आज ब्लगमा, केही समय यता इन्टरनेटको माध्यम बाट परिचित हुनु भएका श्री रमेश बान्तवा जीको पोस्ट प्रस्तुत गर्दैछु । आजको पोस्ट मेरो ब्लगको पहिलो ‘अतिथि कलम’ पनि हो । प्रस्तुत छ, केही साल यता देखि विकराल समस्या बन्दै गएको लोडसेडिङगको समस्या लाई कसरी कम गर्न सकिन्छ भन्ने बारेमा रमेश जीले तयार गर्नु भएको यो पोस्ट:
(आफ्नो विचारपूर्ण लेख उपलव्ध गराइदिनु भएकोमा रमेश जीलाई धेरै धेरै धन्यवाद्)
लोडसेडिङ्ग कम गर्ने केहि सुझावहरु
लेखक: रमेश बान्तवा
अहिले लोडसेडिङ्गको ब्यापक मारमा सबै नेपालीहरू ग्रस्त छन् । विद्युत् प्राधिकरणले लोडसेडिङ्ग लाई ७ भागमा विभाजित गरि लागु गरेको छ । जस अनुसार १६ घण्टा सम्म पनि बत्ति बन्द हुन्छ । यसै प्रसङ्गमा, नया ऊर्जा उत्पादन नगरीकन पनि रहेको ऊर्जाको सहि व्यवस्थापन गर्न सके मात्रै पनि हाल भएको र हुने गरेको लोडसेडिंङ्गको विकराल समस्यालाई केही हद सम्म भए पनि कम गर्न सकिन्छ ।
भनिन्छ ऊर्जा जोगाउनु पनि ऊर्जा एक किसिमले उत्पादन गर्नु जस्तै नै हो । त्यसैले नयाँ उर्जा उत्पादनको साथसाथै, रहेका ऊर्जाको बचत र व्यबस्थापन गर्नु पनि एकदमै महत्वपूरण कुरा हो। यसको लागि मैले यहाँ केही सुझावहरू प्रस्तुत गरेको छु ।
सुझाव १ -- उपयोगको प्राथमिकता
लोडसेडिङ्गमा पनि होर्डिङ्गस र हेलोजीन काठमाडौं लगायत विभिन्न ठुला शहर हरुमा विज्ञापनका ठुलठुला होडिङ्ग बोर्डहरु राखीएकै छन् । जसमा २००० वाट देखी ५०० वाट का २ देखी १० वटा सम्म "हेलोजीन" बत्ती राखिएको हुन्छ । अत्याधिक विद्युत् खपत हुने समयमा ति बत्तीहरू पूर्णत बन्द गर्ने हो भने या लोडसेडिङ्ग भइ रहुन्जेल लाई त्यस्ता बत्तिहरु बाल्न निषेध नै गर्ने हो भने बिद्युत् खपत कम भै त्यस्को लाभ र्सवसधारणे पाउने थिए । उदाहरणको लागी सानो नमुना प्रस्तुत छ :
एउटा ५०० वाटको हेलोजीन बन्द गर्दा ६० वाटको ८ वटा चिम बल्न पुग्छ, जसले लगभग ६ देखी ८ वटा कोठा मा बत्ती बल्छ, अर्थात लगभग दुई देखि तीन साधारण परिवारलाई बिद्युत् उपयोग गर्न पुग्छ । कतै कतै एउटै होडिङ्ग बोर्डमा १००० वाटको १० देखी २० वटा सम्म चिम प्रयोग गरेको देखिन्छ ।
मेरो सोझो हिसाबले त १००० वाटको १० वटा हेलोजीन बत्ति भएको एउटा विज्ञापनको लागि राखिएको होडिङ्ग बोर्ड बत्ति बन्द गर्दा अन्दाजी ४० साधारण घर परिवारले विद्युत् प्रयोग गर्न पाउने देखिन्छ ।
तर्सथ व्यापारिक प्रयोजनलाई भन्दा सर्वसाधारणलाई प्राथमिकता दिएमा उचित हुने थियो की । जब सम्म लोडसेडिङ्गको समस्या रहि रहन्छ तव सम्मलाई होडिङ्ग बोर्डहरूमा राखिएका सम्पूर्ण हेलोजीन लाइटहरु निषेध किन नर्गने भन्ने मेरो विचार हो । कसैको निजी लाभ भन्दा सर्वसाधारण लाई पहिलो प्राथमिकता दिनु नै बेश भन्दा अतिशयोक्ति नहोला ।
सुझाव २—समयको वर्गीकरण
