जनक्रान्ति
प्राडो चढ्ने सर्वहारा नेताका मोटरसाइकल चढेर आएका क्रान्तिकारी कार्यकर्ताले बन्दको बेलामा साइकल चढेर हिँड्ने सामन्ती लाई नराम्रो सँग गोदेछन् ।
आँङको भैसी
यातायात क्षेत्रमा सिन्डिकेट प्रणाली खारेज गर्ने मिलुजुली सरकारका दुई दलले शान्ति स्थापना र राज्य व्यवस्थाका विविध कार्यहरूलाई चरण बद्ध रूपमा कार्यान्वयन गर्न पालै पालो सरकार प्रमुखको भूमिका निर्वाह गर्ने निर्णय गरेछन्”
खोक्रो आदर्श
जातिय विभेदको अन्त र स्वतन्त्रता र समानताको बढावा गर्ने आयोजना गरिएको सामाजिक भेलामा बोल्न आएका विद्वान नेताले आफू, कनिष्ठ नेता र दलित जाती सबैलाई एउटै लहरमा राखेर आयोजकले आफ्नो वेइज्जत गरेको ठम्याई भेला बहिष्कार गरेछन् ।
पाखण्ड
देशमै औषधि उपचारको यथोचित सुविधा उपलब्ध भएको सारगर्भित भाषण सक्काउने बित्तिकै रुघाखोकीको उपचार गर्न वरिष्ठ नेता विदेशतर्फ लागेछन् ।
के भन्नु र खै ?
ReplyDeletethe second one is subtle...
ReplyDeleteधोका दिनेहरू....
ReplyDeleteधोका दीने लाइ के भननु र खै ???
ReplyDeletenice dilip daju
ReplyDeleteराम्रो लाग्यो अनि रमाइलो पनि दीलीप सर!
ReplyDelete...............फूल छ कपालमा,
ReplyDeleteयस्तै हुन्छ दिलीप दाजु नयाँ नेपालमा!
चारै सुत्रकथाहरु सशक्त लागे |
ReplyDeleteरामवाण !
ReplyDeleteयथार्थ चित्रण। कहिले परिवर्तन हुने होला हाम्रो देश?
ReplyDelete