सन २००४ को अप्रिल १ मा सिमित (निमन्त्रित) प्रयोगकर्ता बीच खुला गरेर विस्तारै बिटा भर्सन हुँदै ७ जुलाइ २००९ मा मात्रै 'फुल भर्सन' मा आएको जिमेल सुरुदेखि नै यसको सरल ईन्टरफेस र बहुउपयोगी अनुप्रयोगहरुका कारण प्रयोगकर्ता माझ लोकप्रिय रह्यो ।
एउटै मेल एकाउन्ट खोलेपछि गुगलसँग आबद्ध अन्य सेवा-सुविधा प्रयोग गर्न मिल्ने मात्रै नभइ यसको Labs, Gadgets आदि अनुप्रयोगबाट बाह्य वेब एप्लीकेशन पनि जोडन सकिने विविध सुविधाहरूका कारण जिमेल झनै उपयोगी र लोकप्रिय हुँदै गएको छ भन्दा फरक नपर्ला ।
यसरी जिमेलमा आबद्ध गर्न सकिने सैयौँका सङ्ख्याका अनुप्रयोगहरूको चर्चा सानो पोस्टमा असम्भव छ । अत: आजको पोस्टमा म जिमेल भित्रबाटै कसरी फेसबुक, ट्वीटर आदि सामजिक सञ्जाल चलाउने भन्ने बारेमा छोटो चर्चा गर्दैछु ।
जिमेल भित्रैबाट फेसबुक, ट्वीटर आदि चल्ने बनाउनु भन्दा पहिला यस बारेका केही आधारभूत कुराहरू:
माथी बताइएजस्तै जिमेल भित्रबाट वाह्य इमेल वा सामाजिक सञ्जालका एकाउन्टहरू चलाउन जिमेलमा उपलब्ध Gadgets सक्रिय गराउनु पर्छ । त्यसैले सबैभन्दा पहिला आफ्नो जिमेलमा लगइन गर्नुहोस र Mail Settings>> Labs हुँदै Available Labs भन्दा मुनि रहेको “Add any gadget by URL” लाई Enable गर्नुस (अर्थात Enable मा चेकमार्क लगाउनुहोस) र पेज स्क्रोल गरेर पेजको तलतिर भएको "Save Changes" मा क्लिक गर्नुहोस । तलको चित्र हेर्नुस (चित्रलाई ठुलो गरेर हेर्न त्यसैमा क्लिक गर्नुहोला—चित्र आफैँ अर्को पेजमा खुल्ने छ):
अब तपाईँको जिमेल एकाउन्ट वाह्य इमेल वा सामाजिक सञ्जालसँग जोडिन तयार भयो । अब हरेक सामाजिक सञ्जाल वा वाह्य इमेल सक्रिय गराउन तलको विधि आपनाउनुस:
जिमेल भित्रबाट फेसबुक:
हो, facebook.com वा फेसबुकको आधिकारीक वेबसाइटमा नगइकन, जिमेलभित्र बाटै फेसबुक सञ्चालन गर्न सम्भव छ र सजिलो पनि । यदि तपाईँ जिमेल भित्रैबाट फेसबुकमा भएका साथीहरूका नयाँ स्टाटस अपडेट हेर्न, आफ्नो स्टाटस अपडेट गर्न र साथीहरूसँग अन्तरक्रिया गर्न चाहनुहुन्छ भने त्यसको लागि यसो गर्नुस:
१) आफ्नो जिमेलको माथिल्लो दायाँपट्टी भागमा रहेको Options>> Mail Settings हुँदै Gadgets मा क्लिक गर्नुस् । (तलको चित्रमा हेर्नुस—चित्र ठूलो गर्न त्यसैमा क्लिक गर्नुस)
२) अब Add a gadget by its URL: भन्दा मुनि रहेको खाली भागमा तलको URL कपि पेस्ट गर्नुस र Add मा क्लिक गर्नुस: http://hosting.gmodules.com/ig/gadgets/file/104971404861070329537/facebook.xml (यो URL खाली बक्समा पेस्ट गर्नुस)
३) अब तपाईँको जिमेलमा फेसबुक जोडिने छ र तपाईँले जिमेलको साइडबारमा वायाँपट्टिको चित्रमा जस्तै फेसबुकको ग्याजेट देख्नु हुनेछ र सो लाई Expand गरेपछि तपाईँको जिमेल पेजमा फैसबुकका अपडेट र सन्देशहरू देखिने छन् । । पहिलो प्रयोगमा तपाईँले फेसबुकमा लगईन गर्ने र यो ग्याजेटलाई फेसबुक access गर्ने अनुमति दिनु पर्ने हुन्छ । चित्रमा हेर्नुस:
ग्याजेटलाई आवश्यक अनुमति दिने क्रममा तपाँईले आफ्नो फेसबुकको युजरनेम र पासवर्ड प्रविष्ट गर्नु पर्ने हुन्छ अब तपाईँ जिमेल भीत्रबाटै मजाले फेसबुक चलाउन सक्नुहुन्छ । तलको चित्र हेर्नुस:
जिमेल भीत्रबाट ट्वीटरको प्रयोग:
माथी नै लेखिसकिएको छ वाह्य सञ्जाल वा इमेल आदि ग्याजेटकै माध्यमबाट जिमेलमा जोडिन्छन् । त्यसैले Add any gadget by URL लाई Enable गरिसकेको अवस्थामा अन्यकुनै सेवा वा सुविधा यसमा जोडन सिधै Gadgets मा जान सकिन्छ। अत: ट्विटरलाई जिमेलमा जोडन्:
१) सुरुमा जिमेलको माथिल्लो दायाँपट्टी भागमा रहेको Options>> Mail Settings हुँदै Gadgets मा क्लिक गर्नुस् ।
२) अब Add a gadget by its URL: भन्दा मुनि रहेको खालि भागमा तलको URL कपि पेस्ट गर्नुस र Add मा क्लिक गर्नुस:
