तिहारको ठ्याक्कै अगाडि कामको सिलसिलामा म काम गर्ने कार्यालयको एउटा टोली ‘देश दर्शन’ मा निक्लेको थियो । भ्रमणको मुख्य उदेश्य काम नै भएकोले घुम्ने ‘मुड’ र तयारी दुवै थिएन । त्यसैले सुरुमा हिँड्दा छिटो काम सक्केर छिट्टै फर्कने सहमति बनेको थियो । पोखरा-बाग्लुङ हुँदैँ बेनीसम्म पुगेर त्यहाँबाट फेरि बुटबल-भालुबाङ हुँदैँ रोल्पाको सिमानासम्म पुग्ने कार्यक्रम बनेको थियो । करिब ४-५ दिन लाग्ने सो भ्रमणमा सबैजना छिटो काम सकेर काठमाण्डौको धूलो-धूवाँमै तुरुन्तै फर्केने मुडमा भएका र १-२ दिन ढिला भएमा तिहार छुट्ने सम्भावना रहेकोले सबैजना कतै- कुनैपनि ठाउँमा नअल्मल्लीने र सिधा काम सकेर फर्कने अघोषित सहमतिमा घरबाट हिँडेका थिए ।
तर काठमाण्डौँको धूलो-धूवाँबाट बाहीरिने बित्तिकै सबैलाई आफ्नो सहमति र ‘पूर्व सर्त’ मा पछुतो लाग्न थाल्यो । केही दिन अगाडि निक्लेको भए वा केही दिनको ‘मार्जिन’ राखेर निक्लेको भए कामको साथ-साथै अलिकता प्राकृतिक सुन्दरताको रसपान गर्न पनि मिल्थ्यो भनेर सबै जनालाई चेतना भयो । सुरुमै समय सिमा तोकेर निस्केकोले समय बढाउन सम्भव थिएन तर ‘टाइट-सेड्युल’ लाइ गर्न मिल्ने हदसम्म ‘लुज’ गर्ने प्रस्ताव गाडीमै सर्वसम्मतिमा पारित भयो ।
धेरै घुमफिर नगरे पनि कुनै सुन्दर दृश्य भएको ठाउँमा गाडी रोकेर तस्बिर खिच्ने सहमति भएपछि केही ठाउँमा गाडी रोकिए र फोटो खिच्ने अन्धधुन्द उपक्रमहरु हुन थाले। उसैपनि तस्बिर खिच्ने कौशल नभएको, ‘काम’ मात्रै गरेर फर्कने मनस्थितिमा भएको र क्यामेर बोकेर हिँडन अल्छि लाग्ने स्वभाव भएकोले मैले भने क्यामेरा समेत बोकेको थिईन। तर बाटोमा यस्ता यस्ता दृश्यहरु देखिए जसलाई देख्ने बित्तिकै अनायस सबैको मुखबाट "वाह!", "आहा!!" निक्लन थाले । ती दृश्यहरुलाई तस्बिरमा नउतार्दा ती दृश्यकै उपहास गरेको ठहरिएला जस्तो लाग्न थाल्यो । सबैजना आ-आफ्ना साथमा भएका क्यामरा, मोबाइल आदि लिएर फोटो उतार्न मस्त भएपछि मैले पनि आफ्नो मोबाइलको सहाराबाट केही फोटोहरू कैद गरेँ ।
उसैपनि फोटो खिच्ने हुत्ती नभएको, त्यसमा पनि मोबाईलको भर, तर सोच्दैछु यो फोटोमा सायद कसैले त मैले त्यो दृश्य देख्दाको ‘पल’ र ‘भाव’ लाइ महसुस गर्न सक्छन् कि ! :
(काली गण्डकीको किनारबाट देखिने सूर्योदय)
(उज्यालो भएपछिको कालीगण्डकी किनार)
(बाग्लुङ बाट पोखरा फर्कने बाटोबाट देखिएको माछापुच्छ्रे)
(माछापुच्छ्रे, बाग्लुङ-पोखरा बाटो र तलतिर कालीगण्डकी नदी)
(रोल्पा पुग्ने बेलाको एउटा रमणीय फाँट)
(बेनी नजिकैको एउटा झोलुङ्गे पुल)
(निलो आकाश, हरियो डाँडा र सुन जस्तै फूलेका तोरी- रोल्पा सिमानाको एक दृश्य)
तस्बिर नराम्रो भएको आधा जिम्मा आफैंलाई र आधा आफ्नै मोबाइललाई ।
मेरो गाउँ हुँदै जानु भएकोमा र त्यसको चर्चा/दर्जा बढाउनुभएकोमा हार्दिक धन्यबाद है ! फेरि फेरि आउंदै गर्नुहोला |
ReplyDeleteवाह !!!
