१
एक बोरा चामल,
दुई धार्नी आलु,
एक घ्याम्पो ग्यास ।
आगामी आन्दोलनको तयारी !
२
म नै ठीक,
म नै राम्रो,
म नै योग्य ।
नेपाली नेता !
३
सुकिलो लुगा लाउने,
वसन्तपुर धाउने,
शान्ति गीत गाउने ।
वेईमान जनता !
४
दलको झण्डा बोक्ने,
बौद्धिकता नि खोक्ने,
पाए जनतालाई ठोक्ने।
मानव अधिकारवादी !
५
रिक्साको हावा फुस्काउने,
ज्यामीको ढाड खुस्काउने,
हाहाकार देखेर मुस्काउने ।
सर्वहाराको क्रान्ति !
नेपाल फर्किएबाट निकै राजनितिले छोएको छ जस्तो छ हाम्रो दिपिपजीलाई.। देशको अबस्था पनि यस्तै छ, असर नगरोस पनि किन।। तर केही त पक्कै चेतना भया...। हे हे
ReplyDeleteगतिला परिभाषाहरू यिनै हुन |
ReplyDeleteरमाइलो काव्य !!
ReplyDeleteराम्रो र रमाईलो लेख ।
ReplyDeleteब्यङ्ग्य मिश्रित राम्रो रचना।
ReplyDeleteनयाँ नेपालको असली परिभाशा, दाजु । डाडु पन्यू खेलाउनेहरुको हालिमुहाली अनी निमुखाको कन्तबिजोक । यस्तै रहेछ नयाँ नेपाली चलन ।
ReplyDeleteअसली परिभाषाहरु! देशको दुर्गतिको सही-सटिक अभिब्यक्ति
ReplyDeleteसटिक परिभाषाहरू । वास्तवमा यथार्थ यस्तै थियो अन्तिको आन्दोलनको । अनि जन्मदिनको धेरै धेरै शुभकामना पनि है दाजुलाई ।
ReplyDeleteSuperb definition , naya nepal ko , hehehe
ReplyDeleteगजब परिभाषाहरु ।
ReplyDeleteव्यंग्यात्मक परिभाषा !
ReplyDeleteएकदम गज्जब दाइ !!! मनपर्यो...वसन्तपुरवाला अझै मनपर्यो..ताजाताजै अनि आफू पनि भएको भएर होला...
ReplyDeleteहरेक आन्दोलनमा सडकभन्दा बाहिर पो बढ्ता जुझारु आन्दोलनकारी हुने रहेछन् ।
ReplyDeleteएक घ्याम्पो ग्यास वा एउटा खटारो स्टोभको विम्बले त्यस्तै दर्शाउँछ ।
सदाबहार सङ्क्रमणकालको चित्र सफा छ, धमिलोपनको । रिक्साको हावा फुस्काउने कतिपय घटनाको साक्षी म पनि हुँ ।
हरेक पक्षमा मिश्रित यथार्त व्यंग्य हरु! रमाइलो र चेतनामुलक
ReplyDeletesabai ramro. yo chhai ali maan pareko.
ReplyDeleteरिक्साको हावा फुस्काउने,
ज्यामीको ढाड खुस्काउने,
हाहाकार देखेर मुस्काउने ।
सर्वहाराको क्रान्ति !
हा हा हा !
ReplyDeleteसर्वहारा को क्रान्ति नै सबैभन्दा कडा दनक रह्यो !
नया परिभाषा बडो चोटिलो लाग्यो दिलिप जी, काव्यिक राग सधैजस्तै कडा छ है तपाइको हरकैले भुतुक्क पार्ने ।
ReplyDeleteसमसामयिक र चोटिला परिभाषाहरु !!
ReplyDeleteGreat!!
ReplyDeletedai tapaita murkha ..
ReplyDelete