"हामी खुवाउँछौं त्यसैले उनीहरु खान्छन !", भारतीय टेलिभिजनमा आउने एउटा चियाको विज्ञापनको नारा र वास्तबमा धेरै हदसम्म साँचो कुरा हो यो । राजनैतिक नेता वा कर्मचारीतन्त्र भ्रष्ट हुनुमा तिनलाई भ्रष्टहुन सहयोग गर्ने हामी जनताको पनि ठूलो हात छ । वास्तवमा त्यस्तै अर्को एउटा सत्यको आभास बितेका करिब तीन महिनाको अबधिमा मलाई पनि भयो ।
प्रसंग हो मन्त्री वा राजनैतीक वृत्तका नेता नबोलाई कुनै पनि कार्यक्रम नगर्ने हामीजस्तै मन्त्रिभक्त वा नेता-आसक्त जनताको ।
कुरोको चुरोतर्फ जान केही कुरा आफ्नै गरौं । नेपाल फर्केको करिब तीन महिनको अवधिमा म आफू संलग्न रहेका केही संस्था र केही सामाजिक र सामुदायीक निकाएको करिब आधा दर्जन सभा, सम्मेलन र भेटघाटमा म सम्मीलीत भएँ । प्रसंगबस यहाँ उल्लेख गरौं; न त ति कुनै संस्था वा समुदाय नै राजनितीसंग सम्बन्धीत थिए, न त तिनका राजनैतिक नेतासंग गोरु बेचेकोसम्मका साईनो नै थियो। तर हरेक पटक सभा, सम्मेलन, गोष्ठी र यहाँसम्म कि कुनै संस्थाको नितान्त आन्तरिक 'ए.जि.एम.' गर्दा समेत देशका प्रधानन्त्रि, मन्त्री र सभासद आदिलाई ननिम्त्याई कुनै पनि कार्यक्रम पुरा भएनन् ।
अनि मन्त्रि, प्रधानमन्त्रि वा यस्तै कुनै वादका समर्थक वा दासलाई बोलाएपछि हरेक जमघटमा नचाहिँदो राजनैतिक गन्ध पनि फैलियो । हामी आफैं भन्छौ- देशमा संवैधानिक रिक्तता आउनै लागेको छ, देशका डाडु-पन्यौ सम्हालेर हिँडनेहरु आफ्नो जिम्मेवारीप्रति उत्तरदायी हुन सकेका छैनन् र हाम्रा नेताहरु अनुत्पादक काममा मात्रै बढी व्यस्त हुन्छन् । तर हामी आफैं नै आफ्ना निहित र तुच्छ स्वार्थ पूर्ती गर्नको लागि, आवश्यक नै नभएको बेलामा पनि राष्ट्रिय स्तरका नेता, सभासद र मन्त्री बोलाउछौं, उनका समयको चरम दुरुपयोग गर्छौं ।
कुनैपनि यस्ता 'अराजनैतिक निकाय'ले गरेका कार्यक्रम वा जमघटमा नेता वा मन्त्रिलाई बोलाउने कारण पनि गज्जव रहेछ। भनिन्छ मन्त्रि, प्रधानमन्त्रि वा राष्ट्रियस्तरका नेता कुनै कार्यक्रममा उपस्थित भए मात्रै प्रेस, पत्रकार वा मिडियाको उपस्थिति हुन्छ । छापामा लेखिन्छन र टेलिभिजमा देखिन्छन् । धन्न छ हाम्रो तुच्छ स्वार्थ, धन्न छ हाम्रो 'धमलावादी सोच' ।
आफ्नै अनूभवको फेहरिस्त यहाँ राख्दा, करिव दुई महिना अगाडि म संलग्न रहेको एउटा संस्थाको वार्षिकोत्सवको उपलक्षमा भएको त्यस्तै एउटै कार्यक्रमा प्रधानमन्त्रि, मन्त्री, उप सभामुख लगाएत आधा दर्जनभन्दा बढी राष्ट्रिय व्यक्तिहरुको उपस्थिति थियो । करिब तीन घण्टा चलेको सो कार्यक्रममा निजहरुको उपस्थीतिले संस्थाका उच्च पदस्थहरुको मन्त्रिसंग फोटो खिचाउने, प्रधानमन्त्रिसाथै टिभिमा आउने र पत्रिकाको कुनै कुनामा नाम छपाउने स्वार्थ त पुरा भयो, तर जनताले छानेर पठाएका र जनताले नै तिरेको करबाट तलब, सुविधा खाएर आएकाहरुको समयको कत्तिको सदुपयोग भयो चिन्ताको विषय हो ।
