"गरिब आदमी अगर मजबुरी को मजाक न बनाए तो जीए कैसै !" कुनै एउटा हिन्दी कमेडी फिल्ममा सुनेको यो एक लाइन आजकल आफैँमा लागू हुन थालेको छ । बिहान उठ्ने बित्तिकै टुथपेस्ट र ब्रस भन्दा पहिला त्यस दिनको लोडसेडीङको तालीका हेर्नु पर्ने नियति र बत्ती जाने र आउने समयको निर्धारण गरेर मात्रै अन्य दैनिक योजना बनाउन पर्ने मजबुरीका बीच अभ्यस्त हुँदाहुँदा आजकल मैले पनि भाँडभैलोको राजनीतिमा रम्ने महान् नेताहरहको योग्यताका कारण विरासतमै पाएको लोडसेडीङका मजबुरी भित्र धेरै 'मजाक' भेट्न थालेको छु ।
हो, लोडसेडीङ खाली खराब मात्रै छैन्, यसका धेरै फाइदाहरू पनि छन् । मेरै कुरा गर्ने हो भने त आजकल मलाई यसका बेफाइदा भन्दा फाइदाहरू नै बढी लाग्न थालेका छन् । पत्याउनु हुन्न ?, ल हेर्नुस त लोडसेडिङका कत्ति फाइदाहरू छन् ।
फाइदा नम्बर एक-- धार्मिक क्रियाकलापमा वृद्धि:- तपाईँलाई लाग्ला सायद अयोग्यतम् नेताका योजना विहीन सोच र नालायकीपनका कारण विद्यमान लोडसेडीङ र धार्मिकता बीच के सम्बन्ध छ भनेर । तर नआत्तिनुस, म यसको सम्बन्ध पनि प्रमाणित गर्छु र यसका कारण भएको धार्मिक क्रियाकलापको वृद्धिलाई पनि सिद्ध गर्ने छु ।
मेरो आफ्नै कुरा गर्ने हो भने पनि बिहान उठेर नित्य कर्म पश्चात् कम्प्युटरमा झुम्मिने र इन्टरनेट वा टेलिभिजनका च्यानलहरू चहार्ने काम मजबुरीमा रोकिएकोले अचेल बिहानको बचेको समयमा मन ध्यान-धारणातिर जान थालेको छ । घर नजिकैको मन्दिरमा पनि लोडसेडीङ सुरु भएपछि घण्टी बढ्ने क्रम बढ्दै गएको प्रस्ट महसुस भएको छ भने, अनौपचारिक आँकडाले पशुपति-गुह्येश्वरीमा मात्रै हैन्, लोडसेडीङ जत्ति जत्ति बढ्छ बुढानिलकण्ठ र दक्षिणकालीमा समेत त्यही अनुपातमा दर्शनार्थीको लाम बढ्ने कुरा दर्शाउँदै छ ।
फाइदा नम्बर दुई-- पारिवारिक र सामाजिक सम्बन्धमा सुधार:- बत्ती आउन्जेल, भए काम र नभए टिभी हेरेरै आराम गर्ने बानी लागेका सबैजना, लामो समयसम्म बत्ती नआउने भएपछि समय बिताउन र बचेखुचेको नानाथरीका ऊर्जा जोगाउन पनि घरको एउटै कोठामा बसेर गफ्फिन थालेका छन् । काख-काखमै पुगेका ल्यापटप र कोठा कोठामा रहेका इडियटबक्सका कारण कहिल्यै फुर्सद नहुने परिवारका सबै व्यक्तिहरू लामा-लामा अध्याँरा रात र ऊर्जा बिचिन दिनका समय बिताउन एकै कोठा वा आसपासका छिमेकी र नातेदार कहाँ जम्मा हुन थालेका छन् । लोडसेडीङले असुविधा पैदा गरेको अनुपातमा यो पारिवारिक पृथकिकरण र सामाजिक विखण्डनबाट पुरै समाजलाई त्राण दिएको फाइदाको नै उच्च मूल्याङ्कन हुनुपर्छ भन्ने मेरो ठहर बलियो बन्दै गएको छ ।
