कार्य व्यस्तता र बत्तीको समयको तालमेल नमिल्दा भनेको बेला र विषयमा ब्लग समेत अपडेट गर्ने मेसो मिलेको छैन्। अत: एउटा धेरै अगाडि आफैँले अनुवाद र कुनै पत्रिकामा प्रकाशित गरेको (मलाई मन परेको) चिनियाँ नीति कथा राख्दै छु:
"बुद्धिचाल बादशाह", बटुवा र गधा
एउटा गाउँमा एकजना बुद्धिचालका प्रकाण्ड खेलाडी रहेछन् । उनी बुद्धिचाल खेलमा यति निपुण थिए कि उनको गाउँ र वरिपरिका गाउँ लगायत सहर बजारसम्म उनको प्रसिद्धि फैलिएको थियो । आफ्नो इलाकामा कसैले पनि उनलाई सो खेलमा परास्त गर्न सक्दैनथे र यसै कारण उनमा घमन्ड पनि पलाएको थियो । आफूलाई सो खेलको पारगंत ठानेर र घमन्डले चुर भएर उनले आफ्नो घरको ढोकामा समेत "बुद्धिचाल बादशाह" भनेर लेखेर राखेछन् ।
एक दिन सो गाउँमा एकजना अर्को गाउँका कुनै अपरिचित बटुवा एउटा लंगडो गधा डोर्याउँदै त्यहाँ आइपुगे । अध्याँरो हुनै लाग्दा ती बटुवा सो "बुद्धिचाल बादशाह" को घरमा पुगेछन् र तीनले ती बुद्धिचालका महारथी सँग एक पटक बुद्धिचाल खेल्ने प्रस्ताव राखेछन् । ती बुद्धिचालका महारथीले आफू जो पायो त्यहीसँग नखेल्ने र कुनै बाजी राखेमा मात्रै खेल्ने बताएछन् । ती बटुवाले आफूसँग सो बिरामी गधा बाहेक केही नभएको तर उनीसँग बुद्धिचाल खेल्ने ठूलो इच्छा भएकोले सोही गधा बाजी राखेर खेल्ने बताएछन् ।
खेलाडी तयार भएछन र खेल सुरु भएछ । नभन्दै ५-७ चालमै ती बटुवा हारेछन् र आफ्नो गधा ती महारथीलाई सुम्पेर आफ्नो बाटो लागेछन् । यता ती बुद्धिचालका महारथीले बिरामी गधाको उपचार गरेर ठीक पारी त्यसलाई आफ्नो काममा पनि लगाउन थालेछन् ।
केही दिन पछि ती बटुवा फेरी सो गाउँमा फर्केछन् र तीनले फेरी "बुद्धिचाल बादशाह" सँग फेरि एक पटक खेल्ने इच्छा बताएछन् । आफूले हारेमा एक सय वटा चाँदीका सिक्का दिने र जितेमा आफ्नो गधा फिर्ता लिने शर्तमा दुबैजना खेल्न राजी भएछन् ।
यस पटक भने ४-५ चाल चल्ने बित्तिकै बुद्धिचालका बादशाहको नराम्रो हार भएछ । ती बटुवा कुनै साधारण खेलाडी नभइ अत्यन्तै निपुण र प्रतिभाशाली खेलाडी भएको कुरा सबैले थाहा पाएपछि उनलाई सबैले 'अघिल्लो पटक किन हारेको त ?' भन्ने प्रश्न गरेछन् । ती बटुवा एकैछिन चुप लागे र बोल्न थालेछन् । " पहाड भन्दा ठूलो अर्को पहाड र आकाश भन्दा बाहिर अर्को आकाश हुन्छ, त्यसैले घमन्ड कसैले गर्नु हुँदैन।....अघिल्लो पटक म यो गाउँबाट हिँड्ने क्रममा मेरो गधा बिरामी भयो, त्यसैले मैले त केवल यसको निःशुल्क उपचार र हेरचाह गराउनको लागि मात्रै यो चाल चलेको थिएँ"
यो पनि हेर्नुसस: बोल्ने कला (चिनियाँ नीति कथा)
Buddhi ko aasli chal ta batuwa le po chalecha!
ReplyDeleteKatha ramro lagyo :)
कथा अति रोचक र ज्ञानमूलक लाग्यो | अरु पनि सुन्न मन लाग्यो है , धन्यबाद !
ReplyDeleteओहो ! कति मज्जाको उपाय -निशुल्क उपचार गराउने ! घत लाग्यो दिलिप दाइ ! धन्यबाद यहाँ लाइ !
ReplyDeleteढिलो चाँडो अभिमानीको पराजय निश्चित हुन्छ भन्ने गहिरो शिक्षा, सजिलो र सरल रुपमा। धन्यवाद दिलीप सर।
ReplyDeletegood
ReplyDeletenatha ati rochan 6
ReplyDelete