लेखक: रमेश बान्तवा
इन्टरनेट आजको जमानामा विलासीताको वस्तु हैन, अत्यावश्यक सेवा भइ सकेको छ । मनोरञ्जन वा अद्ययनको लागि मात्रै हैन, सामान्य दैनिक जीवनमा पनि हरेक क्षेत्र र हरेक समयमा यसको उपयोग जरुरी जस्तै नै भइ सकेको छ ।
तर यही इन्टरनेट पनि जोड्न र चलाउनको लागि कहिलेकाहिँ पहाड चढ्ने जत्ति नै मेहनत गर्नु पर्दो रहेछ । यस पटक पुन: अतिथि कलम अन्तर्गत श्री रमेश बान्तवा जीको वास्तविक जीवनमा घटेको एउटा समसामयीक तर रोचक घटना प्रस्तुत गर्दैछु । पोस्ट उपलब्ध गराइदिनु भएकोमा वान्तबाजीलाई धेरे धेरै धन्यावाद् ।
इन्टरनेट चैँ चलेकै छ है....
यो कथा वास्तविक हो । कुरा मैले इन्टरनेट जोड्दाको हो। छोरी विदेशमा भएकोले कुरा गर्न सजिलो हुन्छ भन्ने लागेर, यस बारे बुझ्दा सस्तो र तुरुन्तै उपलब्ध हुनेमा युटिएल पर्यो र त्यही नै लिएँ ।
लिँदा खेरिनै “यो अलि ढिलो छ, तर पछि छिटो हुन्छ” भनेकोले म ढुक्क भै उनीहरूले भनेको मोडियम लिएर घर आएँ । सबै गर्दा चार हजार भन्दा बढी पर्यो । बल्ल तल्ल जोडियो तर काम चैँ रकेट युगमा गोरु गाडाको गतिमा चल्ने पो भयो! । कारण चार जनालाई पुग्ने सेवा चालीस जनालाई बाँडेको रहेछ, त्यसपछि त दूधमा जत्ति पानी हाले पनि सेतै देखिए जस्तै ‘चलेन’ भन्न नि नमिल्ने तर राम्ररी चलाउन नि नमिल्ने थियो कनेक्शन।
तर केही पछि टावर थपिने भनेकोले म पर्खिन बाध्य थिएँ । तर त्यो काम भयो भएन, मेरो काम भने भएन । अनि त्यसैका कर्मचारीलाई भन्दा एक जनाले भने "त्यही सिम कार्डले चल्ने एउटा फोन लिनुहोस्...” “...नेट पनि चल्ने फोन पनि चल्ने..." । केही बेरको नेगोसियसन पछि पाँच हजारमा फोन दुई दिनको ट्राएलमा फोन भिडाउने र भिडने काम भयो । लौ त नि दुबै काम हुन्छ भने के भो त भन लिईयो पनि । तर तीन दिन त ट्राई गर्दैमा ठिक्क भो !, अनि काम चैँ उही ताल ।
चौथो दिन, सेट फिर्ता गर्ने विचारले अफिसमा पुग्दा ति भाइ भ्याली बाहिर गएको र चार दिन पछि मात्र आउने थाहा भो। आए पछि काम नभएको र सामान फिर्ता गरुँ भन्दा त एक हजार कम दिन्छु पो भन्छन् । त्यस्तो घाटाको सौदा मैले मानिन र फोन पनि सँगै राखें । तर मेरो समस्या जहाँको त्यहिँ भो । कहिले नेट्वर्क नै नहुने, भए पनि एक पेज खोल्न नै धेरै समय लाग्ने भो । यो त भएन, जे भए सरकारी भने राम्रै होला भनेर एन. टि. सि. को ‘स्काई नेट’ लिने भएँ । तै तै, स्काईको सिम पहिलेकै फोनमा हाले पछि चल्ने भयो । तर यो पनि क्षमता भन्दा बडी वितरण ले ग्रस्त रहेछ । यसको पनि चल्ने गति त उस्तै रहेछ ।
अब मेरो टाउको दुख्न थाल्यो, कारण १२-१३ हजार खर्च गरेर पनि नेट भने कछुवा गति मै थियो । ‘सबैभन्दा ठूलो कुरा नजान्नू नै रहेछ’ भन्ने राम्रै सँग थाहा भो । अब यत्रो पैसा खर्च भैसक्दा पनि काम नभएपछि "तै रिन तै रिन बुढी बाख्री किन" भनेर म पुन: अर्को राम्रो सेवाको खोजीमा लागेँ । कुन राम्रो छ भनेर खोज्दा adsl सबै भन्दा ठीक लागेर घरबेटीलाई अनुरोध गरी आधी पैसा तिर्ने सर्तमा जम्मा ५ सय खर्च गरी लाईन जोडियो र चालु गरियो इन्टरनेट !।
यी त भए इन्टरनेट चलाउने कुरा । थरी थरीको सेवा र सेट चलाउँदा चलाँउदा नेट राम्ररी नचले नि ‘ज्ञान’ भने थुप्रै प्राप्त भयो । किनकी कुरो यत्तिकै सक्केन । adsl चलेपछि सबैकुरा ठीक भयो भन्ने सोच्नुहुन्छ भने त्यसपछिको तानाबाना अर्कै छ ।