मेरो हिसाबमा अत्यावश्यक, आवश्यक, न्यून आवश्यक गरि लोडसेडिङ्ग अवधिलाई तीन भागमा वर्गीकरण गरि त्यस अनुसार विद्युत् कटौती गरेमा कम समय मात्र लोडसेडिङ्ग खप्नु पर्थ्यो । जसको नमुना तल प्रस्तुत छ ।
अत्यावश्यक आवश्यक न्यून आवश्यक
१ विहान १०-४ बजे सम्म बेलुकी विहान५-९ बाँकी समय
२ साँझ ६ - १२ रात्रि
उपरोक्त तालिका अनुसार अत्यावश्यक समयमा सवै ठाँऊमा आवश्यक समयमा उचित ठाउँमा र न्यून आवश्यक समयमा सम्भव भएमा मात्र आपूर्ति गर्ने र बाँकी समय विशेष स्थानहरू बाहेक सबै तिर आपूर्ति बन्द गर्ने हो भने लगभग ६ या ७ घण्टा मात्र लोडसेडिङ्ग समस्याको मारमा परिन्थ्यो ।
मैले समयलाई विभाजन गर्दा निम्न नीति अनुसार गरेको हुँ :
जस्तै बिहान ४ बजे बाट दैनिकी सुरु हुन्छ । यो समय घरेलु प्रयोजनमा बढि प्रयोग हुन्छ । बिहान ९ बजे सम्ममा प्रायः सबै कार्यालय स्कूल व्यापारिक थलो इत्यादि का लागी प्रस्थान गर्दछन । ९ बजे देखी १० बजे सम्मको १ घण्टा खासै विद्युत् प्रयोग हुँदैन, कारण सबै आ-आफ्नो गन्तव्य तर्फ पुग्न व्यस्त हुन्छन् । यो १ घण्टा विद्युत् आपूर्ति बन्द भए पनि फरक नपर्ला ।
अब बिहान १० देखि साँझ ४ बजे सम्म अत्यावश्यक समय मान्नु पर्छ भन्ने मेरो विचार हो किनकी यही समय नै सारा काम काज सम्पन्न गर्ने समय हो । अव साँझ ४ देखी ६ बजे सम्मको समय न्यून समय हो भने म ठान्दछु। किनकी यो समय भनेको बिहान अफिस स्कूल व्यापारिक थलो आदी गएकाहरु घर फर्कने समय हो । यस बखत पति विद्युत्को प्रयोग न्यून रहन्छ र यो २ घण्टा पनि विद्युत् कटौती गर्दा उचित नै होला ।
अव साँझ ६ या ७ बजे ११ बजे सम्म अत्यावश्यक समय मात्र पर्दछ । रात्रि १२ बजे बाट ४ सम्म सबै निन्द्रामा मस्त हुने हुँदा यस बखत पनि विद्युतको कटौती गरे उचित हुन्छ तर विद्युत् कटौती गर्दा सबै तिर नै गर्नु पर्दछ ।
यसरी सबै तिर एकै साथ विद्युत् कटौती गर्दाको बचतले सबै तिर एकै पटक आपूर्ति गर्न पुग्छ भन्ने मेरो ठम्याई हो ।
यसरी समय तालिका अनुसार लोडसेडिङ्ग गरेमा जम्मा २४ घण्टामा ७-८ घण्टा मात्र लोडसेडिङ्ग को मारमा परिन्छ, जुन अहिलेको लोडसेडिङ्ग को समय भन्दा लगभग आधा मात्र हुन आउँछ । यसरी लोडसेडिङ्ग को समय पनि कम हुने, अत्यावश्यक समयमा प्रयोग गर्न पनि पाइने हुँदा यसलाई विद्युत् प्राधिकरणले मनन किन नगर्ने भन्ने मेरो सुझाव एवं आग्रह छ ।
रमेश जी, आफ्नो विचारपुर्ण लेख उपलब्ध गराइदिनु भएकोमा धन्यवाद । पक्कै पनि लोडसेडिङग कम गर्न उर्जा उत्पादनलाई मात्रै हैन्, व्यवस्थापन लाई पनि ध्यान दिनु जरुरी छ ।
ReplyDeleteअघिल्लो पटकका ऊर्जा मन्त्रीले पनि केही रचनात्मक प्रयास थालेका थिए ( राम्रो काम गर्दा त्यसको प्रशंसा गर्न कन्जुस्याईँ गर्न हुँदैन कसो :))। त्यस्तै रचनात्मक वा सुधारात्मक तरिका तपाईँको यो पोस्टका उपायहरू पनि हुनसक्छन् ।
धन्यवाद !
