संसारको भिन्न भिन्न दुई कुनामा एकै दिन र एकै समयमा दुईजना बालकको जन्म हुन्छ । प्रकृतिको नियम भनौँ वा ग्रह-नक्षत्रको प्रभाव, भिन्न स्थान, भौगोलिक वातावरण, समाज र परिस्थितिमा जन्मेर पनि सानै देखि दुवै जनाको स्वभाव र आचरण एकै प्रकारको देखिन थाल्छ ।
दुवै बालकहरु सानै देखि अटेरी, जिद्दी र झगडालु देखिन थाले । एउटा स्थानका अभिभावकहरूको अनुहारमा आफ्नो छोराको त्यो स्वभाव देखेर चिन्ताका रेखाहरु देखिन थाल्यो भने अर्को स्थानमा वच्चा निर्भीक र निडर भएको निर्क्योल निकालियो ।
किशोर अबस्थामा प्रवेश गर्दा पनि दुबैमा प्राकृतिक समानता र प्रवृत्तिगत समरुपता प्रष्टै देखियो। दुवै बालकहरु पढ्न भन्दा लड्न, सम्बाद भन्दा विवाद र तर्क भन्दा मुढे बलमा आश्रित हुँदैँ जानथाले।
जवानीमा प्रवेश गर्दाको समयमा दुवै जनामा अभिमान, अहंकार र घमंडको चरमता प्रष्टै देखिन्थ्यो भने दुवै जना आ-आफ्नो स्थानमा बल मिच्याईँ, गुटबन्दी र उपद्रोहरुमा सम्मिलित हुन थालेका थिए । वैयक्तिक गुण, चरित्र र रवैया एकै प्रकारको भए पनि देश काल परिस्थिति को भिन्नताका कारण दुबैजनालाई समाजले हेर्ने दृष्टिमा भने आकाश जमिनको अन्तर देखिन थाल्यो ।
एक स्थानको युवक उसका असामाजिक क्रिया-कलाप, झगडालु स्वभाव र कट्टरपन्थी सोचका कारण स्थानीय प्रशासन र सुरक्षा निकायको निगरानीमा पर्न थाल्छ भने अर्को स्थानको व्यक्ति भने समान चरित्र र उस्तै व्यक्तित्वका कारण पनि हक्की, साहसी र नेतृत्व दिन सक्ने नेताको रूपमा चिनिन थाल्छ ।
समय बित्दै जाँदा, दुवै जना आ-आफ्नै नैसर्गिक गुणका कारण मुठभेड, भिडन्त र तोडफोडमा उत्रन थाले । एउटा देशमा सो कुरा सामाजिक व्यवस्था, शान्ति सुरक्षा र स्थानीय कानुनको खिलाफ भएकोले कानुनी राज्यको स्थिति बनाइ राख्न र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सो व्यक्तिलाई कानुनी नियन्त्रणमा लिइन्छ र जेल चलान गरिन्छ । तर सुनिन्छ अर्को देशको व्यक्ति भने आजकल सो देशको ठूलो नेता, विद्वान राजनीतिज्ञ र कट्टर देशभक्तको रुपमा प्रतिस्थापित भइसकेको छ रे ! ।
18 July, 2010
Subscribe to:
Post Comments (Atom)
Satya katha autai desh bhitra pani thorai bhinna paribesh niyalne ho bhane yo sthiti painchha jasto lagchha . Sahrai mitho laagyo laghukatha .
ReplyDeletedai le niyam kanu bhayeko desh ra nabhayeko desh ma kasto huncha laghu kathako rupama chitran garnu vayecha sarai ramro lagyo dai.........
ReplyDeleteसत्यकथा !
ReplyDeleteअन्तिम प्याराग्राफ पढ्नु भन्दा अगाडि मेरो मष्तिश्कमा एउटा नयाँ रिमिक्स भर्सनको सोच आउदै थियो।.ठ्याक्कै त्यस्तै भयो जो मैले सोचेको थिए। मैले सोचेको थिए दिलिपजीले प्रधानमन्त्रिनै बनाएर छोड्नुहुने भो तर जे होस प्रधानमन्त्रीकै लाईनमा सही।। गजबको सोचले लेख्नु भो यो कथा।। बास्तवमै निकै गहिरो सोच सहित लेखिन्छ यस्तो कथाहरु..
ReplyDeleteसाह्रै मन पर्यो मलाई पनि .
दाइको परिपक्व सोचको अर्को परिपक्व नमुना !!!
ReplyDeleteअन्तिम प्रहार निकै घोचक लाग्यो !!! जे छ, सबै कुरा हेराइ मा नै निर्भर गर्छ ।
ReplyDeleteबलियो सोचको यथार्त कथा । दाईका कथाले निकै गहन सोचमा डुबाउछन जो कोहीलाई पनि। सधै झैँ एक पूर्ण लघुकथा।
ReplyDeleteकुनै पनि व्यक्ति लाइ त्यो ठाउको समाज र त्यो समाजको धाराणा ले निकै नै असर पारेको हुन्छ भनेर प्रष्ट्याउन सफल हुनु भा छ ! दिलिप दाइ !
ReplyDeleteराम्रो व्यङ्ग्य !
ReplyDeleteNice :)
ReplyDeleteअलि अलि हैन निक्कै नै मनपर्यो | साच्चै नै सबैकुरा दृष्टिकोणमा नै भर पर्ने कुरा हो अद्यापि दृष्टिकोणको निर्माण पनि अन्यकुरामा भर पर्न सक्छ |
ReplyDeleteबडो मज्जा लाग्यो दाजु, पढेर । सत्यकथा ।
ReplyDeleteत्यो अर्को देशको बाहुबली भने मेरै देश भित्र बितण्डतामा व्यस्त भैरहेको पो देखेँ !समसामयिक र यथार्थ कथा , राम्रो छ ।
ReplyDeleteदिलीप दाई,
ReplyDeleteलघुकथाले खरो व्यङ्ग गरेको छ नेपाली राजनीति र त्यसको अभ्यासबारे । देशको नियम कानून बलियो र प्रभावशाली नहुदाँ यस्ता प्रत्येका पत्रहरु जन्मीरहेका छन् नेपालमा ।
nikai nai ramro choto katha!!! kunai pani kura laai hamile dui tarika baata prayog garna sakinchha . ladera chotn patak lagchha ki bhanera ghoda nachadne ho bhane agaadi badhna sakinna tara suro vayera ghoda chadne ho bhane tyesma kusaltaa prapta garna sakinchhan . yedi tyo aafno deshlaai kanuni raajya bhayeko thanne deshkaa janata le baalak laai usko suro pan uchit prayog garne baatawaran milaayeko bhaye saayed uni haru le kusal netritwo po prapta garthe ki???
ReplyDeleteYou really write my expression of heart.............
ReplyDelete