ReplyDelete:)
यस्तो राम्रो फोटो खिचेर पाठकसामु पस्कनु भएकोमा दिलीप सरलाई धन्यवाद ।
ReplyDeleteमेरो प्यारो सेरोफेरो पर्वत - बागलुङ को झझल्कोको लागी आभारी भएँ । मोबाइल बाटै भएपनि ज्यादै सुन्दर तस्वीर उतार्नु भएछ। साँच्चै सुन्दर छ त्यो भेग । धन्यवाद बाँड्नु भएकोमा ।
ReplyDeleteएउटा असल फोटोग्राफरले लिएको फोटो भन्दा कम छैन यी तस्विरहरु ! अनि घुमघाम गर्न मस्तीको ठाउ रहेछ !
ReplyDeleteफोटोहरु धेरै राम्रा छन
ReplyDeleteपहिलो फोटो एकदमै मनपर्यो...
ReplyDeleteतस्वीर धेरै राम्रा | जाऊ जाऊ भो |
ReplyDeleteचैतन्य जी, पहिलै थाहा पाएको भए तपाईँकहाँ गएर चिया खानु हुन्थ्यो क्यार...अब अर्को पाला खोज्दै जानु पर्ला ।
ReplyDeleteरविन्द्र जी, तपाईको पनि उतै रहेछ जस्तो छ । अर्को पाला तपाईकोमा पनि छिर्छु है :)
टिप्पणीका लागि सबैमा हार्दिक आभार ।
अति उत्कृस्ट...मोबाइल बाट लिएको तस्बिर पनि यती राम्रो..!
ReplyDeleteमोबाईलबाट नै यती राम्रो तस्बीर छ भने क्यामेराबाट अझ राम्रो हुन्थ्यो होला। सुन्दर फोटो टाँस्नु भएकोमा धन्यबाद छ।
ReplyDeleteनिकै मनमोहक अनि स्वच्छ तस्विरहरु मोबाइको प्रयोग भएपनि । मेरो अतितलाई अविस्मरणिय बनाउदै काखमा राख्ने प्यारो कालि । दिलिप दाजु हाम्रो एरियातिर पनि पाल्नुभएकोमा धन्यबाद ।
ReplyDeleteतेसै पनि राम्रो ठाउँ...तस्बिरमा अझ खुलेछन |
ReplyDelete... तेस्को जिम्मा नि आधा आधा लिनुपर्यो ;)
"वाह!", "आहा!!"
ReplyDeleteघुमघाममा रहेको बेलाको दाइको जस्तै भाव आउन नसके पनि दाइकै शब्द कपी गरेर भनेँ । तस्बिरले धेरै हदसम्म घुमघामकै समान आनन्द दियो । सबैभन्दा त तोरीबारीको फोटो बेजोड लाग्यो । सिङ्गापुर र क्वालाम्पुर जाने योजनाको सिँढी कसैले बनाएको छ भने त्यसअघि आन्तरिक पर्यटक भएर गाउँ-गाउँ पुगौँ, दाइको यस प्रस्तुतिले भन्न लगायो ।
फेरि पनि वाह !! :)
sab pic. dammi chan n "माछापुच्छ्रे, बाग्लुङ-पोखरा बाटो र तलतिर कालीगण्डकी नदी" iz WAO.........
ReplyDeleteani mama! these pics dekhepachi noone can say u r not a photographer
हो नि दिलिप सर ! पर्वत, कुश्मा देखी उता (बागलुङ, म्याग्दी) जाने बेला "सहस्रधारा" भन्ने कालिगण्डकीको किनार आउँछ, त्यहाँबाट माथि उक्लनु पर्छ मेरो गाउँ जान । पक्कै पस्नुहोला है त अर्को पटक जाँदा । मैले बुलबुलको दशैँ विशेष कार्यक्रममा वाचन गरेको यो गजल http://www.rabindrarijal.com/2010/10/blog-post.html तपाइँका तस्वीरले छर्लङ्गै पारे :) धन्यवाद फेरी पनि ।
ReplyDelete