राजनैतीक रङ्गमञ्च
खलनायकको खलनायक सँगै घमासान छ।
छैन सम्बादको खेस्रा, सूत्रधार अन्तर्ध्यान छ ।
नायक विहीन रङ्गमञ्च झैँ चल्दैछ राजनीति,
सिंहासनमा जोकर विराजमान छ ।
बन्दैन संविधान
भत्ता बाँडेर मात्रै बन्दैन संविधान ।
सत्ता बाँडेर मात्रै बन्दैन संविधान ।
तिम्रा कलम अझै बन्द नै देख्छु म।
हाई काढेर मात्रै बन्दैन संविधान ।
स्थिति
जातिपाती हुन्न भन्ने नै जातीय राज्य बनाउँदै छ ।
नारा एकताको दिँदै ढोगी, खाडल आफैँ खनाउँदै छ।
फुट्दै छन् भाइ-भाइ, ‘नोकर’का जोरमा परी,
फुटाएर राज गर्ने ‘मालिक’ खुसी मनाउँदै छ ।
१० लाख दे
विस्फोटमा परेछ- १० लाख दे !
बम पड्की मरेछ – १० लाख दे !
राजनीति गरेछ- १० लाख दे !
विपत्तिले हरेछ – छैन भऽऽन्दे !
विस्फोटमा परेछ- १० लाख दे !
ReplyDeleteबम पड्की मरेछ – १० लाख दे !
राजनीति गरेछ- १० लाख दे !
विपत्तिले हरेछ – छैन भऽऽन्दे !
गजब! साह्रै चित्त बुझ्यो ।
३ घण्टा जति भो नेटमा भुलेको यो जाने बेला तिर दिलिप सर को मिठो लेख पढ्न पाए सारै खुशी लग्यो
ReplyDeleteजातिपाती हुन्न भन्ने नै जातीय राज्य बनाउँदै छ ।
नारा एकताको दिँदै, ढोगी खाडल आफैँ खनाउँदै छ।
फुट्दै छन् भाइ-भाइ, नोकरका जोरमा परी,
फुटाएर राज गर्ने मालिक खुसी मनाउँदै छ ।
राज्यका नजरमा जनता समान छैनन भन्ने प्रष्ट उदाहरण हो ।
ReplyDeleteछात्रबृत्ती,नोकरी, बृद्ध भत्ता, राज्य सबैमा समान नदेख्ने राज्यले विपतमा परेका हरूलाइ के समान नजर देखाउन सक्थ्यो
जातिपाती हुन्न भन्ने नै जातीय राज्य बनाउँदै छ ।
ReplyDeleteनारा एकताको दिँदै, ढोगी खाडल आफैँ खनाउँदै छ।
फुट्दै छन् भाइ-भाइ, नोकरका जोरमा परी,
फुटाएर राज गर्ने मालिक खुसी मनाउँदै छ ।
मन छुने वर्तमान !!.......
गज्जब!
ReplyDeleteअहो! क्या तागत त हजुरको लेखमा :)
ReplyDeletesahi sahi
ReplyDeleteगजब! साह्रै चित्त बुझ्यो । - १० लाख दे
ReplyDelete