Advertisements... contain the only truths to be relied on in a newspaper. :~Thomas Jefferson
त्यसो त “पत्रिकामा विश्वास योग्य कुरा विज्ञापन मात्रै हुन्छन्” भनेर धेरै पहिले नै भनिए पनि आजको समयमा पुग्दा यो वाक्य झन् झन् समसामयिक र सटीक भएका छन् । पत्रिकाहरूमा समाचार हैन। प्राय: हावा गफ, अडकल र हौवा छापिन्छन् । अनि अर्को उदेक लाग्ने कुरा के भने तीनै हावा गफ र हौवाहरू पनि बारम्बार दोहरिन्छन्, तेहरिन्छन्, चौरिन्छन् । र सायद विज्ञापन मात्रै विश्वास योग्य होलान् ।
यस्ता सम्म समाचार वा खबर पत्रिकामा छापिन्छन् कि तीनको विषयवस्तु वा सारको त कुरै छाडौं, शीर्षक मात्रै पढ्दा समेत सामान्य मानिसको अडकलले यो हावा गफ भनेर थाहा पाउँछ, भने किन यस्ता कुराले पत्रिकाको पन्ना भरिन्छन् भन्ने सोच समेत सबैमा पलाउँछ । यस बारेमा यो भन्दा पहिलेको अर्को पोस्टमा लेखि सकेकोले आज यसकै विस्तारमा नजाउँ । आजको पोस्टमा समाचार सार वा समाचार विस्तार हैन् , खबरको शीर्षक मात्रै पढ्दा पनि सामान्य अवस्थामा कस्तो सोच आउँछ भन्नेतिर लाग्दैछु ।
माथि नै लेखिसके, बकम्फुसे गफ पनि हामीले एक पटक दुई दुईपटक हैन्, एउटै पत्रिकामा समेत पटक पटक पढने गर्छौँ। लेखिनु पर्ने हुनाले वा छापिनु पर्ने हुनाले ती गफहरू लेखिएलान् र छापिएलान । तर यस्ता बारम्बार पुनरुक्त खबर वा गफको शीर्षक देख्दा पाठकको मनमा सुरुमै कस्तो भावना जन्मेलान त ? । अर्काको ठेक्का निलिउँ, मेरो मनमा भने प्राय: यस्ता खबर पढ्दा निम्न भावहरू उठ्छन् । त्यसैले आजको पोस्टमा केही दिन यता छापिएका समाचार शीर्षक र ती शिर्षक पढ्दा मेरो मनमा उठेको भाव जस्ताको त्यस्तै :
यो बिगत केहि दिनमा छापिएका खबरका शीर्षक देख्दा मेरो मनमा उब्जेका भावहरू हुन्…छुटपुट थप्दै जानु होला
यो पनि हेर्नुस: ओझेल परेका समाचार र खबर बनेका गँजडी गफ !
हा हा हा, मात्र भन्छु !
ReplyDeleteगजब भावहरु ! बेसरी हँसाएर स्वास्थ्यलाई फाइदा पुर्याउने हुनाले यहाँलाई धन्यबाद !
ReplyDeletemajja aayo tesai pani lukhasta sarkar haina ta dada :)
ReplyDeletehahahahha.....
ReplyDelete