oh! dear dilip ji, I am really very much thankful to you for giving me such a wonderful help and publishing my article .Hopping for same kind co-operation in future.thanks for the photos to...ramesh,gyaneshor
ReplyDeletesujabh ramrai ho tara yeti le matrai load shedding ko samasya samahadan hola ra ?
ReplyDeleteI liked the idea of not putting lights on hording boards during the months of crisis.
ReplyDeleteI am not an expert, but does not loadshading already mean to shade the load when it is in high demand? That means they can not supply the load when people most need it.
I am not sure if anyone has publicly explained the load distribution and the optimal way to schedule such power outages. May be a follow up is needed.
Anyways, thanks for sharing a good one.
Cheers!
यो आर्टिकललाई बिधुत बिभाग ( बिधुत सम्बन्धि निकाय ) मा पठाउने जमर्को
ReplyDeleteगरिदिनुस दिलिप जी .
लोडसेडिङ कम गर्ने यी र अरू पनि यस्तै उपाएहरू पक्कै छन् । तर डाडु-पन्यौवालाले चिन्ता नलिएसम्म केही हुन्न ।
ReplyDeleteएउटा कुरो क्या..त्यो राति १२ वजेवाट ४ वजेसम्म वत्ति काट्दा त पाकिने भैयो नि त गर्मीमा । पङ्खा नचलाई सुत्नै सकिने हैन । जाडोलाई चैँ वेसै हुन्छ ।
ReplyDeleteअरू कुरा सवै ठीक लाग्यो ।
रमेशजीलाई धेरै धेरै धन्यवाद ।
ashish ji load shading will be lengthy during winter season .thanking me is useless because it won"t be applied ,if it will then i am really accept it.Anyway thanks for your comment.
ReplyDeleteलेख समय-सान्दर्भिक र उपयोगी छ। तर लेखको एक ठाउँमा भनिएजस्तो 'सबै तिर एकै साथ विद्युत् कटौती गर्दाको बचतले सबै तिर एकै पटक आपूर्ति गर्न पुग्छ' भन्ने कुराचाहिँ प्राविधिक रुपमा सम्भव हुँदैन। बढीभन्दा बढी गर्न सकिने भनेको 'न्यून आवश्यक' समयमा उर्जाको प्रयोग बढाएर 'अत्यावश्यक' समयमा उर्जाको माग घटाउने (TOD मिटरको अवधारणा आदिलाई अझ प्रभावकारी बनाएर) मात्रै हो।
ReplyDeletemero hisabale jati samma malai thaha chha bidhyut lai bachat garna sakidain , sabailai ekai choti bijuli pathaauna pani sakidain bcoz pugdain but Idea naramro chhain dherai ramro chha
ReplyDeleteI would like to thank to all commentator for their valuable comments and also like to add some more which i missed in my article is that i am not an expert whatever came in my mind i just wrote it down ,my simple question is what about them who are concerned expertise ?thanks
ReplyDelete