http://twittergadget.appspot.com/gadget-gmail.xml (यो URL खाली बक्समा पेस्ट गर्नुस)
अब तपाईँको जिमेलमा ट्विटर पनि जोडिने छ ।
यो ग्याजेट जोडिइसकेपछि फेसबुक ग्याजेट जस्तै यो पनि जिमेलको साइडबारमा देखिने छ। वायाँपट्टीको चित्रमा हेर्नुस। यसको पहिलो प्रयोगमा पनि तपाईँले फेसबुकको जस्तै यो ग्याजेटलाई ट्विटर access गर्ने अनुमति दिनु पर्ने हुन्छ । तलको चित्रमा हेर्नुस:
ग्याजेटलाई आवश्यक अनुमति दिने क्रममा तपाँईले आफ्नो ट्विटरको युजरनेम र पासवर्ड प्रविष्ट गर्नु पर्ने हुन्छ । तत्पश्चात् तइपाई सिधै जिमेल भित्रबाटै ट्वीटरको पनि प्रयोग गर्न सक्नुहुन्छ ।
चित्रमा हेर्नुहोस्। तपाईँ अब जिमेल भित्रैबाट ट्वीटर अपडेट गर्न र साथीको ट्विट पढने मात्रै हैन्, DM, Retweets, Favorities, Retweet आदि को प्रयोग पनि गर्न सक्नुहुन्छ ।
छैन त रमाइलो
Happy Tweeting and Happy Facebooking !!
Cool, thanks for sharing.
ReplyDeleteOn the side note, one can also get nepali updated blogs in Gmail inbox by adding the following url:
http://hosting.gmodules.com/ig/gadgets/file/117807519319565782501/hamro_circle.xml
see a dautari post:
http://www.dautari.org/2010/02/add-nepali-blog-updates-in-your-gmail.html
एकदम रमाइलो लाग्यो दाइ ।
ReplyDeleteदिलिप दाई एकदमै उपयोगी जानकारी पोष्ट गर्नु भएकोमा धन्यवाद ।।। मेरो त जिमेल एकाउन्टबाट फेसबुक ब्लक भएको कारण याहुबाट खोलेकोछु त्यसैले आफुले त प्रयोग गर्न पाइन तर साथीहरुकोलागी भने यो सेटिङ्क मिलाईदिएको छु .. धन्यवाद फेरी पनि ..
ReplyDeleteनेताहरुको मुखबाट धेरै पटक "एक द्वार प्रणाली " भन्ने शब्द सुनेको थिए, यस्तैलाई हो कि क्या हो ?
ReplyDeleteसाह्रै उपयोगी जानकारीको लागि दिलीप सरलाई धन्यवाद! :))
यो अनुप्रयोग अति उपयोगी हुने रहेछ, यस्तै सुबिधाहरु थप्दै गएकोले ईमेलमा चाहि जसले जति आक्रामाक योजना अगाडी ल्याए पनि जिमेललाइ कसैले नसक्ने भो ।
ReplyDeletenice information thank you brother!!!!!!!!!
ReplyDeletevisit my blog ctips4u.blogspot.com
अब युज गरिन्छ, रमाइलो जानकारीक ओलागी धन्यवाद ।
ReplyDeleteसाह्रै उपयोगी जानकारीको लागि दिलीप सरलाई धन्यवाद! :))
ReplyDeleteखुशीको क्लाइमेक्स पोइन्ट कस्तो हुँदो रहेछ भनेर यो लेखपछि थाहा भयो । धन्यवाद दिलीप सरलाई ।
ReplyDeleteएकदम मजा आयो ! धन्यवाद है यहाँलाई।
ReplyDeleteमलाई त राम्रो लाग्यो, यो पोष्ट पनि :) याहूवाट फेसबुकमा जोडेपनी जिमेलको चै ख्याल थिएन । एकदम मजा हुने भो ।
ReplyDeleteसाह्रै राम्रो लाग्यो।
ReplyDeleteधन्यवाद, दिलीप सर..!!!
ReplyDeleteani facebook block bhako computerma chahi yasle kam garchha ki gardaina ni Sir??
ReplyDeleteराजेश जी, फेसबुक ब्लक भएको कम्प्युटर भन्दा कुरा अलि प्रष्ट हुँदैन् । जसरी साइट ब्लक गर्ने धेरै तरिका छन्, त्यसरी नै बन्द गरिएका साइट खोल्ने पनि विभिन्न उपाएहरू छन् । त्यसैले ब्राउजर मै फेसबुक ब्लक गरिएको छ भने यसबाट पनि खुल्दैन किनकि जे जसरी चलाउन खोजेपनि आखीरमा तपाईँको ब्राउजर मै फेसबुक खोलीनु पर्छ । तर कुनै अरु तरिकाबाट ब्लक गरिएकोमा भने यसले काम गर्न पनि सक्छ ।
ReplyDeleteब्लक गरिएका साइट कसरी खोल्ने भन्ने बारेमा सजिलो तरिकाले जान्नको लागि मेरो के तपाईँ ब्लक गरिएका साइटहरू खोल्न चाहनुहुन्छ ? भन्ने पोस्ट हेर्नु होला :)
यो हो नि तरिका...
ReplyDeleteThis comment has been removed by the author.
ReplyDeletemero ta bhayena dillip sir....
ReplyDeletetyo expend vanne pani nai aaudaina ta sir copy peste ta gare
ReplyDelete