गुलाफमा काँडा र
चन्द्रमामा दाग नभएको भए
सायद ति दुई मध्य कुनै एकसंग
तिमीलाई दाँज्ने थिएँ ।
तर,
प्रकृतिको हरेक सुन्दरतालाई केलाएर हेर्दा पनि
तिम्रो रुप जस्तो सुन्दर चीज केही भेटिंन मैले
‘तिमी तिमी जस्तै सुन्दर छ्यौ’
यति मात्र भन्न सक्छु म अहिले ।
धर्मको नाममा झूठ र
सेवाको नाममा लुट नदेखेको भए
सायद ति दुई मध्य कुनै एकलाई
प्रेमको पवित्रतासंग दाँज्ने थिएँ
तर,
जीन्दगीको हरेक परिवेशलाई मिलाएर हेर्दा पनि
प्रेमजस्तो पवित्र चिज केही भेटिंन मैले
‘प्रेम प्रेमजस्तै पवित्र छ’
यति मात्र भन्न सक्छु म अहिले
भन्न त्यतिले नै काफी छ जस्तो लाग्यो है मलाई पनि | 'चांद भी देखा .........'| यो सुन्दर प्रेमप्रापक पात्रको जय होस् |प्रेषकको त झन् छुट्नै भएन |
ReplyDeleteब्याकग्राउण्डमा हेमा मालिनी हो कि जस्तो लाग्यो है मलाई :D
ReplyDelete-Prajwol-
मजा आयो !
ReplyDeleteबुझ्नेलाई त यति नै काफि हुन्छ नि !
ReplyDelete:)
साच्चै निकै मज्जा पो आयो त। फुर्न पनि कसरी सकेको हो भने जस्तै गरि क्या।
ReplyDeletewow, Very Fun, And Happy April Fool Day Sir,
ReplyDeleteSardar got into a bus on 1st April
when conductor asked for ticket.
He gave Rs.10/-
and took the ticket and said april fool.
I have pass
वहा! क्या छ, दिलीप दाईको यस्तै परिकारहरुको स्वाद लिन म पनि आइपुगे अबदेखि।
ReplyDeleteअति सुन्दर! गहिरो प्रेमानुभूति!
ReplyDeleteकमेण्टको लागि सबैमा धन्यवाद !
ReplyDeleteप्रज्वल जी, यो व्याकग्राउण्ड ईमेज कुनै बलिउड एक्ट्रेसकै फोटोलाई फोटोसपमा छेड-छाड गरेर 'पेन्सील स्केच' बनाएको हो तर हेमा मालीनी भने हैन है :) ।
अनि सिकारु जी तपाई धेरै दिन हराउनु भयो त ब्लग संसार बाट ! । जे होस ब्लग जगतमा पून: स्वागत र सक्रियताको कामना ।
बिछट्टैको सुन्दरता र प्रेम। तर धर्मको नाममा झूठ र सेवाको नाममा लुट जस्तै प्रेमको नाममा भूत सवार भएको पनि देखिन्छ है ;)
ReplyDeleteवाह ! दिलिप दाइ .... यो चाही बबाल नै गएको हो ! सुजन भाउजु लाइ त्यसै मक्ख पार्नु भएको होइन रहेछ .... बोलिका जादु यस्ता रहेछन !
ReplyDelete.... यसमा भाउजुको प्रतिक्रिया पनि गए .... अझ राम्रो हुनेथ्यो !
जेहोस ..... मन खुस ! त दिल खुस ! दामी लाग्यो !
मैले शंका त गरेको थिए तर वेदनाथ जी ले पहिले नै कोट्याउनु भएको रहेछ । Anniversary Day special poem हो जस्तो छ नि !!!!!
ReplyDeleteदाईले यो फोटो चाँही भाउजुको रुप रङ हेर्दै कोरेकोजस्तो छ । भाउजुलाई त्यसै आफ्नो बसमा पार्नुभएको होईन रहेछ गांठे ?
ReplyDeleteसुन्दर भावना !!
ReplyDelete(‘तिमी तिमी जस्तै सुन्दर छ्यौ’
ReplyDelete'प्रेम प्रेमजस्तै पवित्र छ’)
निश्चय नै ।
यति भनाइ ठाउँमै परेको छ दाइ । बढ्ता भन्नु खाँचो नै छैन ।
आफ्नै बुढाको ब्लगमा के कमेण्ट गर्नु भनेर बसेको तर केही लेख्नै पर्यो जस्तो लाग्यो :
ReplyDeleteबेदनाथ जी,
बुढाले जे जसो सोचेर लेखेको भए पनि मैले पनि मेरै लागि लेख्या होला भन्ने सोचेर बसेकी छु (भ्रम नै भए पनि सुन्दर भ्रम पालौं न भनेर)।
अनि गोकुल जी,
यो व्याकग्राउण्डको फोटो मेरो हैन है !( बसमा पार्ने क्षमता भने छ नै !)
सुन्दर!!
ReplyDelete