केही दिनअघि मैले उसलाई एकजना आफ्नै उमेरको नातेदारसँग हिँड्दै गरेको देखेको थिएँ । आपसी परिचय नभए पनि मलाई थाहा थियो कि त्यो अर्को व्यक्ति उसको फुपूको छोरा थियो ।
मैलो कमिज र पुरानो पाइन्ट लगाएर हिँड्दै गरेको त्यो व्यक्तिको पहिरनले नै उसको आर्थिक स्थितिलाई दर्साइरहेको थियो । त्यो अपरिचित व्यक्तिसँग छुट्टिसकेपछि मैले उसँग सोधेको थिएँ "...अनि ऊ तिम्रो भाइ कि दाइ ?"
"दाजु न भाइ, म त बाऊको एक्लो छोरो तिमीलाई थहा छैन र ...?" उसले जवा दिएको थियो । "... उ त मेरो फुपूको छोरा पो हो ..." । "फुपूको छोरा पनि त दाजुभाइ नै हुन् नि हैन र ?" । मेरो प्रश्नको उसले एकैछिन रोकिएर जवाफ दिएको थियो "...अँ...त्यसरी हेर्दा त भाइ नै पर्छ क्यारे..." ।
आज पनि मैले उसलाई बाटोमा एकजना उसकै उमेरको अपरिचित तर समृद्ध व्यक्तिसँग हिँड्दै गरेको देखेर सोधेँ " अनि उ को नि ?" । "उँहा मेरो दाइ हो" उसले झट्ट जबाफ दियो । "हैन तिमी त एक्लै छोरा हैन र?" मैले सोधेँ । "हो, तर मामाको छोरा भनेको त आफ्नै दाइ नै त हो नि ..." उसले सटीक जबाफ दियो ।
आहा ! ठ्याक्क ठाउँमै !
ReplyDeleteमज्जाको रहेछ ! साधु ... साधु
ReplyDeleteअत्यन्तै सटीक र मार्मिक लघुकथा | उस्तैखाले नाता पनि आकाश पाताल पार्ने स्वार्थीहरु समाजमा छन् | त्यसैले यो यथार्थ कथा हो भन्न मिल्छ |
ReplyDeleteउसले सटीक जवाफ जस्तै सटिक रहेछ कथापनि । सबै पैसो कै कमाल हो । राम्रा जति सबै आफ्ना, नराम्रा जति सबै अरुका !
ReplyDeleteआफ्ना लाइ आफ्नो भन्न हच्कनेहरुलाई - दह्रो प्रहार !
ReplyDeleteयो कथा हैन यथार्थ हो । गज्जब लाग्यो ।
ReplyDeletewhat a writing...what a story. Really impressed.
ReplyDeleteSudarshan
छन् गेडी सबै मेरी।
ReplyDeleteछैनन् गेडी सबै टेडी।
मिठो शिर्षकको जोक रहेछ मन छोए जस्तो छ।
ReplyDeleteपाखण्डीहरुलाई चोटीलो प्रहार। बर्तमान समाजको यथार्थ प्रतिबिम्ब।
ReplyDeleteधन्यवाद दिलीप सर।