त्यसपछि करिब एक महिना अगाडि विहान र साँझमा गरी म उपस्थित भएको दुईवटै कार्यक्रमा दुवै समयमा त्यस्तै ३-३ जना राष्ट्रिय स्तरका नेताको उपस्थिति रह्यो । देशभर र विशेष गरी काठमाण्डौमा दैनिक यस्ता प्रकारका कतिवटा गोष्ठी, सम्मेलन वा साधारणसभा हुन्छन गनेर साध्य छैनन् । तर खोजिनिती गर्ने हो भने, यस्ता प्रत्येक कार्यक्रममा मन्त्रि, सभासद वा त्यस्तै देशकोलागि समय योगदान गर्नुपर्ने व्यक्तित्वको उपस्थिति भेटिन्छन नै । जुन उपस्थितिले, मैले माथि उल्लेख गरेजस्तै अधिकांश अबस्थामा ति नेता वा व्यक्तित्वका समय अनुत्पादक कार्यमा लगाएर सभा वा सम्मेलनमा 'चार चाँद' लगाउने वाहेकका अन्य कुनै विधायक वा सार्थक अर्थ राख्दैनन् ।
हामी, नेता र मन्त्रिहरुको दोहोरो चरित्र र उनिहरुको कार्य-कौशलमा सधैं प्रश्नचिन्ह लगाएर तिनका हरेक क्रियाकलापको विरोध गर्न कहिल्यै चुक्दैनौं , तर गल्ति हाम्रै पनि छ। दोहोरो चरित्र वा सोच हामी आफैंमा पनि छ। अर्काको कार्यक्रममा राष्ट्रिय व्यक्तित्व पुग्दा त्यसलाई 'समयको दूरुपयोग' देख्ने हामी, आफ्नो भने नितान्त आन्तरिक गोष्ठीमा समेत 'चार चाँद' लगाउन तिनैलाई लेराउन लालायीत हुन्छौं । विना कुनै सार्थक कारण र विना कुनै धरातलिय सम्बन्धका बाबजूद हामीलाई हाम्रो हरेक कार्यक्रम, सभा वा गोष्ठीमा प्रधानमन्त्रि, मन्त्रि वा राष्ट्रियस्तरका नेताको उपस्थिति अत्यन्त महत्वपूर्ण लाग्छ । मानौं कुनै नेताको उपस्थिति नभएको कार्यक्रम वैधानिक नै हुँदैंन।
स्थिति यतिसम्म गिर्दो र तुच्छतम हुँदै गएको छ कि, हामी के कार्यक्रम गर्दैछौं र त्यसमा कसलाई निम्त्याउँदै छौं भनेर पनि सोच्दैनौ, हाम्रो उद्देश्य यति मात्रै हुन्छन् कि हाम्रो जमघटमा एकजना परिचित अनुहार वा राष्ट्रिय हस्ती हुनैपर्छ, बस् । केही समय अगाडि भएको एउटा धार्मिक कार्यक्रमा निम्त्याईएका माओवादी नेता, अर्को एउटा संस्थाको वार्षिकोत्सवमा उपस्थित उप- समामुख अनि प्रदर्शनीमा बोलाईएका मन्त्रिको उपस्थितिले त्यहि देखाउँछ ।
धर्म नै नमान्ने माओवादी नेता, केवल 'मास'को अगाडि बोल्न पाउने लालसामा त्यहाँ उपस्थित हुनु जति गलत छ, त्यो भन्दा ठूलो गल्ति भनेको आयोजककै हो । खाली पत्रिकाकको प्रचार-प्रसार पाउन नास्तिकताका हिमायतीलाई धार्मिक कार्यक्रममा निम्त्याउनु हास्यास्पद मात्रै हैन, धर्मप्रति नै वेईमानी पनि हो।
देशमा कैयौं समस्या छन र ति राजनैतिक समस्या कुनै एउटा सामुदायीक संस्था, कुनै वर्गीय संगठन वा सामाजिक सञ्जालले गर्दैनन् त्यसकालागि राजनैतिक नेतृत्व नै चहिन्छ । तर हाम्रा नेतृत्व तहका नेतालाई पानस बाल्न, रिवन काट्न र पुरस्कार बाँडने कामबाट विरलै फूर्सद मिल्छन । भारतिय विज्ञापनमा भनेजस्तै "हामी खुवाउँछौं त्यसैले उनीहरु खान्छन !" अनि “हामी बोलाउँछौं र त उनिहरु आउँछन” ।
समय आईसकेको छ, सधैं र सबैकाममा नेतालाई मात्रै दोष दिने हामीले आफैंलाई पनि फर्केर हेर्नु परेको छ। देशको समस्या र राजनैतिक मुद्दाका वारेमा सोच्ने र सल्लाह गर्ने समय हामी आफैले पनि धेरै खोसेका छौं । अहिलेको अबस्थामा नेताको काम कुनै एउटा संस्थाको पानस बाल्ने, प्रदर्शनीको उद्घाटन गर्ने वा एस.एल. सि. मा उतिर्ण विद्यार्थिलाई पुरस्कार दिँदै हिडनु पक्कै होईन। हाम्रा पानसहरु आफैं बाल्दा पनि बल्छन, उद्घाटनको रिबन अरू कसैले काट्दा पनि काटिन्छन तर देशको संविधान र शासन व्यबस्था राजनैतिक नेतृत्वले नै गर्नुपर्छ । मन्त्रि, नेता र राष्ट्रिय व्यक्तित्वलाई अन्य कुनै सार्थक कार्यमा लाग्न दिउँ, सभा सम्मेलन वा गोष्ठीको 'चार चाँद' बनाउन हैन ।
