ऊ अध्ययन गर्न भनेर बोइङ्ग चढेर विदेश लाग्यो ।
विदेश लागेको तेस्रो वर्ष छुट्टी रे भनेर उ सुट-बुटमा सजिएर घर आयो।
त्यसपछि उसको पढाइको साथै काम-धाम पनि उतै चल्ने रे भन्ने हल्ला आयो ।
पढाइ सक्केको ३ वर्षपछि बिहे गर्न भनेर फेरि आयो ।
करिब १० वर्षपछि बाबुको मृत्युको खबर पुगेपछि आयो ।
अर्को पन्ध्र वर्षमा आमाको अन्तिम अनुहार हेर्न आयो ।
सुनिन्थ्यो त्यसपछि उसलाई स्वदेशमै फर्कने रहर आयो ।
अर्को दशक बित्यो, तर ‘उता बस्नै मन छैन रे’ भन्ने मात्र खबर आयो ।
कहिले केटाकेटीको पढाइले अल्झेको त, कहिले सपरिवार नै फिर्ने खबर आयो ।
नेपालमै बस्छु, नेपालमै मर्छु भन्छ भन्ने इच्छा उसमा उग्र आयो ।
समय बित्तै गयो, तर ऊ हैन्, उ आउने खबर मात्रै आयो ।
धेरै वर्ष फेरि बित्दा एउटा वैराग्यको खबर आयो ।
सुनियो कि काठको बाकस भित्र हालिएको उसको लास नेपाल आयो ।
Yastai Jindagi sangai ...yo kal r samay gujrado rahe6. . . sacheka kurale hune bala kehi 6ain Dilip Dai...
ReplyDeletewahiyat niyati :( :(
ReplyDeleteकुराहरु यस्तै हुन् !
ReplyDeletekur kthk tar choyo man ka nasha haru
ReplyDeleteयस्तै छ ।
ReplyDeleteअचेलको चलन चल्तीको कुरा ।
ReplyDeleteमन पर्यो । लाष्टाँ चैँ किन किन अलि बैराग लाग्यो । मुखै अमिलो भयो ।
ReplyDeleteसाच्चै सही कुरा गर्नु भो। यस्तै पारा होला जस्तो छ खै...
ReplyDeleteयथार्थ प्रस्तुति! विदेशीएका धेरै नेपालीको वास्तविक नियति यहि हो।
ReplyDeleteविदेश बस्ने र मनमा सधै नेपाल फर्कन्छु भन्नेलाई साच्चिकै डराइदिनु भो, कतै यो मेरो यथार्थ नबनोस :((
ReplyDeleteविदेश बस्ने र मनमा सधै नेपाल फर्कन्छु भन्नेलाई साच्चिकै डराइदिनु भो, कतै यो मेरो यथार्थ नबनोस :((
ReplyDeletewau man chunay yathartha...
ReplyDeleteyastai ho sapanaharu bancha ani bhatkinchhan.
ReplyDeleteyastai chha niyati
ReplyDeleteman chune chha
ReplyDeletedamiiiiiiiiiiiii cha
ReplyDeletereality ho yo
ReplyDeleteI also felt its some thing like my story.
ReplyDeleteVery true!!!!
ReplyDelete