य । गजबको टाँसो लाग्यो है मलाई । माथिको छट्टु प्रेमीको प्रेम चाहीँ हाँस उठ्दो लाग्यो है । तारा त पृथ्वी भन्दा नि ठूला हुन्छ्न.....टिपेर पो कहाँ राख्ने मैले......हे...हे....हे...ही...ही... हाँस्दै छु १ बजे राती पनि ः)
वाह ! सब एक से एक । खुब आनन्द आयो पढ्दा ।
ReplyDeleteहा हा हा मेरै बारेमा लेख्नु'भो जस्तो लाग्यो ।
ReplyDeleteमैले आफ्नो ब्लगमा तपाईको ब्लग जोडेको छु, तपाईले पनि त्यसै गर्नु हुन्छ भन्ने लागेको छ । http://merasirjanharu.blogspot.com/
ReplyDeleteविवेक जी, कथा तपाइ-हाम्रो आफ्नै हो :)। तपाइको ब्लग पनि मेरो ब्लगरोलमा राखेको छु ।
ReplyDeleteछट्टु प्रेमी चहीँ झक्कास लाग्यो , हा हा हा हा हा
ReplyDeleteहाहाहाहा ... बबाल छ सर ! :D
ReplyDeleteदाजुचाहीं कुन 'प्रेमि' पर्नुभो कुन्नी ? मलाई चाहिं 'बहादुर प्रेमि' मन पर्यो, आफु कांतर भए पनि ।
ReplyDeleteहा हा हा! एक से एक छन्! एउटा नेता प्रेमीलाई भने दाइले किन छुटाउनुभा' होला:)
ReplyDeleteधेरै राम्रो लाग्यो .... तपाईको लेख, रचनाहरु खोजी खोजी हेर्न मन लग्यो ... please continue writing such a wonderful poem, short stories and articles.
ReplyDeletehttp://khetrajmainali.blogspot.com
funny..प्रेमी होस् त छट्टु जस्तो...
ReplyDeleteDont mind hai tapaiko jokes sarai man paryo so maile website ma copy gare
ReplyDeleteany way funny lagyo
जिवनजी, मेरो मुक्तकहरु मनपराइ दिनु भएकोमा धन्यवाद ।
ReplyDeleteमैले पनि सबैले पढन सकुन भनेर नै ब्लगमा राखेकोले तपाईको ब्लगमा यो पून: प्रकाशीत गर्दा 'माईण्ड' गर्ने कुरा छैन, तर तपईले कपि गरेको पेजमा यो ब्लगको व्याक लिन्क र लेखकको नाम भने दिनुहोला :)
derai raamro lagyo tapaiko yo muktak.
ReplyDeleteaafule vanna payeko haina
ReplyDelete