ऊ सानै देखि भिन्दै स्वभावको थियो । स्कूल जाने बेलामा बरालिएर हिँड्थ्यो, कलेज पढ्ने बेलामा हुलदंगामा पुग्थ्यो अनि काम गर्ने उमेर पुग्दा बेकार घुम्थ्यो ।
नपढेको, काम नभएको र बस्ने ठेगान पनि नभएको हुनाले उसलाई कसैले पनि छोरी दिएनन् र उसको विवाह पनि हुन सकेको थिएन । त्यत्तिकै मा प्रजातन्त्र आएकोले मुढे बलकै भरमा ऊ एउटा दलमा प्रवेश गर्यो । तर दलको नीति नियम विपरीत काम गरेको भनेर केही समय पछि उ सो दलबाट निकालियो र अर्को दलमा पस्यो । यसरी समय-समयमा दल र नीति फेर्दै-फेर्दै उ हालको दलमा घुसेको थियो ।
कुनै निश्चित शिक्षा, योग्यता वा कार्य कुशलता नभए पनि छल, बल र चाकडी-चुक्लीको कलामा भने निकै निपुण भइसकेकोले यस पाला भने उ निकै ठूलो पदमा पुगेको थियो ।
भर्खर आफ्नो पद बहाली गरेर फर्कँदा उसलाई पत्रकारहरुले उसको वाल्यकाल देखीको जीवनीमा प्रकाश पारिँदिन अनुरोध गरे । उसले एकैछिन आँखा चिम्ल्यो, केही बेर घोत्लीयो र गम्भीर मुद्रामा यसरी आदर्श छाँटन थाल्यो : “ मलाई सानै देखि देशको हाल देखेर चिन्ता लाग्थ्यो र त्यही चिन्ता र उकुसमुकुसका कारण औपचारिक शिक्षापनि राम्ररी पुरा गर्न पाईँन । जवानीमा पनि देशमा व्याप्त विभिन्न विकृति र भ्रष्टाचारको विरोध गर्दै हिँडेकाले काम गर्न र घरजम गर्न समेत समय अनुकूल रहेन...” ।
उसले एक पटक गहिरो सास फेर्यो र फेरी भन्न थाल्यो “... जनताको राज स्थापना भएपछि पनि आफ्नो अलग र जन पक्षीय विचारधाराका कारण धेरै पार्टीसँग मिल्न असजिलो भएकोले मैले धेरै पार्टीलाई छाडेँ र हाल जनताको सेवा गर्नका लागि यो स्थानमा पुगेको छु । मलाई आफ्नो कार्य क्षमतामा पुरा विश्वास छ र आउने दिनहरुमा जनता प्रतिको कर्तव्य अवश्य पुरा गरेर छाड्ने छु ”
दिलिप जीको तपाईको सिर्जना र कलमलाई सलाम । कस्तो कलाकारिता छ तपाई भित्र । यसरी बगाउँनु हुन्छ कि,कहाँ पर्याउँनु भो मस्तिले थाहै नहुँने । जति छन् तपाईका सिर्जनाहरु बेहद मन छुने गरेकोछ मेरो । यो रसपान गर्ने मौका निरन्तर प्रदान गर्दै जानु होला । सुन्दर सिर्जनाको लागि बधाइ दिन चाहन्छु
ReplyDeleteप्रगतिको कामना दिलिप जी ।
गज़बको व्यंग्य हान्नुभयो फेरी । कथाजस्तो देखिए पनि यो कथा भने हैन, यसले यथार्थ घटनाको उजागर गरेको छ । राजनीति वृत्तमा यस्तैयस्तैको हालीमुहाली छ ।
ReplyDeleteलघुकथा त्यो पनि दिलीप आचार्यको पढ्दाको मजै बेग्लै । बडा गजब !
ReplyDeleteबिष्णु जी, कृष्ण जी र दिपक जी को कुरामा हो लगाएँ । तपाईँका कथा पढ्दा पढ्दै म पनि लेख्ने कोसिस गर्दै छु। ।
ReplyDeleteलौ तालि दिलिप दाइ ......... म नतमस्तक भए ! नेपाली त्यसै नेता भएका होइन रहेछन ............. केहि नभए नी ..यस्तो खुबी त रहेछ !
ReplyDeleteमौकामा हिरा फोर्नु भन्थे .... साच्चि उक्ति अनुसारको जुक्ति रहेछ !
दिलिप दाईको यो कथा नेपाली नेताले पढे भने आदिले त लाजैले पनि राजनिति छोडिदिन्छ होला तर उनि हरु सङ्ग कँहा यो कथा बुझ्ने चेतना। दाईने हातले सलाम गँरे है दाई यो रचनालाई।
ReplyDeleteराम्रो ! अहिलेको परिस्थितिप्रति दरिलो झापड !
ReplyDeleteसटिक व्यङ्ग्य! आँखा चिम्लेर, घोत्लिएर र गहिरो सास फेर्दै यस्ता झुटा आदर्श रच्नेहरुको कमी छैन हामीकहाँ।
ReplyDeleteनमस्कार, तपाईंको कथा सार्है सटिक लग्यो ! अन्तिम वाक्य "मलाई आफ्नो कार्य क्षमतामा पुरा विश्वास छ र आउने दिनहरुमा जनता प्रतिक कर्तव्य अवश्य पुरा गरेर छाड्ने छु " मा जनता प्रतिको कर्तव्य हुनु पर्ने हो कि? छोटा मुह और बढ़ी बात भएको भए क्षमा प्रार्थी छु!
ReplyDeletehttp://gharaagan.blogspot.com
अर्याल जी, त्यो 'प्रतिको' नै हुनुपर्ने हो, 'प्रतिक' भएको रहेछ । अहिले सच्याएको छु। धेरै धेरै धन्यवाद ।
ReplyDeleteWow, height of 'positive Spin' :)
ReplyDeleteदिलिप जि,
तपाईं त राजनैतीक दलको PR Guy हुनु पर्ने ;)
हाम्रो बिडम्वना, झल्किन्छ !!!
ReplyDeletedilip ji namesta & vijayadasami ko hardik hardik mangal maya suvakamana
ReplyDeletema dhari kushi chu kinake hajur bata parkseet ye sabi gyan bardak kura haru padna pauda
ajai kushi ta yas ma chu ke hajur ko yas site bata maila dhari kura haru sikna paya
suvakamana cha ke aauda dina haru ma pane yasti gyan bardik kura haru padna pau
कटु यथार्थ र कुटिल आदर्शको गजब नापनक्सा निस्केको छ यो कथामा | कथा सटिक र समसामयिक छ |
ReplyDeleteशीर्षक जस्तै यथार्थ चित्रण!
ReplyDeleteदाइको कलमको तीरले चहिँ पक्कै जनपक्षीय धार समातेको छ है, र यो फोस्रो आदर्श होइन ।
This may be the true story of our politician.
ReplyDelete