केही समय अडि देखि सुरु भएको बजार अनुगमन र सम्बन्धित निकायको उपभोक्ता प्रतिको दायित्वबोध र स्व कर्तव्य बोधले ‘यहाँ केही हुँदैन’ भन्ने भावमा पनि ‘केही गरे त अवश्य केही हुने रहेछ’ भन्ने एक किसिमको आस जगाएको थियो । गर्दै नगरे त केही पनि हुँदैन, तर प्रयास गर्ने हो भने केही न केही त अवश्य नै हुन्छ भन्ने एउटा लहर पनि वर्षौसम्म सुतेर बसेको निकायको कुम्णकर्णे निन्द्राको अन्तसँगै पुनः-जागृत भएको थियो। असल काम गर्नेले पुरस्कार नपाए पनि गलत कार्य गर्नेले दण्ड भने अवश्य नै पाउनुपर्छ भन्ने मेरो राय छ । किनकी असल काम गर्नेले पुरस्कार नपाउँदा पनि यदि काम गर्ने ‘सच्चा असल’ हो भने उसको गराइमा भिन्नता आउँदैन तर गलत काम गर्नेले सजायँ नपाउने हो भने समाज बस्न लायक ठाउँ रहँदैन र त्यस्तो समाजमा सामाजिक, आर्थिक, सांस्कृतिक सबै रूपमा तहसनहसको बाटोमा लाग्छ ।
माथिकै कुरालाई अलिकता भिन्न तवरले सोच्ने हो भने, असल काम गर्नेलाई पुरस्कार वा प्रोत्साहन दिन अबेर गरेर केही बिग्रँदैन तर खराब कार्य गर्नेले दण्ड वा सजायँ पाउन भने ढिलाई गर्नु हुँदै हुँदैन । अनि यदि गलत कार्य गर्नेले सो गल्ती वा अपराधलाई बारम्बार दोहर्याई रहेको छ भने के गर्ने त ? । सबैको एउटै जबाफ हुनसक्छ “तुरुन्तै कार्यवाही गर्ने” । अझ सो गल्ती वा हेलचेक्र्याइँ मानव स्वास्थसँग प्रत्यक्ष सम्बन्ध राख्ने संवेदनशील विषयसँग सम्बन्धित छ भने आम जनता वा सम्बन्धित निकायको धारणा के हुनु पर्ने हो त ? । “यथाशीघ्र कारबाही !”, “यथाशीघ्र कारबाही !!” र “यथाशीघ्र कारवाही !!!” ।
मलाई पनि लाग्छ यसमा दोस्रो पटक सोच्नु पर्ने कुनै जरुरत छैन्, मानव स्वास्थ जस्तो संवेदनशील विषयमा खेलबाड गर्ने वा हेलचेक्र्याइँ गर्नेलाई कारबाही गर्नु भन्दा अर्को कुनै विकल्प वा चयन के नै हुनसक्छ त ? । तर यस्तो गल्ती वा अपराध गर्नेलाई सरकारको तर्फवाट गरिने व्यवहार भने फरक हुन सक्दो रहेछ ।
आजको सरकारी पत्रिका गोरखापत्रमा सरकारकै एउटा विभागको बडो अनौठो सूचना छापिएको छ । त्यही सूचनामा भएको हरफहरू यहाँ सिधै राख्दा, सरकारी अनुगमनको नतिजा अनुसार नेपालका औषधी पसलहरूमा बारम्बार यस्तो हुने गरेको रहेछ:
- म्याद नाघेका औषधिहरू विक्री गरिने काउन्टर तथा र्याक मै भेटिने ।
- आधिकारिक बिल विनाका औषधि विक्री वितरण हुने ।
- फिजिसियन स्याम्पल उल्लेखित औषधिहरू काउन्टरमै भेटिने ।
- नेपाल सरकारबाट निःशुल्क वितरण गरिने औषधि सञ्चय गरिने ।
- औषधिहरू ठीक तवरले भण्डारण नगरिने ।
- Good dispensing practice अनुसरण नगरी बिग्रेका औषधिहरू वितरण गरिने ।
अब सबाल उठछ, सो अनुगमन, निरीक्षण र कारबाहीको लागि अधीकार प्राप्त निकायले के गर्ने त ? । कारबाही गर्ने, सिलबन्दी गर्ने वा कमसेकम पनि आइन्दा यस्तो नगर्न नसिहत वा निर्देशन दिने । तर गज्जबको सूचना छ पत्रिकामा । सो अख्तियार प्राप्त निकाय अर्थात् औषधि व्यवस्था विभागले उक्त संवेदनशील विषयहरू प्रति औषधि व्यवसायीहरूलाई ‘सजग’ हुन अनुरोध गरेको छ ।
सजग हुने मतलब ध्यान दिने। सो सूचनालाई गहिरिएर हेरेमा ध्यान के मा दिने त ? भन्ने सम्म पनि सबाल उठन सक्छ तर भाषाको तमासा नबनाइ शब्दको अर्थ अनर्थमा न जाँदा पनि ‘सो प्रति सजग हुने’ भन्ने वाक्यले जन समुदायको स्वास्थलाई निक्कै हल्का लिएको महसुस हुन्छ ।
यदि सो कुरा गलत हो भने कमसेकम ‘तत्काल रोक्न’, ‘नदोहर्याउन’ वा ‘नरोके कारबाहीको भागिदार हुनु पर्ने’ सम्मको नसिहत त दिनु पर्छ । तर केवल सजग रहन भनिएको छ । सूचनालाई राम्ररी पढ्दा मेरो ध्यान भने बारम्बार सोही सूचनामा प्रयुक्त ‘बारम्बार’ शब्दमा पनि अकडिन्छ । नेपाली शब्दकोष अनुसार ‘बारम्बार’ शब्दको अर्थ ‘धेरै पटक’; ‘दोहोर्याएर’; नियमित रूपले’ हुन्छ । यसको मतलब यो भयो कि यस्ता गल्ती भेटिएको यो पहिलो, दोस्रो वा तेस्रो पटक पनि होइन रहेछ । अब सबाल उठ्छ विगतमा यस्तो गल्ति भेटिदाँ के गरिदोँ रहेछ त ? । बारम्बार भेटीँदा समेत ‘सजग’ रहन मात्रै अनुरोध गर्ने निकायले पहिलो, दोस्रो वा तेस्रो पटक भेट्दा के गर्थ्यो होला सहज अनुमान गर्न सकिन्छ ।
जनस्वास्थ एकदमै संवेदनशील र महत्वपूर्ण विषय हो यसमा खेलवाड वा हेलचक्र्याई हुनै हुँदैन् । यदि कहीँ कतै भएको पाईएमा सम्बन्धित निकाय कारबाही गर्न पछाडि पर्नु हुँदैन् । चोरलाई “चोर जी, कृपया ध्यान दिनुहोस” र डाँकालाई “डाँका महोदय कृपया सजग रहनुस” भने जस्तो गरेर बस्ने हो भने न चोरी रोकिन्छ न डकैती नै ! ।
Dilip Dada I agree with you!. Sunil
ReplyDeleteThis comment has been removed by the author.
ReplyDeleteएकातिर पभोक्ताको नजरमा पनि "केही त हुँदै छ है!" भन्ने पार्नु र अर्को तिर "चोरजी" र "डाँका" महोदयहरुको नजरमा पनि उदार मना देखिने अर्थात उनिहरुलाई पनि नचिढ्याउने फर्मूला प्रयोग गर्या हो कि जस्तो पो लाग्दै छ हो दिलीप सर!!
ReplyDelete