एकदिन, राम्रै चलिराखेको नेट्को तार कुकुरले चुँडाई दिएपछि जोड्ने अनेक प्रयास गर्दा पनि केही लागेन । दुःख गरेर जोडे पनि भविष्यमा पुन घटित हुन सक्ने यस्तै आकस्मिक सम्भाव्ताको हवाला दिएर साहुजीले ‘हाइटेक सल्लाह’ दिए । अनि सल्लाह बमोजिम मैले पनि तारको झन्झटबाट मुक्ती नै पाईने सोचेर फेरि अर्को वायरलेस किनेँ। १८०० ।- तिरेर ल्याएर जोड्दा कनेक्ट र डिस्कनेक्ट भइ रहने हुँदा फिर्ता दिने बिचारले मोडियमको बिर्को खोज्दा त उहि पूर्व जन्मको दुस्मन कुकुरले उहिलेनै कर्याप-कुरूप बनाई सकेछ । अब परेन त फसाद! फिर्ता दिने सर्तमा ल्याएको भए पनि सहि सलामत नभए पछि फिर्ता दिने कुरै भएन र त्यो पनि त्यसै थन्क्यो ।
आखिर जम्मै गरेर लगभग १५००० जति सिद्ध्याएर उपलब्ध प्राय: सबै सेवाको सदुपयोग र दुरुपयोग गरिसकेपछि नयाँ नयाँ प्रविधिको मेला र झमेला दुबै सकेर बसेको छु । तर सन्तोषको कुरा चैँ के भने इन्टरनेट चैँ चलेको छ है ।
लु दिलिप सर खासै पढु पढु त लागेन। केही छैन यसमा। यस्तै कुरा पोष्ट गर्नु हुन्छ भने म पनि २ - ४ वटा कपडा किनेको लेख हरु पठाउ कि???? खै न बुझेको हो कि दिमाग मा न घुसेको हो खासै केही देखीन यो लेखमा।
ReplyDeleteनेट को समस्या पनि बुझी नसक्नु छ बा मेरो अफिस आधारभूत टेलिफोन नपुगेको ठाउँ मा छ सी द एम ए बाट नेट चलाउने भनेर खर्च गरियो बेकार अरु उपय छैन घर मा घर तिर जोड्ने बद्यता आइ लग्यो संसार संग जोडिन पनि अनि जागिर खान पनि नभई नहुने भयो नेपाल टेलिकोम को dial up जोडे त्यो त पेज खोलेर सुतेर उठ्दा पनि नखुल्ने भो के गर्ने अन्तत ए डी स एल आयो रमाएर अब राम्रो हुने भो भनेर जोडे हरेक हप्ता रातो बत्ति बल्छ ........अनि यो गित गाउदै बस्छु ये लाल रंग कब मुझे छोडेगा.......हेरौ आब आर्को विकल्प खोजेको बजेट ले नाभ्यौला जस्तो छ यस्तै रहेछ याहा को चलन ....
ReplyDeleteयो इन्टरनेट को समस्या हामी सबैले भोग्नु परेको समस्या हो। १२८kbps को speed भनेर लिएको इन्टरनेट १०kbps को गती मा चल्छ। यस्तो ठग लाई कस्ले कारबाही गर्ने ?
ReplyDeleteदिलिप जी एउटा उपाय गरौंन। हामी सबैले नेपाल टेलिकम र दुरसंचार प्राधिकरन लाई बिरोध-पत्र पठाउ न। मलाई प्राबिधिक ज्ञान छैन। एउटा बिरोध-पत्र बनाऊ र त्यसमा एउटा लिङ्क राखौं जसमा क्लिक गर्दा नेपाल टेलिकम र दुरसंचार प्राधिकरन मा ई मेल जावोस। यो पत्र नेपाली ब्लगर्स ग्रुप का साथीहरु लाई ई मेल गरौं र सबैलाई दुई जना साथी लाई ई मेल गर्न अनुरोध गरौं । यसो गर्दा धेरै बिरोध-पत्रहरु गएपछी कतै नेपाल टेलीकम र दुरसंचार प्राधिकरन को आँखा खुल्छ की ?
दिलिप जी ! नमस्कार "इन्टरनेट ..." लाई मिलाएर प्रकाशित गरिदिनु भएको मा धन्यवाद छ !बिगत ४ -५ दिन देखि मेरो कम्पुटर मा नेट थिएन र घरबेटी लाई सोद्धा नेट वर्क मै समस्या हो भनको हुदा चुप चाप थिए तर सबै तिर चलेको छ मेरो मात्रै नचलेको के भएछ त भन्दा कनेक्सन नै डिसेबल गरेको रहेछ ,नजान्नु को परिणाम हो यो पनि !भाई लक्ष्मन ,मैले समान किनेको कुरा पढेर सबै लाई रमाईलो लागोस भनेर होइन मैले पाएको दुख र भोगेको समस्या बाट अरु लाई केहि सहयोग पुग्छ कि भन्ने मात्र हो ,तपाईको पनि त्यस्तो अनुभब भए लेखि पठाउनु होस् दिलिप जी ले प्रकाशित गरिदिनु होला कि ? धन्यवाद
ReplyDeletekukurle katideko katidei raicha bichara dada teipani Internet chai chalekai cha hai are....
ReplyDeleteनजान्ने मान्छे लाई सबैले ठग्छ भन्छ साचै हो र हे छ दाई दाई को यो पोस्ट बाट याही नै रहेछ पैसा को लागि मान्छे कति सम्म ठग्न सक्छ भन्ने पनि थाहा पाइयो ......धन्यवाद दाई लाई
ReplyDeleteसुमन डंगोल
विराटनगर नेपाल