तपाई को विश्लेषणलाई खोट लगाउने ठाउँ छैन । सायद हाम्रै कारण ले त्यसो भयो भन्नु चाँहि एउटा मन बुझाउने बाहाना मात्र हो जस्तो लाग्छ । केही अपवाद बाहेक, गल्ति हाम्रो पनि पक्कै छ ।
ReplyDeleteतपाईले भनेजस्तै नितान्त आफ्नो संगठन भित्र को कार्यक्रम को लागि पनि, मन्त्रि, प्रधानमन्त्री , सभासदहरु डाकिन्छन् । चलेको रित नै यस्तै छ, सबै मिडिय त उनीहरु कै पछि लाग्छन् । फेरि सबैलाई आफ्नो, आफ्नो संगठन को चर्चा होस्, कभरेज होस जस्तो लाग्छ, त्यही लालसा ले पनि उनीहरुलाई निम्त्याउनु नै पर्छ ।
काठमाडौँ मा मात्र नभइ, देशै भरि सभा समारोह दैनिक हुन्छन् । कोही 'ठूला' पद मा आसिन मान्छे आउँदैछ भने, त्यसको ठूलो चर्चा हुन्छ तर यदि त्यस्तो कोही छैन भने, जहाँ जे भएको भएपनि, कसैलाई थाहा हुँदैन ।
हाम्रो स्वार्थ्य को लागि हामी उनीहरुलाई बोलाउँछौँ । उनीहरुलाई पनि हिँड्नै छ, अनुहार देखाउनै छ तब पो 'नास्तिक' नेताहरु पनि धार्मिक सभा मा गएर प्रवचन दिन पछि पर्दैनन् ।
साँच्चै भन्ने हो भने, रिबन काट्ने र भाषण ठोक्ने काम बाहेक उनीहरु केही गर्दैनन्, हाम्रो कारण ले गर्दा भन्नु चाँहि एउटा बाहान हो उनीहरुका लागि !
आकारजी, तपाइको विचारमा सहमत छु। हाम्रै कारणले मात्रै यिनिहरुले काम नगरेका भने पक्कै होईन र यिनको क्षमतामा सन्देह गर्ने हजार प्रमाणहरु छन। तैपनि ति सबका बाबजूद हामीहरुले यिनिहरुलाई चाहिने भन्दा बढी 'स्थान' दिएको पनि पक्कै हो। त्यो बानी भने हटाउनै पर्छ जस्तो लाग्छ मलाई । मेरो बस चल्ने भए त म संलग्न भएका कुनै पनि संस्थामा कुनैपनि नेतालाई बोलाउन्न थिए :)
ReplyDeleteEkdum sahi kuro!! tara Udghatan, sabha samaroha ma ni nabolaye pachhi hamra neta ko kaam k rahanchha hola ra ?
ReplyDeleteहामीहरु खुवाउछौ र न उनिहरु खान्छन् , जायज छ । तर खान खोज्नेहरुलाई नखुवाउन खोजे पनि आफ्नै काम अड्किने भएपछि हामी खुवाउन विवश हुन्छौ , यो प्रकियालाई नियन्त्रण गर्ने न कुनै संयन्त्र छ न कुनै भावी सोच नै ।
ReplyDeleteर जहाँ सम्म रिवन काट्ने नेताहरुको नाम आउँछ , हाम्रा वरिष्ठ प्रधानमन्त्रि माकुनेको नाम शुरुमै आउँछ । देशलाई अस्तव्यस्त बनाई वेपर्वाहा तालमा उदघाटन र रिवन काट्दै हिडेको देख्दा बेकारमा एक भोट भए नि एमालेलाई हालिएछ भनी अहिले पछुतो गर्दैछ - नेपाली जनता ।
एकदम सहि कुरा ।
ReplyDeleteहाम्रा मिडियाहरुले नेताहरुलाई चाहिनेभन्दा बढि नै महत्व दिएकाले पनि यसो भएको हो जस्तो लाग्छ किनकी एउटै नेताले बिहान एउटाको कार्यक्रममा एकथोक बोलिरहेका हुन्छन् भने त्यहि नेता बेलुकाको कार्यक्रममा त्यसको ठिक विपरीत किसिमका अभिव्यक्ति दिइरहेका हुन्छन् र ति दुवैखाले अभिव्यक्तिलाई मिडियाले के के न नयाँ र सहि कुरा बोले भनेर प्राथमिकताका साथ छाप्छन् र प्रसारण गर्छन् ।
यस्तो भएपछि त आफ्नो जोसुकैले पनि मिडियाको ध्यान आफ्नो तर्फ खिच्नको लागी भएपनि नेताहरुलाई डाकेर कार्यक्रममा निम्त्याउने भइ हाले नि !!