फाइदा नम्बर तीन-- रचनात्मक सोचको विकास:- सुनिन्छ, बत्ती आऊन् जेलसम्म चाहिने नचाहिने रमझममै रमाउने नेपाली समाज आजकल अन्धकारले घर गर्दै गएपछि सोच-विचारका लागि प्रशस्त समय दिन सक्षम भएका छन् । बत्ती निभेपछि बिद्युतकै सहारामा गर्दै र चलाउँदै आएको कैयन् कामहरू कसरी बिना बत्ती गर्न सकिन्छ भनेर नयाँ नयाँ सोच र उपायहरू जन्मेका छन् । धोएर राखेको पाइन्ट इस्त्री नलगाइकन तन्काउन र क्रिज बनाउन डस्ना मुनि रातभर राख्ने प्रविधि र चलाउँदा चलाउँदा सक्कीएका थोत्रा पुराना ब्याट्रीहरूलाई घाममा तताएर वा अँगेनामा सेकाएरै भए पनि पुनः केही बेर प्रयोग गर्न मिलाउने तरिकाहरू पनि सायद यस्तै अन्धकारका उपजहरु होलान । अन्धकार यस्तै लम्बिदैं गएमा सोच मात्रै हैन, प्रविधि र केही समयपछि आवश्यक्ता र मजबूरीका बीचमा हामीले सन्देश आदानप्रदानका लागि टेलीप्याथी (दूरसंवेदन), स्वास्थ र आरोग्यका लागि योगका नयाँ नयाँ पद्धति, प्यास लाग्दा पानी नखाइ र खानेकुरा नपकाइ खान मिल्ने बनाउने सूत्र समेत पत्ता लगाउने छौँ भन्नेमा मेरो पूर्ण विश्वास छ ।
फाइदा नम्बर चार--जनस्वास्थ्यमा अनुकूल सुधार:- लोडसेडिङका कारण सानातिना अस्पतालमा शल्यक्रिया गर्न समेत समस्या भइरहेको बेलामा यो स्वास्थ्यमा सुधार आउने कुरा भने बुझ्न अलिकता दिमाग खियाउनै पर्छ । बिजुली बत्ती नदारद भएपछि यीनकै भरमा गरिने सम्पूर्ण कामहरू अचेल हातबाटै हुने गरेका छन् । इलेक्ट्रिक पावरमा निर्भर मानिस 'म्यान पावर' मा चल्न थालेपछि यथेष्ट व्यायाम भएकाले लोडसेडीङ बढ्न थालेपछि नेपालीहरूको स्वास्थ्यमा पनि अनुकूल सुधार देखिन थालेको छ । मानिसहरू तन्दुरुस्त, स्वस्थ र फुर्तिला देखिन थालेका छन् । लोडसेडिङ नहुने बेलाको तुलनामा, लोडसेडीङ बढेपछि को समय दाँजेर हेर्दा हस्पिटल, क्लिनिक वा औषधी पसलमा समेत सेवा ग्राही वा ग्राहकको चाप ह्वात्तै घटेको कुरा सूचकाङ्कहरूले देखाउँदै छन् ।
फाइदा नम्बर पाँच-सांस्कृतिक-भाषिक सुधार:- माथिका प्रतक्ष फाइदाहरु बाहेक लोडसेडिङका कारणले सांस्कृतिक-भाषिक तहमा पनि आमूल सुधार आउने क्रम जारी छ । यसका कारण जनमासनसमा कुराकानीको नयाँ विषय थपिएको छ। परिचित व्यक्तिहरू कतै जमघट हुँदा "नमस्ते" वा "के छ?" को सट्टा "बत्ति छ?" भन्न थालेका छन् । बिस्तारै नेपाली भाषाका शब्दकोषमा 'बत्ती छ?" भन्ने वाक्यांशले अभिवादनको स्थान लिँदै छ र यसकै कारण हाम्रो शब्द सङ्ग्रह बढ्ने छ । यसै क्रममा दिनभर बत्ती आउने दिनलाई जनमानसमा 'दीपक दिन' , तोकिएको समय भन्दा पहिलै बत्ती जाने अवस्थालाई 'शीघ्र गमन' र आक्कलझुक्कल भनेको समय भन्दा पहिले बत्ती आउने अवस्थालाई बताउन 'विस्मयागमन' भन्ने नयाँ शब्द बनेका छन् । यस्तै रीत चल्दै गएर अन्धकारको समयावधि अझ लम्बिदाँ नेपाली भाषाले प्रशस्तै नयाँ नयाँ शब्द पाउने छ भने नेपाली शब्दकोष नयाँ नयाँ शब्दालङ्कारले गर्दा समृद्ध र पवित्र हुँदै जानेछ ।
यी बाहेक कति यस्तै खाले फाइदाहरू आएका छन् र आउने क्रमामा छन् । खोज्दै र बुझ्दै जाँदा यीनका फेहरिस्त लगाउनु यो सानो पोस्टमा असम्भव नै हुनेछ । यी र यस्तै खाले धेरै फाइदाहरूको पत्तो पाएपछि आजकल म पनि लोडसेडिङ देखेर बिरक्तिने हैन्, लोडसेडिङ्गसँग रमाउन थालेको छु । ओहो! कुरा गर्दा गर्दै फेरि मेरोमा बत्ती नीभ्ने बेला भएछ । ल म यसको फाइदा उठाउन तिर लागेँ ......तपाईँ भने यी बाहेकका अरू फाइदाहरु सोच्दै गर्नुस.....
