अस्ति तिमी शाही शासनले लखेट्दा
मेरै घरमा लुकेका थ्यौ ।
साँदेको आलु र फुक्को चिउरा दिँदा नि
आँङ तन्कने गरी धोकेका थ्यौ ।
मेरै घरमा लुकेका थ्यौ ।
साँदेको आलु र फुक्को चिउरा दिँदा नि
आँङ तन्कने गरी धोकेका थ्यौ ।
न तिम्रा केही काम हुन्थ्यो,
न खल्तीमा चुनदाम हुन्थ्यो ।
फाटेको कमिजको भित्र बरु
ढाडमा नीलडाम हुन्थ्यो ।
न खल्तीमा चुनदाम हुन्थ्यो ।
फाटेको कमिजको भित्र बरु
ढाडमा नीलडाम हुन्थ्यो ।
तिमी मैले दिएका भात नपचुन्जेल
देशप्रेम र सुधारका कुरा गर्थ्यौ ।
लाग्थ्यो अब जिम्मा पाए,
देश निर्माण पुरा गर्थ्यौ ।
देशप्रेम र सुधारका कुरा गर्थ्यौ ।
लाग्थ्यो अब जिम्मा पाए,
देश निर्माण पुरा गर्थ्यौ ।
कसैले झण्डा, कसैले डण्डा देखायौ,
त्यही बेला पनि जनतै लाई सतायौ ।
भन्थ्यौ हामी त तिम्रै मान्छौ हौँ,
पद पाउने बित्तिकै तर जात जतायौ ।
न शरम न लाज,
सत्ता-शक्तिमा मस्त छौ ।
न कानुन न संविधान,
भत्ता-भक्तिमा मस्त छौ ।
सत्ता-शक्तिमा मस्त छौ ।
न कानुन न संविधान,
भत्ता-भक्तिमा मस्त छौ ।
मिलेरै खान्थ्यौँ, जुधेरै खान्थ्यौ,
देश र जनता पो घाँडो भो ।
तिम्रो बाचा वचन झूट्टा,
संविधान त खाने भाँडो भो ।
देश र जनता पो घाँडो भो ।
तिम्रो बाचा वचन झूट्टा,
संविधान त खाने भाँडो भो ।
थपौं म्याद खाऔँ भत्ता,
संविधान त बन्दै गर्ला ।
गरौँ वण्डा बाँडौ सत्ता
भन्नेले जे-जे भन्दै गर्ला ।
संविधान त बन्दै गर्ला ।
गरौँ वण्डा बाँडौ सत्ता
भन्नेले जे-जे भन्दै गर्ला ।
दह्रो झापड गयो यसपाली | भत्ताले नपुगेकाहरुले राम्ररी बुझुन है - भत्ता सानातिना दुखले भरिएको भण्डारबाट आएको होइन |
ReplyDeleteदिलिप दाइ - हाम्रा देशका नेताहरु ज्ञानी छन् नि तपाइको यो टाइटल अनुसारको अडर स्वत मान्न तयार छन ...लाज पचेकाहरु ..............
ReplyDeleteसम सामयिक मन छुने रचना।
ReplyDeleteहुन चाँही, सही गएको हो । तर लाज पचेकाहरुलाई केही नहुने रहेछ ।
ReplyDeleteतिनीहरु सँग लाज सरम बचेपो ! तै पनि हामीले हिम्मतै हार्न चाहिं मिल्दैन भन्ने बाहेक अरु केही उपाय छैन ।
ReplyDeleteगयो गयो यस्पाली नि शब्द बाण दरो गयो तर ज्ञानिन्द्रिय बिहिन प्राणीहरुलाई छोला र ?
ReplyDeleteयो शाब्दिक झापड राम्रै सँग लागेकोछ, अब त बिश्वास गर्ने कुनै ठाउँ नै छैन । अब हिजो भातुवा बनेर हिंडेका हरु आज सत्ता लोभमा मस्त संगी बनेर तीनै देश्का डाका सँग मिलेर काम गर्दै छन । के यिनिहरुले देश बनाउलान त ?
ReplyDeleteसंविधान साच्चै भत्ता खाने वहाना भएको देख्दा उदेक लागि रा'छ । थपिरहने खाइरहने ... यिनीहरु संग पेट छ कि धोक्रो हँ ?
ReplyDeleteधेरै राम्रो छ, शेयर गरे है।
ReplyDeleteसरम पचेपछि, इमान बेचेपछि जता पनि आम्दानीको द्वार खुल्दोरै'छ, वानेश्वर गेट एकथरीका लागि त्यही हो । गैंडालाई घोच्दैन यस्तो वाणले, के गर्ने ?
ReplyDeleteसाधेको आलुसंगा फुक्क्का चिउरा चपाउन के गार्हो भो र ! त्यो त मिथ्ठो मानि
ReplyDeleteमानि चपौला नि के को !
भुटेको मकै संग नून - खोर्सानी पिसेको चपाउदै खाने नेताहरु आज भारतीय
पुलौ खान्छ र पो त ! :(
के भन्ने ल्हे ! मन मात्रै दुख्छ वेस्मारी ---
त्यो छ नि एउटा गित ' के सोचे मैले के भय ऐले -- ' त्यो ठ्याकै नेपाली जनताको
हकमा लागू हुन्छा यो लोकतान्त्रिक नेपालमा ---
जनताले त्यस्तरी नै सोच्या त थ्यो नि अनि के भयो ऐले ----
शब्द भरि ढुंगा राखी बोल्नु पर्या छ ----