मलाई पनि पानसमा बत्तिबाल्ने र रिवन काट्ने कामको लागी मन्त्री, प्रधानमन्त्री ईत्यादिलाई बोलाउने काम साह्रै ननिको लाग्छ । र मन्त्रीहरुको भन्दा पनि उनिहरुलाई देउता झैं मानेर भाउदिने हाम्रै परम्परा नै अझ निन्दनिय लाग्छ ।
ReplyDeleteसभा समारोहमा उनिहरुलाई नबोलाईंदा उनिहरुले त्यो समयलाई कति उपयोगी काममा लगाउथें वा लगाउँदैनथिए भन्ने कुरा चैं अर्कै ठाउँमा होला ।
बिल्कुलै सही र सान्दर्भिक कुरा ! यो 'धमलावादी सोच' को अन्त्य नगरी नेताहरुलाई गाली मात्र गर्नुको कुनै तुक छैन।
ReplyDeleteNepali Bhasa ko blog khojdai yo blog ma aayipuge. yekdum ramailo lagyo. nepali ma lekhine blog pani dherai rahachan.
ReplyDeleteNepali blog ko bikas hos
लेख सटिक र समय सान्दर्भिक छ दिलीप दाई । बिज्ञापन र लेखको तालमेल गज्जबको लाग्यो ।
ReplyDeleteमैले नि ' यो विज्ञापन हेर्याथ्ये ! निकै सान्दर्भिक रहेको छ !
ReplyDeleteउनीहरुको दोष भनौ या हाम्रो जे भने पनि हामीले बसाएको सास्कार जहाँ सम्म गलत नै रहेको छ ! यस्ता कार्यमा हाम्रो आफ्नै स्वार्थ लुकेको भए'नि , गैर राजनैतिक व्यक्तिहरु बाट ( जो समाजमा स्थापित रहेका छन् ) पनि गरौं सकिन्छ नि !(खै कुरो बुझ्या - चेतना भया)
"हाम्रा पानसहरु आफैं बाल्दा पनि बल्छन, उद्घाटनको रिबन अरू कसैले काट्दा पनि काटिन्छन तर देशको संविधान र शासन व्यबस्था राजनैतिक नेतृत्वले नै गर्नुपर्छ" - दिलिप दाइ एक दम सहि आफ्नो काम आ-आफै गर्नु पर्दछ !
यो रोग विदेशसम्मै फैलिएको छ दाइ! यता पनि साना-साना कार्यक्रमहरुका लागि समेत नेपालबाट नेता/मन्त्री 'झिकाउने'महारोग सल्केको छ नराम्रोसंग। हाम्रो सामाजिक मानसिकतामा गढेर रहेको चाकडीबाजी, सत्तामा हुनेको नजिक हुन खोज्ने स्वभावको परिणति हो यो।
ReplyDeleteविश्लेषण र विचार सही लाग्यो।
Nice Nepali Blog and very informative articles.
ReplyDeleteSaurav
यस्तो परम्परा यत्रतत्र सर्वत्र छ, पहिलो कुरा यसले हामीभित्र निहित चाप्लुसीपनलाइ उजागर गरिरहेको हुन्छ, अर्को कुरा राष्ट्रिय योजना तथा नीति निर्माणमा खर्चिनु पर्ने अमुल्य समय बेकारमा लिई रहेको हुन्छ। अत्यन्त सामयिक बिषयमा आवाज उठाउनु भयो । यसर्थ यस्तो परम्परालाइ निरुत्साहित गर्ने कार्यमा सबै जना लाग्नु जरुरी छ । हुन त कार्यक्रममा नजादैमा तिनले उक्त समयको सदुपयोग चाहि गर्दैनन् है।
ReplyDeleteके गर्नु ! हामी सबै बाठा, नेता पनि , जनता पनि | त्यसैले कोही उँभो लागेनौं |
ReplyDelete