सडक छेउको चिया पसलमा शिक्षित जस्ता देखिने तीन जना युवकहरु धूँवादार राजनैतिक वहसमा लागेका थिए । तीनै जना भिन्न-भिन्न दल र राजनैतिक सिद्धान्तमा विश्वास राख्ने भएकाले आफूहरु सो दल वा गुटमा किन लागेको भन्ने वारेमा आ-आफ्नो तर्क दिँदैं थिए ।
"...म सक्रियताका साथ लागेको दल सधैं सत्तालाई भन्दा सत्यलाई बढी स्थान दिन्छ..." पहिलो युवकले आफ्नो संलग्नताको आधार खुलाउँदै भन्यो "...राजनीति स्वार्थको लागि हैन, सेवाको लागि हुनुपर्छ भन्नेमा मेरा नेताहरुको एक मत छ, त्यसैले म यो दलमा प्रवेश गरेको"
"मेरो पार्टीका नेताहरु हरेक समस्या र मुद्दामा सधैं एकजुट हुन्छन्..." दोस्रो व्यक्तिले आफ्नो विचार प्रष्ट्याउँदै भन्यो "... राजनीतिमा एकता र अखण्डता भन्दा ठूलो कुरा अरु केही छैन, त्यसैले म यही पार्टीलाई समर्थन गर्छु "
"मेरो दलका नेताहरु राष्ट्रप्रति एकदमै बफादार र राष्ट्रभक्त छन..." तेस्रो व्यक्तिले आफ्नो आस्थाका कारण बताउँदै भन्यो "...मेरो दल विदेशीका सामु कहिल्यै झुक्दैन, त्यसैले म यो यो दलमा लागेको"
उनिहरु देशको तात्कालिक राजनीतिको बारेमा यसरी चर्काचर्की गर्दैथीएँ मानौं ति सबै दलका राष्ट्रिय मुद्दा र राजनैतिक निर्णयका अन्तिम निर्णायक उनिहरु नै हुन ।
त्यत्तिकैमा चिया पसलमा चौंथो युवकको प्रवेश हुन्छ ।
"तिमीहरु सबै यहीँ नै रहेछौ,...देशमा भर्खरै ठुलो राजनैतिक परिवर्तन भएको छ ...थाहा पायौ ?..." भित्र पस्दापस्दै चौँथो व्यक्तिले पहिलो व्यक्तितर्फ हेर्दै भन्यो "...तिम्रो दलले आफ्नै सरकार बने मात्रै समस्या समाधान हुने भन्दै अहिलेको सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गराएको छ.."
त्यसपछि उ दोस्रो युवकतर्फ फर्यो "...अनि तिम्रो दलका नेताहरु बीच भने हालको अबस्थामा के गर्ने भन्ने वारेमा गम्भीर मतभेद भएछ..." उसले अगाडि भन्यो " ...त्यसैले अब कसलाई समर्थन र कस्को विरोध गर्ने भन्ने वारेमा मतभेद हुँदा तिम्रो दल टुक्रीने पक्का भएको छ "।
त्यसपछि उसले तेस्रो व्यक्तिलाई हेर्दै भन्यो "परिवर्तत अबस्थामा के निर्णय लिने भने निर्क्योल गर्न नसकेपछि तिम्रा दलका वरिष्ठ नेतहरु भने अहिले छिमेकी राष्ट्रका राजदूत भेट्न विदेशी नियोगमा पुगेकाछन् "
वास्तविक ! उधारै आदर्श भयो, राजनिति चाँहि !
ReplyDeleteसाह्रै सही र यथार्थ चित्रण। नेताहरुले देखाउने र बोल्ने आदर्शकै बीच कार्यकर्ताहरु पनि अन्यौल भएको स्थितीहो तर जानेर बुझेर पनि बुझ पचाउने तपाईका पात्र जस्ता अन्धभक्तहरुलेनै सबै बिगारेका छन। नत्र टायर बाल्न हुदैन भन्ने थाह हुदा हुदै नेताले भने कि बालिदिईहाल्ने, रेलिङ्ग भाचिदिहाल्ने, कसैलाई अपहरण गरिदिहाल्ने, कसैलाई मारिहाल्ने, बेपत्ता......
ReplyDeleteएकदमै सहि चित्रण । सहि ठम्याएर सहि उपमा दिनुभएको छ राजनीतिक आदर्शलाई - उधारो ।
ReplyDeleteएकदमै सही र सटिक चित्रण हाम्रो काइते राजनीतिको!
ReplyDeleteएकदमै सहि चित्रण ! देशको समसामयिक राजनीतिक घटनाक्रमको प्रतिनिधित्व गर्छ 'उधारो आदर्श'ले !
ReplyDeleteकार्यकर्तामा अपेक्षा धेरै भएको हो कि भन्ने पनि लाग्छ !स्थितिको गलत चित्रण पढाइएको हुन्छ , तर आफैले निर्णय गर्न नसक्नु यी पात्रहरुको कमजोरी ! तर लघुकथा ले यथार्थ चित्रण गरेको छ .
ReplyDeleteहाम्रो लगौटिया राजनितिको सहि चित्रण गर्नुभएछ दाजूले ।
ReplyDeleteघतलाग्दो कुरा, तर यो कथा भन्दा पनि, साँच्चिकै व्यथा जस्तो लाग्यो हाम्रो देशको |
ReplyDeleteतितो यथार्थ बोकेको छ याँहाको रचनाले | धेरै मन पर्यो ||
ReplyDeletegreat story !
ReplyDeletevery truth - - -
:(
हिर्दय छुने कथा - -
तितो यथार्थ यही नै हो। तर मेरो पार्टी यस्तो र उस्तो भन्ने भन्ने धेरै कार्यकर्ताहरु चाहिँ प्राय: आडम्बरी हुन, आफ्नो पार्टीको वास्तविकतासँग अनभिज्ञभन्दा पनि। त्यसैले चौथो युवकलाई तीनैजनाको साझा उत्तर 'यो सब हाम्रो पार्टीको चरित्रहत्या गर्ने दुष्प्रचार मात्र हो' हुने सम्भावना बढी छ।
ReplyDeleteदिलिप दाइ ...... यो यथार्थ हो .....
ReplyDeleteतल्लो तहका कार्यकर्ता त्यसरी मारामार गर्छन के के नै गर्छ मेरो पाटि ले भनेर तर ... माथिल्लो तहका ... लाइ आफ्नो दुनो सोझ्याउदै ठिक छ ....
अनि जनता आफु आफुमा लड्नु सिवाय केहि छैन ...
हात लाग्यो सुन्य !!
Yo bigriyeka Neta ra Hamro Desh ko Rajniti laai , daro Prahaar, dada yo hajur ko Lekh ma ni Prakashit gar6u hai...
ReplyDeleteराजनीतिक दुरावस्थाको तीतो सत्यको टुप्पी र पुच्छर मजाले खिपिएको कथा ।
ReplyDeleteरिस होइन अब त हाँसो पो जाग्छ हौ यो कथाको वाण सोझिएका मनुवाको लीलाप्रति ।
अपरम्पार छ !