अघिल्लो २ हप्ता केही व्यस्त रहेँ । ब्लगमा ‘सेड्युल’ मा राखेका पोस्टहरू स्वतः: पोस्टिङ्ग भइ नै रहे तर लेख्ने विषयहरू धेरै हुँदा-हुँदै पनि नयाँ कुरा भने लेख्न भ्याइएन।
कामको सिलसिलामा अघिल्लो २ हप्ता चिनका केही शहरहरूमा थिएँ । सायद पहिलेको कुनै अरू पोस्टमा पनि लेखिसकेको छु, केही महिनाको फरकमा चिनमा पुग्दा पनि ‘यता’ केही वर्षमा समेत नदेखिने विकास, निर्माण र सुधारका झलकहरू देखिन्छन् । त्यसमध्धे पनि बाटोको निर्माणमा चिनले निक्कै धन र ध्यान खर्चेको छ । ‘धनी हुन बाटो बन्नै पर्छ’ भन्ने चिनियाँ मान्यता अनुसार अहिले पनि शहर-शहर र गाउँ-गाउँमा नयाँ नयाँ ‘हाइवे’, सडक र पुलहरू बन्ने क्रम जारी छ । लाग्छ चिन साँच्चै बाटोकै कारण विकसित भएको छ र आउने दिनमा आज बन्दै गरेका बाटोका कारण अझ विकासको उचाइमा पुग्छ ।
आजको पोस्टमा चिनका बाटोका केही झलकहरू । प्राय: तस्बिरहरू चलिरहेको गाडि भित्रबाट र त्यो पनि मोबाईल फोनको क्यामेराबाट खिचिएकाले ‘क्वालिटी’ का छैनन् तर चिनको बाटोको क्वालिटी दर्शाउन भने पक्कै पनि काफी छन् होला। (तस्विर ठूलो पारेर हेर्न कुनै पनि तस्विरमै क्लिक गर्नुहोला - - सो तस्विर स्वतः: ठूलो आकारमा अर्को पेजमा खुल्नेछ)
(आकाश खुलेर सेतो बादलले झनै सुन्दर बनाएको Beijing को बाटो)
(‘आकाश’ बाट देखिएको Hubei प्रान्तको Shiyan को बाटो)
(Xi’ An को बाटो रातको समयमा – त्यसो त यहाँ कहिले रात हुन्छ थाहा नै हुँदैन)
(Beijing –Tianjin बिचको हाइवे)
(Chengdu – Xi’ An बाटोमा पर्ने एउटा सुरूङ मार्ग नजिकको दृश्य – यहाँ २० किलोमिटर लामो सुरूङ छ)
(Tianjin कै अर्को कुना)
(फेरि पनि Beijing - - घाम-छायाँको ‘दोभान’ मा)
हेर्नु मात्रै त छ, यता कहिले हुने हो? :)
ReplyDeleteगज्जब चीनका गज्जब चिनियाँले बनाएका गज्जबका बाटाहरु!
ReplyDeleteजिरो प्रदूषण जस्तो देखिन्छ । के हो सर ?
ReplyDeleteधन्यबाद सुन्दर तस्बिरहरुका लागी
ReplyDeletenice
ReplyDelete@ Paresh,
ReplyDelete'जिरो प्रदूषण' त हैन तर प्रदूषण एकदमै न्यून भने हो । हामी धुलो र धूवाँ भएको बाटो मात्रै देख्न अभ्यस्त भएकोले बाटोमा छारो उडेको र कालो मुस्लो नदेख्दा अचम्म भने लाग्छ :)
के र....अर्काको देश देखेर आरिसै मात्र त गर्नु हो हाम्ले!!!!
ReplyDeleteगज्जब पो रहेछ ।
ReplyDeleteत्यो २० किमी को सुरुङ भएर जादा उकुस मुकुस हुन्छ होला कि?
ReplyDelete