धेरै भयो देखादेख नभएको
बिर्सेँ पनि कैले 'थ्यो भेटेको
म घराँ हुँदा तिमी आउँदिनौ
तिमी आउँदा म बस्न पाउँदिन।
सुने थेँ, अस्ति म नहुँदा
तिमी दिनभर आ’थ्यौ रे
कुरे थेँ , हिजो रातभर तर
तिमी अन्तै गा’ थ्यौ रे ।
लुकामारीको खेल जस्तै भा’ छ
घाम-छायाँको मेल जस्तै भा’ छ
लाग्छ तिम्रो मेरो भेट नगराउने
कुनै जाल-झेल नै भा’ छ ।
हर दिन हर रात सधैँ
प्रतिक्षा नगरेको हैन
नभेट्दा नि तिम्लाई
भुल्न सक्या छैन ।
आउँदिनौ भन्ने थाहा हुँदा पनि
रातहरू कुरेरै बिताएको छु
गइ हाल्छौ भन्ने जानेरै पनि
अटुट मिलन चिताएको छु
हाम्रो मिलनमा समाज हैन
सरकारै दुश्मन भा’को निचोड आ’छ
त्यसैले त हिउँद लाग्ने बित्तिकै
तिम्रो मेरो महा बिछोड भा’ छ
अब त सायद हिमालका हिउँ पनि पग्लेलान
नभए नि आकाशबाट मेघ-मल्हार गर्जेलान
मेरी ‘बिजुली’ तिम्रो मेरो मिलन छीट्टै होला
गर्मी बढ्दा लोडसेडिङ घट्दै घट्दै जाला ।
हाहा रमाइलो कविता !
ReplyDeleteमेघ गर्जेर बर्सिएर भेट होला ! हैन भने उनीसित भेट हुन त त्यस्तै हो ! हा हा
ReplyDeleteअति सुन्दर
ReplyDeleteम, उनी र विजुली ....
ReplyDeleteविजुली मोरी पनि विजुली नै भै ....हाहाह ....
गज्जब! मेरी उनी पनि उस्तै छिन्:)
ReplyDeleteसुने थेँ, अस्ति म नहुँदा
ReplyDeleteतिमी दिनभर आ’थ्यौ रे
कुरे थेँ , हिजो रातभर तर
तिमी अन्तै गा’ थ्यौ रे ।
बडो तापको कुरा । हास्यव्यङ्ग्यको लेवल भिरेर आएपनि मन अमिलो बनाउने ।
हा हा हा हा हासो उठ्दो बियोग!
ReplyDeleteकहिले सम्म होला हामी नेपालीहरुले "बिजुली मैया" को बियोगमा तड्पिनु पर्ने ।
लाग्छ "टुकी नानी" र "लाल्टिन् कुमारी" नै हाम्रो भर पर्दा बियोगका साथी हुन् ।
yo kabita ta ramro chha but kantipur saptahik ma euta comedian actor le lekhe jasto lagcchha ............hoina ra...........
ReplyDeleteramro lagyo.........aru pani lakhday garnu la...............
ReplyDelete