nice creativity.....
ReplyDeleteबिजुलीले चल्ने थुप्रै उपकरण नचल्ने भए पछि बिल पनि कम आउंदो हो । अनि आर्थिक उन्नति (बचत भन्न खोजेको है) को कुरो पनि त हुँदो हो ।
ReplyDeleteलोड्सेडिङ्गको मौका छोपेर ठिटा ठिटीहरुले प्रेम गर्ने प्रशस्त समय जुराए होलान् ।
"परिचित व्यक्तिहरू कतै जमघट हुँदा "नमस्ते" वा "के छ?" को सट्टा "बत्ति छ?" भन्न थालेका छन् । बिस्तारै नेपाली भाषाका शब्दकोषमा 'बत्ती छ?" भन्ने वाक्यांशले अभिवादनको स्थान लिँदै छ र यसकै कारण हाम्रो शब्द सङ्ग्रह बढ्ने छ ।"
ReplyDelete........... हा हा हा हा हा लौ मोज गर्नुहोस् दीलिप सर । लोडसेडिङको फाईदा मज्जाले लिनुहोस्। आफु त देश बाहिर परियो।
बत्ती आउन्जेल, भए काम र नभए टिभी हेरेरै आराम गर्ने बानी लागेका सबैजना, लामो समयसम्म बत्ती नआउने भएपछि समय बिताउन र बचेखुचेको नानाथरीका ऊर्जा जोगाउन पनि घरको एउटै कोठामा बसेर गफ्फिन थालेका छन् ।
ReplyDeleteDherai le realize garnu parne kura ho yo .
यत्तिका फाइदा हुंदा हुँदै किन उहिल्यैदेखी लोड शेडिंग गर्न नजानेका हौंला हामीले ? हामी सबै कुरा ढिलो गारी गर्न जान्दछौं भन्ने प्रमाण हो यो | सरकार पनि ढिलो जो पर्यो |
ReplyDeleteहाहाहा अबस्थाले मनमा तितो भएपनि लेख पढ्दा चाहिं रमाइलै अनुभव भयो है । कान्तिपुरले पनि लालटिन बालेर समाचार पढ्दैछ क्या रे नयाँ नयाँ सिष्टमहरु पनि त भित्रिएलान् नि ।
ReplyDeleteजहरको पनि केहि फाइदा हुन्छ भन्ने सुन्या'थे दिलिप दाइ - अब पत्याए है ! त्यस्तै रहेछ यो "लोडसेडिङ एक - फाइदा अनेक !" लेख पनि !
ReplyDeletej hosh lekh padera chhain ramilo lagyo... dosh ma pani gun dekhaunu bhayako ma tapai lai dhanyabad chha hai....
ReplyDeleteani yo loadsheddng le chhain nepal ko janasankhaya pani badaune bhayo.. yo pani yeuta faida nai ho..
आफूलाई चैँ २ नम्बर ठ्याक्कै मिल्या जस्तो लाग्छ !!! ईन्टरनेट छाडेर पुरै 'सोसलाइज' भइन्छ लोडसेडिङ को बेला मा ।
ReplyDeletenice one..yo loadshedding sansaar bhar hunu parchha :)
ReplyDeleteगजप ! गजप ! यो कुरोहरू चाही मलाई पानी मन पर्यो ल !
ReplyDeletenice idea,all the credits goes to Nepal government for re establishment of 50 years old Nepalese life style .I think we should recommend the government for Guinness book of world records for sending our country backwards without any shame .Congratulation !!!!
ReplyDelete