मेरो प्रेम
प्रेमलाई सबैले अन्धो भन्छन्,
प्रेमी सबैलाई पागल लाग्छ ।
अन्धो प्रेमको म पागल प्रेमीलाई,
तिम्रो केश पनि बादल लाग्छ ।
बोतलको महानता
तिमी रङ्गहीन भएर पनि मलाई रङ्गीन बनाइ दिन्छौ ।
तिमी सामान्य हुँदा-हुँदै मलाई अजीव बनाइ दिन्छौ ।
वाह! साथी तिमी कत्ति महान् छौ,
तिमी आफैँ रित्तिएर मलाई सजीव बनाइ दिन्छौ ।
वास्तविकता
मलाई 'नि थाहा छ तिमी,
एकान्तमा टोलाएको ।
चञ्चल-चञ्चल नयन तिम्रा,
मलाइ देख्दा लोलाएको ।
भीडमा सधैँ नचिने झैँ गर्दै,
बेहोसीमा बोलाएको ।
कोरा सत्य
शून्यतामा मात्रै हैन,
भीडमा पनि बिलाइदिन्छु म ।
आफू पिउँदन त के भयो,
दुनियाँ लाई पिलाइदिन्छु म ।
आँखाको भाषा
मैले सोध्न नसकेको प्रश्नको,
उनले नबोलीकनै जबाफ दिइ सक्दा पनि,
मनमा सधैँ शङ्का उठ्छ ।
कतै आँखाको भाषा पढ्दा गल्ती त भएन ।
सबै साह्रै राम्रो लाग्यो। त्यसमा बोतलको महानता चाही किसिम कै रहेछ।
ReplyDeleteधेरै राम्रो छ सर।
दाई बडा मिठा मुक्तक छन् है ....
ReplyDeleteमलाई नि थाहा छ तिमी,
ReplyDeleteएकान्तमा टोलाएको ।
चञ्चल-चञ्चल नयन तिम्रा,
मलाइ देख्दा लोलाएको ।
भीडमा सधैँ नचिने झैँ गर्दै,
बेहोसीमा बोलाएको ।
बब्बाल छ! तपाइलाई नि पर्या'थ्यो कि क्या हो??
लौ लास्टको त लास्टै गो'दाइ ! हुन् त सबै एक से के छन !
ReplyDeleteसाच्चैँ है दाजु, कसो कसो परेर आखाँको भाषा पढाईमा गल्ति भयो भने त हँ !!! हैन ए साथी हो, कुनै ईन्स्चिच्युट भए खबर गरूम है सिक्नु पर्ला जस्तो भो त यो भाषा त ।
ReplyDeleteएउटै थालीमा फरक फरक पारीकार झैं स्वादिला छन् सबै मुक्तकहरु।
ReplyDeleteजोडदार गए यसपाली पनि!रंगिन भाव बोकेका छन् सबै मुक्तकले !
ReplyDeletehm
ReplyDeletegreat ---
haha ... beautiful lines !
ReplyDelete